साहित्य

  • ओखलढुङ्गादेखि युद्धसम्म

    चिन्मय “सिद्धिचरण श्रेष्ठलाई चिन्दछु । उनको घर हाम्रै गाउँमा थियो । बुढाले धेरै कविता लेखेका छन् रे !” युगकवि सिद्धिचरणलाई बुढा भन्ने यी बाजे आफै पनि डाँडामाथिको घाम भइसकेका छन् । तैपनि जवानीको छाप ! उनलाई आफूभन्दा एक पुस्ताअघिका सिद्धिचरण बुढा नै लाग्छन् । “ओखलढुङ्गा भन्ने गीत रेडियोमा आउँछ । म पनि त्यहीँ ओखलढुङ्गाको हुँ । पहिले गाउँमा खेतीपाती गरिन्थ्यो । पछि […]

  • हामीले अन्तर्राष्ट्रिय गीत गाइरह्यौँ

    मार्था एच फोली रातो–मेरो हातमा, मेरो लुगामा, मेरा कमरेडहरूमा र मेरो हृदयमा । रगत– निहत्था पुरुष, महिला अनि केटाकेटीमाथि सरकारी गुण्डा र बोस्टन प्रहरीका निर्दयी लाठी र क्रुर गोली लाग्दा पोखिएको रगत । बन्द, धुलौटे सानो कोठाभित्र डरले पानी पानी बनेका सात जना महिलाहरूसँगै म एकपछि अर्को दिनहरू बिताइरहेको छु । अर्को कोठामा आफ्नो श्रीमान्लाई मरणासन्न गरी पिटेको […]

  • अर्नेस्ट हेमिङ्ग्वे र फिन्का भिजिया

    नीरज संरा अमेरिकी फ्लोरिडा राज्यको मायामी सहरबाट क्युवा जम्मा ९० माइल टाढा पर्छ । क्यारिबिलायी टापु देश क्युवा कुनै समय संरा अमेरिकी कुलीन वर्गको ऐय्यासी गर्ने ठाउँ थियो । तर, सन् १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा भएको विद्रोहले सत्ता कब्जा गरेपछि क्युवा र संरा अमेरिकाबीचको सम्बन्ध चिसियो । संरा अमेरिकी लगानीकर्ताहरूको नियन्त्रणमा रहेका सबै उत्पादनका साधनलाई क्युवा सरकारले […]

  • गोर्कीको कथा

    सोफी “आउ सबैजना भित्र बस ।” भयो अब विद्यार्थीको खेलको निरन्तरता भङ्ग गरिदिए शिक्षकले । मन गाठो पार्दै कति शौचालयतिर कति धारातिर दगुरे । शरीरमा लागेको धुलो झार्दै कक्षामा पसे । कोही गुनगुन गर्न थाले, कसैको निधार मुज्जा देखियो । खेल्दासम्म नलागेको भोक, प्यास कक्षामा एकैपटक किन लाग्छ होला ? विद्यार्थीको आँखामा हेरेर शिक्षक सोच्न थाले । शिक्षकलाई थाहा नभएको होइन, […]

  • मैले पाएँ

    श्यामकृष्ण खुलीमुली बल्ल पाएँ । के ? अहिले नभनूँ होला । फेरि थाहा पायो भने हङ्गामा मच्चिन्छ । पाइसकेको चीज पनि खोस्न के बेर ? केही समय त हो नि । हो म धैर्य गर्छु । त्यसपछि देखा जाला । म पनि के कम छु र ? आखिर हार्ने केही होइन जिते संसारै आफ्नो । हुन त म उतै बस्न सक्थेँ । उतै […]

  • चीनमा मार्खेज

    अनिसा राई कोलम्बियाली लेखक ग्राबियल गार्सिया मार्खेजको ख्याति ल्याटिन अमेरिकामा मात्र सीमित छैन । उनको ख्याति देशहरूका सिमाना नाघेर संसारभर फैलिएको छ । ‘वन हन्डे«ड एयर अफ सोलिट्युट’ मार्खेजको सिग्नेचर कृति बनेको छ । म्याजिकल रियालिज्म शैलीमा लेखिएको यो कृति बीसौं शताब्दीमा लेखिएका उत्कृष्ट विश्व साहित्यमध्ये अग्रपंक्तिमा आउने गर्छ । भौगोलिक रुपमा चीन र ल्याटिन अमेरिकाको दूरी निकै टाढा […]

  • ‘पत्रसाहित्यमा रोहित’ः नेपाली पत्रसाहित्यमा नयाँ उपलब्धि

    – जमिला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साहित्यिक वृत्तमा पत्र साहित्यको महत्व र सान्दर्भिकता आजको युगमा पनि उत्तिकै छ जति हिजो थियो । अभिव्यक्तिको सशक्त माध्यमका रुपमा अपनाइने पत्र विधा स्रष्टा र पाठकबीच हृदयको सम्बन्ध स्थापित गर्ने कलाले भरिपूर्णसमेत हुन्छ । पत्र साहित्यको इतिहास साहित्यको इतिहास जत्तिकै पुरानो हो भन्दा अतिशयुक्ति नहोला । विचार, भावना, सन्देश आदानप्रदानसँगै […]

  • बिरामी भानेयेभकहाँ

    हुलाकीले हप्तामा दुईचोटी चिठीपत्र ल्याउँथ्यो । इष्टमित्रका पत्र आउँथे । यस इलाकामा करिब डेढ सय वेस्र्त (करिब डेढ सय किलोमिटर) को दायरामा ‘सङ्घर्ष लीग’ का धेरै सदस्य निर्वासनको सजाय काटिरहेका थिए । केही साथी टाढा, धेरै टाढा अति गएगुज्रेको, बाह्रैमास बरफले ढाकिने भेगतिर पठाइएका थिए । एकदिन भ्लादीमिर इल्यीचको घरमा एउटा पत्र आयो । त्यो पत्र आन्ना इल्यीनिच्नाले पठाएकी थिइन् । […]