अन्तर्राष्ट्रिय

  • गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा सघाउन चीन तत्पर

    लि लेइ (Li Lei) । चिनियाँ राष्ट्रपति सि चिनफिङका अनुसार विश्वव्यापी गरिबी निवारण कार्य अगाडि बढाउन विभिन्न पक्षसित मिलेर काम गर्न चीन तत्पर रहेको छ । संयुक्त राष्ट्र सङ्घको दिगो विकास हासिल गर्नका लागि सन् २०३० सम्ममा गरिबी निवारण गर्ने लक्ष्य प्राप्त गर्न प्रतिबद्ध छ । राष्ट्रपति सिले उक्त विचार सुधार र खुलापन तथा चीनमा गरिबी निवारण […]

  • इरानी केशर पहिचानको खोजीमा

    इरिक रान्डोल्फ  टोर्बात–ए हेदारिया, इरान, १२ मङ्सिर : निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको “केशर” फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ । बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल […]

  • चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

    शिजिआजुआङ्, चीन, १२ मङ्सिर ः उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ […]

  • अमेरिकी लडाकू विमानको उडान रोक्दैछौँ– ब्राउन

    वासिङ्टन, ११ मंसिर  । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रहपश्चात उक्त निर्णय गरिएको उनले बताए । अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहनुभएका जनरल चाल्र्स ब्राउनले प्रजग कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कूटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न […]

  • खालिदा जियाले चुनाव लड्न नपाउने

    ढाका, २७ नोभेम्बर । बङ्गलादेशको उच्च अदालतले दुई वर्षभन्दा बढी समय जेल सजाय भोगेको नागरिकले चुनावमा उम्मेदवारी दिन नसक्ने फैसला गरेको छ । अदालतको यो फैसलाले पूर्वप्रधानमन्त्री खालिदा जियासहित उनकै दलका पाँच जना नेतालाई चुनावमा उम्मेदवारी दिन रोक लगाउन सरकारलाई बाटो खुलेको छ । जियासहित पाँच नेतालाई दिइएको जेल सजायविरुद्ध उत्पे्रषण जारी गर्न माग गर्दै परेको मुद्दाको फैसलामा […]

  • नासाको अन्तरिक्ष यान मङ्गलग्रहमा अवतरण, वैज्ञानिकहरुमा खुशीयाली

    लस एन्जलस, ११ मङ्सिर (रासस/एएफपी)ः अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको […]

  • द्वन्द्वका कारण तीन लाखभन्दा अफगानी विस्थापित

    काबुल, ११ मङ्सिर  ः अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण यस वर्षमात्र आन्तरिक रुपमा तीन लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला र समन्वय निकाय (ओचा) ले मङ्गलबार सो कुराको जानकारी दिएको हो । अफगानिस्तानमा देशैभरि हिंसात्मक द्वन्द्व जारी रहेको र कमजोर सुरक्षा व्यवस्था रहेको समाचार आइरहेका बेला ओचाको प्रतिवेदनले त्यसैलाई पुष्टी गरेको […]

  • रुसद्वारा युक्रेनका तीन सैनिक जहाज कब्जा

    किभ, १० मंसिर। रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाज नियन्त्रणमा लिएको छ । रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसङ्घीय सुरक्षा परिषदको आपत्कालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ । युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ । रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाज अनधिकृतरुपमा […]