विज्ञान प्रविधि

  • पृथ्वीको तापक्रम बढ्दै छ

    काठमाडौं, १६ साउन । पछिल्ला वर्ष पृथ्वीलाई तातो बनाउने हरितगृह ग्यासहरू असामान्य मात्रामा वृद्धि भइरहेको छ । यसैको परिणामस्वरुप पूरा पृथ्वीमा तापक्रम वृद्धि भएको छ । उत्तरी ध्रुवमा जमेको बरफ गएको सालको तुलनामा ठूलो अनुपातमा पग्लेको छ । संरा अमेरिकी मौसम अध्ययन समाजले हालै जारी गरेको तीन सय पृष्ठको एक प्रतिवेदनअनुसार जलवायु परिवर्तनको कारण संसारमा यस्ता अनेकथरी असामान्य परिवर्तन […]

  • टेलिफोन सेवा अवरुद्ध हुँदा सास्ती भोग्दै रोल्पाली

    रोल्पा, ४ असार (रासस) – रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका बासिन्दा सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै […]

  • बुटवलको नगर प्रोफाइल बनाउने काम शुरु

    बुटवल, २० वैशाख (रासस) ः बुटवल उपमहानगरले भौगोलिक सूचना प्रणालीका आधारमा नगर प्रोफाइल बनाउने काम शुरु गरेको छ । यसका लागि विशेषज्ञसहितको टोलीले अहिले उपमहानगरपालिकाको भौगोलिक अवस्थाको अध्ययन गरेर अन्तिम प्रतिवेदन तयार पारिरहेको छ । उपमहानगरपालिकाको आवधिक र दीर्घकालीन गुरुयोजनाका लागि आवश्यक पर्ने तथ्यांकलाई हाइटेक प्रणालीबाट संकलन गरिरहेको जानकारी दिँदै प्रमुख शिवराज सुवेदीले यसैका आधारमा […]

  • के हो क्याम्ब्रिज एनालाइटिकाको स्क्यान्डल ?

    – रमेश प्रजापति विश्व जगतमा अहिले निकै चर्चामा रहेको विषय हो – फेसबुक र क्याम्ब्रिज एनालाइटिका स्क्यान्डल । यो स्क्यान्डलसंगै विश्वभर फेसबुकमाथिको विश्वसनीयता र गोपनीयताको प्रश्न टड्कारो रुपमा उठिरहेको छ । सामाजिक सञ्जालहरुमा अहिले डिलिट फेसबुक अर्थात् फेसबुक बन्द गरको ह्यासट्याग टे«न्डिङमा छ । यो स्क्यान्डलले वर्तमान समयमा हामीमाथि सामाजिक सञ्जालहरुको माध्यमबाट विश्वका ठूलाठूला कम्पनीहरुले […]

  • मार्क जुकरबर्गले मागे माफी

    फेसबुकका सीइओ मार्क जुकरबर्गले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका तथ्याङ्क असुरक्षित रुपमा दुरुपयोग भएकोमा माफी मागेका छन् । उनले त्यस्तो गल्तीका लागि आफू जिम्मेवार भएको स्वीकारेका छन् । उनले संरा अमेरिकी संसदमा लिखित प्रष्टिकरण बुझाउँदै आफ्नो गल्ती स्वीकारेका हुन् । सामाजिक सञ्जाललाई झुटा समाचार, चुनावमा विदेशी हस्तक्षेप र घृणाका शब्दहरु रोक्न नसक्नु आफ्नो कमजोरी […]

  • भारतले चन्द्रमामा दोस्रो यान पठाउने

    भारतले आगामी अप्रिलमा चन्द्रमा आफ्नो दोस्रो मिसन पठाउने भएको छ । गएको शुक्रबार त्यसको सार्वजनिक घोषणा गरिएको हो । चन्द्रमामा जाने भारतीय मिसनको नामाकरण चन्द्रायन–दुई राखिएको छ । ८ सय करोड भारुको लागतमा सो यान बनाइएको हो । भारतीय नक्षेत्र अनुसन्धान संगठनले सो यान निर्माण गरेको हो । चन्द्रायन–दुईले चन्द्रमामा मानव बस्ती विकासको सम्भाव्यताको ढोका […]

  • फोहरमैला व्यवस्थापन तथा कौसी खेतीबारे तीनदिने तालिम

    भक्तपुर, १६ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा एकीकृत फोहरमैला व्यवस्थापन तथा कौसी खेतीबारे तीनदिने तालिम आइतबारदेखि सुरू भएको छ ।  तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख सुनिल प्रजापतिले फोहरमैला व्यवस्थापन देशभरिकै चुनौती भएको र भक्तपुरमा नमुनाको रूपमा व्यवस्थापन गर्न खोजेकोले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले तालिमबाट सिकेका कुराहरू व्यवहारमा प्रयोग गर्न तथा आ–आफ्नो […]

  • थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी

    पाल्पा, १९ कात्तिक (रासस) ः तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् । मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभँेडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा […]