स्वास्थ्य

  • औषधि पसलहरू दर्ता भएनन्

    भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरको विभिन्न स्थानमा रहेको भेटेनरी औषधि पसलहरूमा शुक्रबार अनुगमन भयो । अनुगमनको क्रममा टोलीले कुनै पनि पसलहरू दर्ता नभएको, सीसी क्यामराको जिल्ला प्रशासनमा स्वीकृति नलिएको र म्याद नाघेका औषधिहरू पाइएकोले यथाशीघ्र पसल दर्ता गर्नुको साथै म्याद नाघेका […]

  • अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

    –भीष्मराज ओझा  काठमाडौँ, ३० कात्तिक  : काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी […]

  • सन्दर्भ विश्व मधुमेह दिवस ः मधुमेहले आँखामा असर

    काठमाडौँ, २८ कात्तिक  ः संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना) मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनेप्याथी भनिन्छ । मधुमेहको असरले गर्दा […]

  • क्यान्सर नियन्त्रणमा महिला जनप्रतिनिधिको भूमिका

    रजनी जोशी क्यान्सर रोग कस्तो रोग हो ? हाम्रो देशमा यो कतिको व्यापक भएको अनुमान गर्नुहुन्छ ? भक्तपुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुरुप भक्तपुरलाई शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरणमा प्राथमिकताका साथ अघि बढाइरहेको छ । सोही अनुरुप भनपा शैक्षिक÷सांस्कृतिक साथै स्वास्थ क्षेत्रलाई केन्द्रको रुपमा विस्तार गर्दै जाने लक्ष्यका साथ अघि बढिरहेको छ । यसैलाई ध्यानमा राख्दै भनपाले […]

  • छालाको क्यान्सर

     डा. जयनमान श्रेष्ठ सामान्य अवस्थामा शरीरका विभिन्न अ·हरूका पुराना कोशिकाहरू विलय वा विभाजित भएर नयाँ कोशिकाहरूको जन्म हुन्छ । छालाको पुरानो बाहिरी पत्र पनि नयाँ कोशिकाबाट बनेको पत्रले बिस्थापित गर्दै लैजानु स्वाभाविक तथा प्राकृतिक प्रक्रिया हो । तर यी कोशिकाहरू कुनै कारणवस अनियन्त्रित वा अस्वाभाविक रुपमा वृद्धि हुने र नयाँ डल्लो वा घाउ हुने अवस्थालाई क्यान्सर भनिन्छ । […]

  • ६ महिनादेखि देशमा टीटी खोपको अभाव

    काठमाडौं, २५ कार्तिक । दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पु¥याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ । करीब ६ महिना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन । भारतको आन्तरिक समस्याको कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । टिटानस रोगविरुद्धको […]

  • छालामा रातो देखिने (दाज) ले महामारी रुप लिँदै

    बुटवल, २५ कात्तिक ः छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाज महामारीको रुपमा फैलिएको हो । छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दाजको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको रुप लिन […]

  • आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

    काठमाडौँ, १६ कात्तिक  ः नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ । आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम […]