अन्तर्राष्ट्रिय

  • उच्च वार्ता गर्न प्रजग कोरिया तयार

    सिओल, जनवरी ५ । प्रजग कोरियाले अर्को साता उच्चस्तरको अन्तर सरकारी वार्ता गर्ने दक्षिण कोरियाली प्रस्ताव स्वीकार गरेको सिओलको पुनःएकीकरण मन्त्रालयले शुक्रबार बताएको छ । अब आगामी जनवरी ९ का दिन पानमानजुनस्थित कडा सुरक्षा बन्दोबस्त गरिएको अन्तरकोरियाली भूमि सीमाको शान्ति भवनमा वार्ता हुने पक्का भएको छ पुनःएकीकरण मन्त्रालयका प्रवक्ता बाय्क ताय–ह्युनले सिओलमा आयोजित सञ्चारकर्मी भेटघाटमा […]

  • ‘संरा अमेरिकाको जातिवादी नीति बद्ल्नुपर्छ’–मोरालेस

    बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आफ्ना संरा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई अमेरिकामा आप्रवासीहरुमाथि ‘जातिवादी शोषण’को नीति बद्ल्न आग्रह गरेका छन् । मोरालेसले आफ्नो आधिकारिक ट्वीटर खातामा संरा अमेरिकामा विद्यमान गहिरो जातिवादप्रति चासो व्यक्त गरेका हुन् । ‘ट्रम्पले जनवरी महिनालाई दासता र मानव बेचविखनविरोधी महिना घोषणा गरेका छन् । यदि उनी यो घोषणाप्रति इमान्दार भए आप्रवासीविरुद्ध व्यापक […]

  • नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ जनाको मृत्यु

    बैङकक, १९ पुस (रासस÷सिन्ह्वा) ः थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको […]

  • संरा अमेरिकालाई चीनको चेतावनी

    संरा अमेरिकाले चीन र रुसलाई आफ्ना शत्रु शक्तिको रुपमा व्याख्या गरे पछि बेइजिङले आफ्नो रणनीतिक मनसायलाई नियोजित रुपमा गलत तरिकाबाट व्याख्या नगर्न वाशिङ्टनलाई चेतावनी दिएको छ । वाशिङ्टनले गएको सोमबार जारी गरेको आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिमा चीन र रुसलाई संसारभरि अमेरिकी हितलाई आक्रामक रुपमा उपेक्षा गर्ने शत्रु शक्तिको रुपमा उल्लेख गरेको छ । चीनको विदेशमन्त्रालयका […]

  • जटिल छ नेपाल–भारतबीचको सम्बन्ध

    ✍हसिना प्रजापति नेपालको राजनीतिमा नेपाल–भारतको सम्बन्ध सधैं बहस र छलफलको विषय बन्ने गरेको छ । यो विषय कहिले चुलिन्छ त कहिले मत्थर भएको अनुभव हुन्छ । नेपाल–भारतबीचको सम्बन्ध जटिल बन्दै जानुको कारण र यसका आयामहरूबारे प्रस्तुत लेख केन्द्रित छ । भारतको नेपालसँग मात्र नभई अरु थुप्रै देशहरूसँग कटुतापूर्ण सम्बन्ध रहेको जानकारी हामीले सञ्चारमाध्यमहरूबाट थाहा पाउँछौं […]

  • काश्मिरमा कडा सुरक्षा व्यवस्था

    भारत प्रशासित काश्मिर, ६ कात्तिक (रासस÷एएफपी) ः भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ । सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ खटाइएको छ । मङ्गलबार […]

  • विनासकारी भूकम्पका कारण ३९५ इरानीको मृत्यु, २० गाउँ ध्वस्त

    तेहरान, २७ कात्तिक (रासस÷सिन्ह्वा) ः इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झण्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रका साथै […]

  • हस्तक्षेपका आरोपहरुलाई ‘हाँस्यास्पद’ ः पुटिन

    हनोइ, भियतनाम, २५ कात्तिक (रासस÷एपी) ः रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भनी अमेरिकी वृत्तमा लगाइने गरेको आरोपको पुनः खण्डन गर्दै आरोप आधारहीन रहेको बताउनुभएको छ । रसियाली राष्ट्रपति पुटिन शनिबार भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनको शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको भेटमा निर्वाचनमा हस्तक्षेपको आरोपले आँफूलाई […]