स्वास्थ्य

  • भिटामिन ए र जुकाको औषधि खुवाउँदै

    काठमाडौँ, ६ वैशाख । सरकारले शुक्रबार र शनिबार जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । […]

  • प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव

    बनेपा, ४ वैशाख । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकोमा अहिले तीनजना कर्मचारीले सेवा दिइरहेका छन् । सङ्घीय संरचनाअनुसार अहिले नगरपालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा तीनजनामात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका हुन् । एघार जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र प्रदेशमा रोजेर गएपछि […]

  • शिक्षक र स्वास्थ्यकर्मीको गुनासोः तलब छैन, तनावमात्रै

    जुम्ला, ४ वैशाख । अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घर खर्च चलाउनै गा¥हो भएको छ, राकसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भन्नुभयो । हिमा गाउँपालिकास्थित अन्नपूर्ण माविको प्रावि तहमा कार्यरत शिक्षक प्रेमबहादुर सिंहको गुनासो पनि त्यस्तै छ । ‘केही समयका लागि भनेर […]

  • छ महीनादेखि बन्द अस्पताल सञ्चालन

    दमौली, १ वैशाख (रासस) : जनशक्ति अभावले छ महीनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ । गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित तीन जना कर्मचारी नियुक्त गरेपछि आजबाट अस्पताल सञ्चालनमा आएको हो । समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन […]

  • स्वस्थ रहन सन्तुलित आहार, विहार र आराम

    भक्तपुर, २५ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले खानेकुरामा मिसावट बढेको र सुर्यमूखी, सनफ्लावर, सोयाबिन, वनस्पति घिउ पामोलिन तेल अशुद्ध भएको समाचार आएको चर्चा गर्दै अशुद्ध खानेकुराकै कारण जनता अस्वस्थ भएको बताउनुभएको छ । पतञ्जली योग समिति, भक्तपुरको आयोजनामा चैत २३ गतेबाट कमलबिनायकमा भएको खुला योग शिविरको समापन कार्यक्रममा बोल्दै उहाँले […]

  • महोत्तरीमा २१८ एचआइभी सङ्क्रमित

    गौशाला, २३ चैत (रासस) ः महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्ने अनुमान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिङ्गी, […]

  • राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

    –पूर्णप्रसाद मिश्र काठमाडौँ, २२ चैत । सङ्घीयता कार्यान्वयनसँगै गाउँ–गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक सहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत […]

  • जिल्ला अस्पताल बन्ने

    रुकुम (पूर्व), १७ चैत (रासस): रुकुम (पूर्व) मा जिल्ला अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि सर्वसाधारण रुकुम (पश्चिम), दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य थिए । छुट्टै जिल्लाको रूपमा काम थालेको डेढ वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको हो । रुकुम पूर्वको […]