साहित्य

  • ‘द एकेडेमी’ सरसरती हेर्दा

    प्रधान प्राध्यापक समाजको नेतृत्व परिवर्तनको वर्षौँपछि बल्ल बल्ल ‘द एकेडेमी’ (त्जभ ब्अबमझथ) पहिलो अङ्क प्रकाशित भयो । पुरानो नेतृत्वका साथीहरू कक्षा सञ्चालनमा सक्रिय हुनु राम्रो पक्ष हो भने आफ्नो मुखपत्र प्रकाशित गर्न पछि पर्नुलाई के भन्ने ? बेफुसर्तिला, अल्छी वा आँट नगर्नु वा झन् झन् कर्तव्यमा बाँधिने सम्भावनाको डर ? जे होस्, ढिलो भए पनि ‘द […]

  • २५ हजार जुम्ली शब्दकोश तयार

    खलङ्गा, २१ माघ  : नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन कार्य भइरहेको छ । करीब हजार पृष्ठ लामो शब्दकोशका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको सम्पादक रमानन्द आचार्यले जानकारी दिनुभयो । बहत्तर वर्षीय भाषाविद् तथा लेखक आचार्यद्वारा शब्दकोशको लेखन कार्य भइरहेको छ । पुस्तकले बढीभन्दा बढी ‘खसिया आखर’ शब्दलाई लक्ष्य बनाएको उहाँले बताउनुभयो […]

  • जनस्तरमा चीन चिनारी

    नीरज चीन नेपालको छिमेकी देश र नेपाल–चीन सम्बन्धको इतिहास निकै पुरानो भए पनि लामो समयसम्म चीन नेपाली जनताको लागि ‘रहस्यको देश’ रह्यो । चीनमा नयाँ राजनीतिक व्यवस्था स्थापनापश्चात राज्यस्तरबाट दुई छिमेकी देशबीच औपचारिक सम्बन्ध स्थापना हुनुअघि नै जनस्तरमा नेपाल–चीन सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुपूर्व नेपाल–चीन मैत्री सङ्घको स्थापना भएको थियो । […]

  • स्वाभिमानी हृदयचन्द्र

    सप्रदचन्द्रसिंह प्रधान उहाँको मृत्यु हुँदा म सानै भएकोले त्यतिबेलाको कुरा पछि–पछिमात्र महसुस गर्न र थाहा पाउन सक्यौँ, हिजोआज नेपालमा समाचार पत्रिका एउटा राम्रो व्यवसायको रुपमा स्थापित भइसकेको कुरा हामीले महसुस गरेका छौँ । तर, यसको थालनीको कष्टकर समय २००७ सालको क्रान्तिपछिको लगत्तै (२००७ साल फागुन ४ गते) उहाँले ‘जागरण साप्ताहिक’ पत्रिका निकाल्नुभयो । मैले थाहा पाएअनुसार […]

  • जनसाहित्यकार हृदयचन्द्रसिंह प्रधान एक शब्दचित्र

    सुतेज सामान्य मानिसलाई युगले जन्माउँछ तर विशिष्ट व्यक्तिले युगलाई जन्माउँछ । त्यस्तै नेपाली साहित्यिक रङ्गमञ्चमा पनि एक सिङ्गै युगलाई यस नेपाली धर्तीमा निम्त्याउने हृदयचन्द्रसिंह प्रधान यस्ता उत्कर्ष नायक, युगान्तकारी र युगप्रवर्तक व्यक्तित्व हुन् जसको नामले उनको युग चिनिन्छ । जसको युगलाई नेपाली प्रगतिशील साहित्यको स्वर्णयुग मानिन्छ र जसले गर्दा सिङ्गै देशका प्रगतिवादी जनता श्रद्धा र आस्थाको भागीदार बन्न […]

  • भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

    काराकास, ११ माघ  – भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहनुभएको छ । देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र […]

  • गाङ्गतोकमा सामान जहाँतहीं फालिँदैन

    –विगोल पूर्वी सिक्किमको राजधानी गाङ्गतोक सिक्किमकै एउटा उदाहरणीय या अनुकरण गर्नलायकको ठाउँ हो । गाङ्गतोक सिङ्गो पहाडको ढिक्को भएको हुँदा समथर क्षेत्र खासै छैन । सडकका बाटाहरू अनेक छन् तर त्यति चौडा छैनन् । सहर र बजारको बाटो पहाडी भेग भएकोले पनि बाङ्गाटिङ्गा छन् । कमिलाको ताँतीझैँ कार, ट्याक्सी, जीप गुडे पनि जाम देखिँदैन । यात्रुहरू कहीँ कतै जान लामो […]

  • छोम्गो लेक ः हिउँमा चिप्लेटी खेल्ने रमणीय स्थल

    –विगोल पूर्वी सिक्किमको राजधानी गाङ्कतोक हो । यो समुद्री सतहबाट ५४८० फिटको उचाइमा अवस्थित छ । गाङ्कतोक उत्तरी र पूर्वी भारतको पर्यटक केन्द्र हो । यस सहरको पूर्वतर्फ अग्लो हिमाल कञ्चनजङ्का र रानी खोला हेर्न सकिन्छ । छोम्गो (Tsomgo)लेक, बाबा हरबजन सिङ्क मन्दिर, पारागलाइडिङ्क गर्ने रोसिथाङ्क (Roshithang), इन्चेको मन्दिर, पूmलबारी, गणेश तोक, हनुमान तोक, मार्चकमा रहेको सिक्किम विज्ञान केन्द्र, पास्टाङ्क […]