पाठक विचार

  • औषधि पसल हो कि पान पसल !

    – डा.एस.एन.एस. हामी सबैले देखेकै छौँ, पान पसल सानो ठाउँमा राखेर खोलेको हुन्छ । जहाँ एउटा पसलेमात्र बस्न सक्ने, दुई चारवटा गोल्टीनका बट्टा राखेर पान बनाई बेच्ने गरिन्छ । ग्राहक आएपछि तुरुन्त पान बनाइदिन्छ । तर आजकल पानका साथसाथै अन्य वस्तु, चुरोट, सुर्ती, चकलेट, बिस्कुट इत्यादि बेच्ने गरेको देखिन्छ । त्यस्तै पान पसलजस्तै सानो फार्मेसी जनस्वास्थ्य केन्द्रको भ¥याङ्गमुनि वर्षौँदेखि […]

  • भूकम्प पीडित दोलखावासीहरू अझै टहरामा

    –अमर श्रेष्ठ भक्तपुरमा झैं दोलखामा पनि भूकम्पले असङ्ख्य घरहरूको पूर्ण क्षति पु¥याएको थियो । अधिकांश क्षति भएका घरहरू दोलखाको पुरानो बस्तीमा रहेको छ । माटो र ढुङ्गाले बनाएका घरहरू पुरानो भएकोले पनि धेरै घर भत्केर पूर्णत ः क्षति भएको हो । अहिलेसम्म क्षति भएका अधिकांश घरहरू ठडेका छैनन् । गरिबीकै कारण क्षति भएका घरहरू बनाउन नसकिएको हो । क्षति […]

  • ओली सरकारबाट देश विकासको आशा मृगतृष्णामात्र

    –प्रकाश धेरै जनाले देशमा अब राजनीतिक स्थिरता हुने र देश विकासतिर लम्कने कुरा गरेको पाउँछौं । कतिले नजानेर र कतिले जानाजानी नै देश विकास नहुनुमा राजनीतिक अस्थिरता र सरकारको फेरबदललाई दोष दिएको देख्छौं । पटक–पटक सरकारको नेतृत्व गरेका र सरकारमा गएका नेता र पार्टीहरूले राजनीतिक अस्थिरता र अन्य कुरामाथि दोष थोप्नु ‘नाच्न नजान्नेको आँगन टेढो’ उखानको चरितार्थबाहेक […]

  • बद्मास कम्पनी जोगाउने सरकारी चोर बाटो !

    – विनोद श्रेष्ठ, काठमाडौं सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति २०७५ कार्तिक ३० गतेको निर्णयअनुसार Coastal –Pappu J.V. तीनकुनेलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (२) बमोजिम सो निर्माण व्यवसायीको कालोसूचीसम्बन्धी कारबाही प्रक्रिया यस कार्यालयबाट टुङ्गो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने गरी रोक लगाएको छ भनी राष्ट्रिय दैनिकमा समाचार […]

  • नगरपालिकाको बद्नाम गर्ने कुनियत

    – एक जन प्रतिनिधि भक्तपुरबाट प्रकाशित हुने एक साप्ताहिकले ‘८१ वर्षीय वृद्धको पीडा, भक्तपुर नगरपालिकाले अन्याय ग¥यो’ भन्ने शीर्षकमा र अर्को साप्ताहिकले पनि ‘भक्तपुर नगरपालिकाको दादागिरी’ शीर्षकमा सोही समाचार छाप्यो । विषय बस्तुबारे कुनै अध्ययननै नगरी हचुवा र पूर्वाग्रही ढङ्गले नगरपालिकाको बदनाम गर्ने कुनियतले ती समाचारहरू छापेका हुन् । भक्तपुर नगरपालिकामा जन प्रतिनिधिहरूले पद ग्रहण गरेसँगै पर्ति […]

  • खोटो विचार नै विकासका बाधक

    – मेरिना शाक्य सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोमा अब शङ्का छैन । प्रधानमन्त्री केपी ओली आफैले मन्त्री र सचिवहरूमाझ छिटो परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्न र अब काम गर्ने शैली र व्यवहार परिवर्तन गर्न निर्देशन दिएबाट सरकारले चित्तबुझ्दो काम गर्न नसकेको थाहा हुन्छ । त्यसो त प्रम ओलीले पहिले पनि काममा ढिलासुस्ती नगरी […]

  • वायु प्रदूषण घटाउन सबैले पहल गरौं !

    – सुविज्ञा थापा, भक्तपुर हिजो आज काठमाडौं उपत्यकाका सबैजसो अस्पताल जाँदा नाक, कान तथा घाटी रोग– ईएनटी विभाग अगाडि बिरामीको लामो लाइन देख्छौं । ईएनटी विशेषज्ञ डाक्टरहरूका अनुुुसार काठमाडौं उपत्यकाको प्रदूषित हावाका कारण बिरामीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । सास फेर्दा हावामा भएको धुलोधुँवाका कण पनि घाँटी र फोक्सोमा पुग्छन् र त्यसले असर गरेको छ । […]

  • हो, कम्युनिष्टहरु वर्गीय आन्दोलन गर्छन्

    – गोरव प्रधान हरेक कम्युनिष्ट पार्टीहरू शोषित पीडित जनताको पक्षमा लड्छन्, लडिरहेका हुन्छन् । शारीरिक र बौद्धिक श्रमजीवी वर्गको पक्षमा लड्नु या सङ्घर्ष गर्नु नै कम्युनिष्ट पार्टीको उद्देश्य हो । कम्युनिष्ट पार्टीको खोल ओढेर श्रमजीवी वर्गको पक्षमा राजनीति नगर्ने, आन्दोलन र सङ्घर्ष नगर्ने दल सच्चा कम्युनिष्ट पार्टी हुनसक्दैन । मंसिर २ गतेको राजधानी दैनिकमा लेखक […]