स्वास्थ्य

  • गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर

    –ज्ञानेन्द्र न्यौपाने  रसुवा ६ भदौ (रासस) ः गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धार्मिक मार्गका गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेश गौँडामा सक्षम नेपाल नामक, चोलाङ्पाटी र चन्दनबारीमा लाङ्टाङ […]

  • उपचार गराउन भारतीय अस्पतालको भर

    बैतडी, ५ भदौ (रासस) । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन् । सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाट बताउनुहुन्छ । “जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन, सामान्य समस्या हुँदा पनि भारतीय अस्पतालको भर पर्नुपर्छ,” उहाँले भन्नुभयो । […]

  • अझै अस्पताल जान मान्दैनन् चेपाङ महिलाहरु

     राजकुमार श्रेष्ठ चितवन, ४ भदौ । कालिका नगरपालिका– ९ शक्तिखोरका पविमाया चेपाङ भरतपुर अस्पतालको सर्जिकल वार्डमा उपचारत छिन् । एपेन्डीसाइड रोगका कारण उनी अस्पताल आएका हुन् । ८० वर्ष पार गरेकी पविमाया चेपाङ जीवनमा यसअघि अस्पताल गई उपचार नगरेकी बताउँछिन् । अस्पतालमा उपचार गर्न आए छोरा नातिलाई आर्थिक भार पर्ने उनको चिन्ता छ । एक हप्ताअघि तल्लो पेट दुखेको […]

  • आयुर्वेद उपचार पद्धति भरपर्दो

    भद्रपुर, ४ भदौ । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् । झापामा आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खासगरी नसर्ने रोगका बिरामी आयुर्वेद उपचार पद्धतिप्रति आकर्षित हुँदै गएका छन् । आव २०७४÷७५ मा ४१ हजार ४५ बिरामीले आयुर्वेद स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । आव २०७३÷७४ मा […]

  • सुत्केरी मसला

    –डा. अरुणा उप्रेती मेरी हजुरआमालाई चाहिं परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्वले रगतको कमी हुन दिंदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिं धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त […]

  • क्यान्सर अस्पतालमा बिरामीको चापमा वृद्धि

    नेपालगञ्ज, १ भदौ (रासस) ः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । अस्पताल प्रमुख क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार सेवा प्रारम्भ गरेको डेढ महिनाको अवधिमा ५२२ जनाको उपचार भएको छ । सरकारीस्तरबाट राजधानी बाहिर भरतपुरपछि यो क्यान्सर अस्पताल दोस्रो हो । […]

  • स्वास्थ्य बिमामा करीब छ हजार आबद्ध

    बैतडी, ३१ साउन (रासस) ः सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् । जिल्लामा एक हजार १७९ परिवारका पाँच हजार ८६१ जना स्वास्थ्य बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी बिष्णु जोशीले जानकारी दिनुभयो […]

  • छानबिन समिति गठन

    उर्लाबारी, मोरङ, ३० साउन : खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो […]