पाठक विचार

  • सामाजिक सुरक्षा भत्ता कि राज्यकोषको भागवण्डा ?

    –बोधबहादुर नेपाली सामाजिक सुरक्षा कार्यक्रमको उद्देश्य समाजका आर्थिक रुपले कमजोर र असहाय मानिसहरूको हितका लागि हो । तर नेपालको सन्दर्भमा सायद सामाजिक सुरक्षाको विश्वव्यापी धारणा लागू हुँदैन । त्यसैले त वर्तमान ओली सरकारले सामाजिक सुरक्षा सञ्चालन कार्यविधि २०७५ को परिच्छेद–३ दफा ९ को उपदफा २० को व्यवस्था हाललाई कार्यान्वयन नगर्ने भनी निर्देशन दिएको छ । उक्त दफामा कुनै […]

  • ऐनविपरीत भारतीय व्यापारीलाई कर छुट किन ?

    राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा भारतीय व्यवसायीहरूले मेला–महोत्सवका नाममा व्यापारिक प्रदर्शनी गर्ने र करछली गर्ने गरेको समाचार आएका छन् । सोही क्रममा यही नोभेम्बर २२ तारिख अर्थात मंसिर ६ गतेदेखि भक्तपुरको सल्लाघारीमा हुने एक्स्पोका निम्ति पनि भारतीय कम्पनीहरूलाई ठूलो मात्रामा कर छुट दिइएको समाचार छ । एक्स्पोमा एक्स्काभेटर, लोडर, डोजरलगायत हेभी इक्विपमेन्टको प्रदर्शनी तथा बिक्री समेत हुने […]

  • कतै सङ्घीय सरकार त असफल हुने होइन ?

    – गोपाल नगरकोटी सङ्घीय पक्षधर दलहरूले देशमा सङ्घीय व्यवस्था भएपछि के के न प्रगति र विकास हुने कुरा फलाकेका थिए । सङ्घीय बन्दोबस्त भएपछि धेरै अधिकार पाउने र स्थानीय स्रोत र साधन प्रयोग गर्न पाउने विश्वास तिनै दलका नेताहरूले दिएका थिए । अहिले देशमा दुईतिहाइको सरकार छ । तर उसबेला फुकेका आश्वासन र प्रतिबद्धता गरिएको विश्वास अहिले पानीको […]

  • कर्णाली प्रदेशप्रतिको सरकारी उपेक्षा

    – अङ्कुर सिंजाली कर्णाली प्रदेशका जिल्लाहरू सांस्कृतिक रुपमा नभए पनि भौतिक विकास निर्माणको दृष्टिले पिछडिएको क्षेत्र हो भन्नेमा कसैको दुईमत नहोला । दसकौं दसकको जनदबाबपछि मात्र कर्णाली राजमार्ग निर्माण भएको थियो तर अझै पनि पूरा भएको छैन । कर्णाली राजमार्गले हुम्ला जिल्लालाई जोड्न सकेको छैन । तरै पनि कर्णाली राजमार्गले दैलेख, कालिकोट, जुम्ला र मुगुलाई सुर्खेत र नेपालगञ्ज […]

  • कुखुरापालक किसानका जायज माग पूरा होस्

    अहिले देशभरका कुखुरापालक किसानहरू चिन्तित छन् । किसानहरूले आफ्नो उत्पादनको यथोचित मूल्य पाइरहेका छैनन् । मेहनत र परिश्रम गरेर दुईचार हजार रुपैयाँ हात पार्ने सपना देखेका किसानहरू घाटा खाई पछाडि हट्नुपर्ने अवस्था देखिएको छ । त्यसो त हिजोका दिनमा पनि कुखुरापालक किसानहरूका लागि राम्रो अवस्था थिएन तर अहिले जस्तो चल्लाको र दानाको मूल्य आकासिने र कुखुरा तथा अन्डाको […]

  • विकासको रकम झ्वाइँ पारेर जनताको सेवा !

    एमाले र माओवादी केन्द्रबीच साँच्चै पार्टी एकता भएको हो भने एउटै पार्टीमा दुई अध्यक्षको जरुरी पर्दैन । पार्टी अध्यक्ष दुई भइरहेसम्म देखावटी रुपमा पार्टी एकता भनिए पनि त्यो पार्टीको भागवण्डामात्र मान्न सकिन्छ । एउटै पार्टी एमाले र माओवादी केन्द्रमा गुट उपगुट देखिरहेको बेला एउटा पार्टी र अर्को पार्टीबीच एकता हुँदा दुई पार्टीबीच नेताहरूको फरकफरक मत देखिनु स्वाभाविक […]

  • के अब कुनै युवा विदेशिनु पर्दैन ?

    – मिलन सुचिकार प्रत्येक दिन नेपालीहरू विदेशिरहेको सङ्ख्या बढिरहेको छ । रोजीरोटीको लागि विदेश धाउनेमा नेपाली युवाहरू नै अधिक देखिएका छन् । युवाहरू विदेश पलायन हुनुमा सरकारको नीति तथा कार्यक्रम पनि हो । यो अहिलेसम्मको यथार्थ हो । यस्तो बेला अर्थमन्त्री युवराज खतिवडाले अब कम्तीमा शैक्षिक योग्यता हासिल गरेका युवाले विदेशिनु पर्ने ग्यारेन्टी सरकारले गर्ने बताए । शैक्षिक प्रमाणपत्र धितो […]

  • आत्मनिर्भरता छैन समृद्धिको गफ

    – प्रकाश दसैं र तिहारको शुभकामना दिने क्रममा राष्ट्रप्रमुख, प्रधानमन्त्रीदेखि हरेकजसो जिम्मेवार निकायका प्रमुखहरूले समृद्धि शब्द छुटाएनन् । सबैले नेपाली जनता समृद्ध होस् भनी कामना गरेको प्रचार भयो । तर, त्यस्तो कामना र प्रचार मात्रले देश र जनता समृद्ध बन्ने होइन । देश र जनता समृद्ध बन्न राज्यको सही नीति र योजना लागू हुनुपर्छ भने जनताले पनि कठोर […]