समाचार

  • शेयर बजार ः सामान्य अङ्कले घट्यो

    धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २८०.७९ बिन्दुमा पुगेको छ । कूल १७२ कम्पनीको ३२ […]

  • मालीमा राष्ट्रसंघ शान्ति सैनिकको हत्या

    संयुक्त राष्ट्रसंघ, ५ जेठ (रासस/एएफपी) – अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको। राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति गहिरो […]

  • चुकाउनीमा आकर्षण

    –पवित्रा घिमिरे पाल्पाली अचारका रुपमा परिचित चुकाउनीप्रति सबैको आकर्षण बढ्न थालेको छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना र धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने यो अचार धेरैले रुचाइएको पाइएको छ । पाल्पाका रैथाने नेवार समुदायको संस्कृति यो अहिले पाल्पाली पहिचान बनेको जानकार बताउँछन् । नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाराधनालगायत शुभकार्य एवं धार्मिक […]

  • उमेर नपुग्दै भएको विवाहले सम्बन्धविच्छेद

    जाजरकोट, ४ वैशाख । घरेलु हिंसा सहन नसकेर यहाँका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन् । सम्बन्धविच्छेद गर्न आउनेमध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेका अदालतका नायव सुब्बा सर्वराज खत्रीले बताउनुभयो । “कम उमेरमा विवाह गर्ने र विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको […]

  • आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन हुने

    भक्तपुर, ४ जेठ । ख्वप कलेजले ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयमा दुईदिने राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ ३१ र ३२ गते उक्त सम्मेलन भक्तपुरमा हुने कलेजले जनाएको छ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलो पटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार […]

  • भक्तपुरमा पर्यटकको बसाइ लम्ब्याउने काम आवश्यक

    भक्तपुर, ४ जेठ । काठमाडौँबाट ३२ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट आकर्षक गन्तव्य भए पनि पर्यटनको माध्यमबाट अपेक्षित लाभ लिन सकेको छैन । राजधानीको निस्सासिँदो वातावरणबाट रमणीय क्षेत्रमा पुगेर आनन्द लिने इच्छा कसलाई पो नहोला । त्यसको लागि उपयुक्त गन्तव्य नगरकोट नै हो । रमणीय वातावरण, डाँडाकाँडा र त्यहाँबाट देखिने हिमशृङ्खलाका मनोरम दृश्यले जोकोही आगन्तुकलाई सहजै […]

  • पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन’ काठमाडौँमा

    काठमाडौँ, ४ जेठ । पदार्थ विज्ञान र नानोटेक्नोलोजीबारे अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०१९’ काठमाडौँमा आयोजना गरिने भएको छ । पोलिमर विश्व वैज्ञानिक सञ्जाल (प्रेसिडेन्ट प्रा. जन मार्ग साइटर) को आयोजनामा पाँच दिनसम्म हुने सम्मेलनमा २३ देशका १५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । “दिगो विकासका लागि पोलिमर’ […]

  • जनताको स्वास्थ्य सेवाको लागि नगरपालिका सक्रिय

    भक्तपुर, ४ जेठ । भनपा वडा नं. ४ स्वास्थ्य स्वयम्सेविका परिचालन समितिको संयोजन र सामुदायिक आँखा अस्पताल केन्द्र च्याम्हासिंगको प्राविधिक सहयोगमा शनिबार आँखा शिविर भयो । उक्त शिविरमा ३७६ जनाले आँखा परीक्षण गराएका थिए । त्यसमध्ये १३ जनाको मोतीबिन्दु र तीन जनाको आँखामा मासु पलाएकोले शल्यक्रिया गर्नुपर्ने बताइएको छ । आँखा शिविरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरलाई सफा, स्वच्छ […]