सम्पादकीय

  • पारमाणविक विधेयकको खतरा

    ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ प्रतिनिधिसभामा छलफलमा छ । आजभोलि प्रतिनिधिसभामा सामान्यतः विधेयकमाथि गम्भीरतापूर्वक छलफल हुने गर्दैन । विधेयकको अध्ययन गरी केस्रा–केस्रा केलाएर बहस नहुँदा अधिकांश सांसदलाई आफूले पारित गरेको विधेयकमा के कस्ता प्रावधान छन् भन्ने कुराको राम्ररी जानकारीसमेत हुने गर्दैनन् । विधेयकमाथि विचार विमर्श संसदमा धेरै सङ्ख्यामा सांसद भएका […]

  • उपकुलपतिको अवैज्ञानिक विचार

    शुक्रबार नेपाल टेलिभिजनको ‘वाइडएंगल’ अन्तर्वार्ता कार्यक्रमका पाहुना थिए – नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ । सन्दर्भ थियो – पृथ्वीनारायण शाहको जन्म दिवस । नवनियुक्त उपकुलपतिका कतिपय विचार सुन्दा देशमा गणतन्त्र स्थापना भए पनि प्रज्ञा प्रतिष्ठानमा अझै शाहवंशीय राजतन्त्रले जग हालेको चिन्तन भत्किनसकेको प्रस्ट बनाएको छ । देशले ठूलठूला राजनीतिक परिवर्तन छिचोले पनि सांस्कृतिक र वैचारिक परिवर्तन […]

  • पृथ्वीनारायणलाई अतिवादबाट टाढा राखेर बुझौँ

    शुक्रबारका अधिकांश पत्रपत्रिका र अनलाइनमा पृथ्वीनारायण शाहसम्बन्धी बग्रेल्ती लेख–रचना प्रकाशित भए । शाहबारे विचार मन्थन नेपाली इतिहासको एउटा खण्डमाथिको बहस हो । पक्ष–विपक्षमा व्यक्त विभिन्न लेखक र विद्वान्का विचार इतिहासको सही अध्ययन र बुझाइको निम्ति सहयोगी हुने विश्वास गर्न सकिन्छ । वाद र विवादबाटै जोकोहीलाई यथार्थको नजिक पु¥याउन सक्छ । पूर्वाग्रह र अन्धभक्ति दुवै इतिहासको सही मूल्याङ्कनका बाधक हुन् । […]

  • श्रममन्त्रीको विराधाभासपूर्ण अभिव्यक्ति

    पोखरामा श्रम तथा रोजगार कार्यालयको शुभारम्भ गर्दै श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले ‘आगामी पाँच वर्षभित्रै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य हुने’ बताए । रोजगारीको लागि विदेश जाने कामदारलाई श्रम स्वीकृति प्रदान गर्ने कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्रीको यस्तो भनाइ विरोधाभासपूर्ण छ । मन्त्री एकातिर विदेशमा श्रम बेच्न जाने मजदुरलाई स्वीकृति दिने कार्यालयको उद्घाटन गर्दैछन् अनि सँगै अब […]

  • समाजवादी देशको एकता

    साम्राज्यवादी खेमा छिन्नभिन्न बन्दै गर्दा संसारको समाजवादी खेमा भने क्रमशः आपसमा नजिकिरहेका छन् । इतिहासले छोडेका कतिपय तिक्ततालाई थाती राख्दै आज समाजवादी व्यवस्था अङ्गाल्दै गरेका देशहरू आपसी सहयोग र समर्थनमा अघि बढिरहेका छन् । झण्डै सात दशक लामो नाकाबन्दी सामना गरिरहेको प्रजातान्त्रिक जनगणतन्त्र कोरिया आज समाजवादी देश चीनको मैत्रीपूर्ण सहयोगमा संरा अमेरिकी शासक वर्गसँग आमनेसामने वार्ता गरिरहेको […]

  • सबै थाहा छ तर किन केही हुँदैन ?

    घुसखोरी हुन्छ, थाहा छ । भद्रगोल छ, थाहा छ । घुस नखाई कतिपय कर्मचारीले कामै गर्दैन, त्यो पनि थाहा छ । घुस लिने कर्मचारीले एक्लैले घुसको स्वाद चाख्दैन, माथिल्लो कर्मचारीको गोजीमा पनि त्यसको भाग जान्छ, त्यो पनि सर्वविदितै हो । कर्मचारीले घूस खाएर काम गर्नु जघन्य अपराध हो, त्यो पनि थाहा छ । त, घुसखोरी चलिरहन्छ । कर्मचारीले घुस नखाई फाइल […]

  • स्वर्ग र नर्क

    स्वर्ग र नर्क खोज्न अर्को कुनै लोक (यदि छ भने) गइरहनुपर्दैन । पुँजीवादी सहरहरू नै वास्तवमा पृथ्वीलोकका नर्क हुन् । सबै प्रकारका विकृति, विसङ्गति र पापकर्मका केन्द्र हुन्छन्–पुँजीवादी सहरहरू । प्रसङु्ग अरु कहींको होइन, काठमाडौं सहरको । हालै काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वर क्षेत्रमा गरिएको एक अध्ययनले त्यहाँका विभिन्न होटल, गेस्टहाउस, डान्सबार र दोहोरी क्याबिन र खाजाघरमा काम […]

  • सरकार सत्तापक्षको सदन पनि सत्तापक्षकै !

    प्रधानमन्त्री केपी ओलीले बिहीबार संसद्मा सम्बोधन गर्ने भनिएको थियो । तर, वाइडबडी विमान भ्रष्टाचार प्रकरणसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले दिएको अनपेक्षित प्रतिवेदनका कारण अत्तालिएको सरकारले प्रमको सम्बोधन स्थगित ग¥यो । आइतबारमात्र प्रमले संसद्मा सम्बोधन गरे । प्रमको सम्बोधनमा पूरा हुन नसकेका आफ्ना वचनबद्धताको बचाउसिवाय् खासमा केही नयाँ कुरा थिएन । प्रमले सरकारसामु उठेका कुनै पनि प्रश्नको समाधानमूलक उत्तर […]