विज्ञान प्रविधि

  • कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रियो

    बाबियाचौर (म्याग्दी), २२ चैत । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो । शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो […]

  • छुस्याकी र कर्माचायद्धारा लिखित विज्ञान प्रयोगात्मक पुस्तक विमोचित

    भक्तपुर, १९ चैत्र । विद्यालयमा तहमा गराईने विज्ञान विषयको प्रयोगात्मक शिक्षाको निम्ति भक्तपुरका कृष्णप्रसाद छुस्याकी र नविन्द्रलाल कर्माचार्यले लेख्नुभएको विज्ञान पुस्तकको विमोचन कार्यक्रम आज सम्पन्न भयो । पुस्तक विमोचन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्व डीन प्रा.डा. पृथुचरण वैद्यले तल्लो तहका कक्षाहरुदेखि नै प्रयोगात्मक विधिबाट विज्ञान विषयको अध्यापन गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रकाशित पुस्तकमाथि […]

  • नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना, ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण पत्ता लागे

    बेनी (म्याग्दी), १८ चैत । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक […]

  • प्रयोगशाला बिज्ञान तथा प्रबिधि मेलामा १७ देशले भाग लिने

    हानोइ (भियतनाम), १४ चैत्र । भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको बैज्ञानिक प्रयोगशाला प्रबिधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा बैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन् । यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिन सम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण […]

  • पर्यावरणीय परिवर्तनबारे क्युवाद्वारा विशेष प्रस्ताव पेश

    समाजवादी देश क्युवाले पर्यावरणीय परिवर्तनका दुष्प्रभाव समाधान गर्न बहुपक्षीय प्रयत्नको समन्वयका लागि विशेष प्रस्ताव पेश गरेको छ । पर्यावरणीय परिवर्तन र दिगो विकासबीचको सम्बन्धलाई लिएर काम गर्ने संरा संघको उच्चस्तरीय बैठकमा बोल्दै राष्ट्र संघका लागि क्युवाका स्थायी प्रतिनिधि अना सिल्भिया रोड्रिग्युजले भने,‘ पर्यावरणीय परिवर्तन विश्वव्यापी चुनौती हो जसको तत्काल, न्यायपूर्ण र सन्तुलित समाधानका लागि संसारका […]

  • गंगा–यमुना नदीलाई व्यक्ति सरह कानुनी अधिकार प्रदान

    प्राकृतिक सम्पदालाई कानुनी अधिकार दिने चलन इक्वेडरबाट शुरु भएको थियो । सन् २००८ मा पुनर्लेखन गरिएको इक्वेडरको संविधानमा नदी, पहाड जस्ता प्राकृतिक सम्पदालाई पनि व्यक्ति सरह कानुनी अधिकारको बन्दोबस्त गरिएको थियो । प्राकृतिक सम्पदालाई पनि कानुनी अधिकार दिने चलन आज संसारभर बिस्तार भएको छ । गएको मंगलबार भारतको एक अदालतले त्यहाँका दुईवटा सबभन्दा पवित्र मानिने […]

  • online majdoor logo

    रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापित

    काठमाडौँ, १ चैत । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ । धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्र के कति छ भन्नेबारे सजिलै थाहा पाउन उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै […]

  • सीआईएका ह्याकिङ उपाय प्रकाशितः विकिलिक्स

    विकिलिक्सले, अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सिआइएले अनधिकृत रुपमा सूचनामा पहुँच पुर्‍याउने उपायहरू खुलासा गर्ने भनिएका हजारौं गोप्य कागजातहरू प्रकाशित गरेको छ । स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले स्मार्ट फोन र कम्प्युटरहरूबाट व्यक्तिगत विवरणहरूमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने सफ्टवेयरको विवरण दिन्छ । सीआइएका प्रवक्ताले उक्त कागजातमा उल्लेखित सामग्री र त्यसको आधिकारिकताबारे प्रतिक्रिया नजनाउने बताएका छन् । […]