सम्पादकीय

  • नागरिकताको संवेदनशीलता

    संसदमा नागरिकता विधेयक विचाराधीन रहेको बेला गृहमन्त्रालयले देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सूचना जारी ग¥यो । सुरूमा गृहमन्त्रालयको सो सूचना कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । पछि अदालतले गृहमन्त्रालयकै पक्षमा निर्णय लियो । सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजका […]

  • चेलीबेटी बेचविखनको अन्तको निम्ति

    वैदेशिक रोजगारीको बहानामा अवैध रूपमा नेपाली चेली बेचिने क्रम पटक्कै नघटेको कुरा दैनिक प्रकाशित समाचारहरूबाट पुष्टि हुन्छ । केही दिनअघि तेस्रो मुलुक लैजान लागिएका २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट उद्धार गरियो । केही महिना अघि मणिपुरबाट १७८ नेपालीलाई उद्धार गरिएको थियो । भारत हुँदै वार्षिक ४ हजारभन्दा बढी महिला रोजगारीका नाममा तस्करीमा पर्ने गरेको बताइएको छ । […]

  • इरानमाथि संरा अमेरिकी सम्भावित आक्रमणः बदनामीको बाटो

    संरा अमेरिकी युद्धपिपासु राजनीतिक नेतृत्वका कारण संसारले अझै पनि अशान्ति र विध्वंसबाट त्राण पाउन सकेको छैन । संरा अमेरिकाले मध्यपूर्वी देश इरानमाथि लगाएको नाकाबन्दी अझै पेचिलो बनाएको छ । यही साता युद्धकविमान उडाउने क्षमता भएको अब्राहम लिङ्कन युद्धपोत र केही विशेष बमबारी गर्ने क्षमता भएको सैनिक टोली भूमध्यसागरतिर संरा अमेरिकाले तैनाथ गरेको छ । त्यसअघि मे २ देखि […]

  • इलामका चिया मजदुरहरूको पक्षमा

    सरकारले तोकेको न्यूनतम ज्याला र सामाजिक सुरक्षा भत्ता कार्यान्वयनको माग गर्दै एक महिनाभन्दा लामो समयअघि देखि सडक आन्दोलनमा रहेका इलामका विभिन्न चिया मजदुरहरूका माग अझै पूरा भएको छैन । मजदुरहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले नयाँ श्रम ऐनअनुसार आफ्नो ज्याला सुविधाको बन्दोबस्त गर्न माग गरिरहेका छन् । साउन १ गते लागू भएको नयाँ श्रम ऐनअनुसार दैनिक न्यूनतम […]

  • समाजवादको बिग्रेको आकार

    आइतबार नेपालको राजनीतिमा एउटा अर्को समाजवादी दलको जन्म भएको छ । नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी घोषणा भएको हो । कुनै बेला युरोपमा समाजवादको चर्चा गर्ने मानिसको छेलोखेलोलाई सङ्केत गर्दै सी ई एम जोड नामका बेलायती दार्शनिकले भनेका थिए, “समाजवादको टोपी सबैले लगाउँदा त्यसको मूल आकार नै बिग्रिसकेको छ ।” आज नेपालमा पनि […]

  • राजनैतिक संस्कृतिको अभावको दोषी को ?

    बुद्धिजीवीहरूको बीचमा बरोबर राजनैतिक संस्कृति र सदाचारको बारेमा चर्चा परिचर्चा भएको सुन्छौँ र पढ्छौँ । यसबारे कतिले बुझेर कुरा गरेका होलान् र कतिले नबुझेरै भए पनि आ–आफ्ना टिप्पणी प्रकट गरेका होलान् । हालै बालुवाटारस्थित प्रधानमन्त्री निवास अर्थात् ललिता निवास भू–अपराधीहरूद्वारा हडपिएको ११३ रोपनीमा साढे ४ सय कित्ताको पहिचान गरी ती सबै जग्गा रोक्का राखिएको तथा ‘खुलामञ्च कब्जा’ […]

  • साना सहरका हुर्कंदो दुःख

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पानीको हाहाकार हुँदा जनजीवन कष्टकर बनेको छ । जनसङ्ख्या वृद्धिसँगै पानीका स्रोतको उचित जोहो गर्न नसक्दा नेपालका अन्य सहरभन्दा तुलनात्मकरूपमा सानो सहर सुर्खेतमा अहिले नै पानीको अभाव हुन थालेको छ । नेपालकै सबभन्दा पातलो मानव बस्ती भएको कर्णाली प्रदेशको राजधानीको यस्तो अवस्थाले देशका अन्य सहरको भयावह समस्यातर्फ पनि सड्ढेत गरेको छ । सङ्घीय राजधानी […]

  • माक्र्सको जीवन सङ्घर्ष

    मानिसले मानिसमाथि गर्ने शोषणबाट संसारलाई मुक्त गर्न चाहने मानिसहरू आज कार्ल माक्र्सको २०१ औँ जन्म दिवसमा उहाँका अमर विचार र अदम्य जीवनको सम्झना गरिरहेका छन् । वैचारिकरूपमा माक्र्सबाट सिक्न सकिने जति अथाह ज्ञान छ, एक व्यक्तिको रूपमा पनि माक्र्सबाट सिक्नुपर्ने कुरा धेरै छन् । माक्र्सले जाल्ट बोमेललाई दिनुभएको अन्तर्वार्तामा लक्ष्यप्रतिको अर्जुनदृष्टि नै आफ्नो विशेषता र जीवनको सुख […]