अन्तर्वार्ता

  • ह्वान ग्वाइडोका मुख्य सहयोगी पक्राउ

    काराकस, ९ मे । भेनेजुयलाको राष्ट्रिय संविधानसभाका अध्यक्ष डायोसडाडो काबिल्लोले विपक्षी नियन्त्रित राष्ट्रिय सभाका उपनेता एडगर जामब्रानोलाई बुधबार गएको अप्रिल ३० को असफल सत्ताविप्लवमा संलग्न भएको अभियोगमा गिरफ्तार गरेको पुष्टि गर्नुभएको छ । स्थानीय समाचारस्रोत अनुसार पूर्ण कानुनी आधारसहित गुप्तचर विभागले जामब्रानोको निजी कारबाट गिरफ्तार गरेको थियो । बुधबार राति टेलिभिजनमा प्रसारण गरिएको मन्तव्यमा डायोसडाडोले जामब्रानोको अधिकारको ‘पूर्ण […]

  • लेनिन सच्चा अन्तर्राष्ट्रवादी एवम् युगद्रष्टा

    (संसारका कामगरी खाने जनताका गुरु तथा अक्टोबर समाजवादी क्रान्तिका नेता लेनिनको १४९ औँ जन्म दिवसको अवसरमा श्रमिक साप्ताहिक र मजदुर दैनिकको परिशिष्टाङ्कका लागि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँगको अन्तर्वार्ता – सं) – संसारका कामदार जनताका शिक्षक लेनिनबाट सिक्नुपर्ने प्रमुख कुरा के हुन् ? आफूभन्दा पहिलेका क्रान्तिकारीहरूका जीवनी, रचनाहरूको अध्ययन र अग्रजहरूको […]

  • संसद्मा कन्हैयाको उपस्थितिले कामदार जनताको आवाज अझ बलियो हुनेछ

    भारतमा आसन्न निर्वाचन र राजनीतिक गठबन्धनबारे भारतीय कम्युनिष्ट पार्टीका महासचिव सुधाकर रेड्डीसँग द वायरले गरेको कुराकानी प्रस्तुत छ ः द वायर – गुसारियामा बहुकोणबाट चुनावी प्रतिस्पर्धा हुने भयो । गठबन्धनमा के कुरा मिलेन ? रेड्डी– अल्पकालीन स्वार्थले विहारमा गठबन्धनले एक्लै चुनावी मैदानमा उत्रनुपरेको छ । तथापि, देशको दीर्घकालीन हितको लागि वाम खेमाले बहुकोणको प्रतिस्पर्धा नगर्ने र आफू […]

  • सिके राउतसँग वार्ता अनि विप्लवलाई लखेट्नुपर्ने किन ?

    नारायणमान बिजुक्छें २०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्यता लिए र वि.सं. २०१७–१८ मा युनियन (कलेज) को अध्यक्ष पदमा चुनिए । २०१५ सालताका माक्र्सवादी अध्ययन सर्कलमा संलग्न रही २०१६–१७ मा पार्टीको भक्तपुर जिल्ला कमिटीको अध्यक्ष भए । वि.सं. २०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनेका बिजुक्छें तत्कालीन पूर्वी पाकिस्तान (बङ्लादेश) माथि भारतको हस्तक्षेप र अरू […]

  • भेनेजुयला आफ्नो आत्मसम्मान भएको देश हो – ४

    निकोलस माडुरोसँग अन्तर्वार्ता बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः ग्युरिनः तपाईँलाई सेनाको समर्थन अझै छ भन्ने कुरामा तपाईँलाई कति विश्वास छ ? सेनाभित्र एकप्रकारको त्रास व्याप्त छ । तपाईँको विरोधमा बोल्ने कोही पनि मानिसलाई जेल कोचिएको छ । माडुरो ः मविरुद्ध चलिरहेको प्रचार अभियानले बनाएको […]

  • भेनेजुयला आफ्नो आत्मसम्मान भएको देश हो – ३

    निकोलस माडुरोसँग अन्तर्वार्ता बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः ग्युरिन ः के तपाईँ राष्ट्रपति ट्रम्पलाई गोरा अहङ्कारवादी भन्दै हुनुहुन्छ ? माडुरो ः सबैको सामु खुलमखुला छ, उनी गोरा अहङ्कारवादी हुन् । संरा अमेरिका, युरोप र ल्याटिन अमेरिकामा उनी फासीवादी सोचलाई उकास्दै छन् । नवफासीवादी, नवनाजीवादी […]

  • भेनेजुयला आफ्नो आत्मसम्मान भएको देश हो – २

    निकोलस माडुरोसँग अन्तर्वार्ता बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः ग्युरिन ः तर, मानिसहरूले औषधि किन्न सकिरहेका छैनन् । औषधि त होला तर हामीले त्यस्ता मानिस भेट्यौँ जसले दुई बट्टा एन्टिबायोटिक किन्न पूरै महिनाभरिको तलब लाग्ने भन्दै थिए । माडुरो ः पहिलो कुरा त तपाईं शल्यक्रिया […]

  • भेनेजुयला आफ्नो आत्मसम्मान भएको देश हो

    निकोलस माडुरोसँग अन्तर्वार्ता बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः ग्युरिन ः अन्तर्वार्ताको लागि हामी बस्दै गर्दा संरा अमेरिकाले पठाएको सहायता कोलोम्बियामा थन्किएका छन् । यहाँ हामीले धेरै मानिस भेट्यौँ जसले आफ्नो लागि सहायताको अत्यन्त आवश्यकता रहेको बताए । किन सहायता रोक्नुभएको ? माडुरो ः सबैभन्दा […]