विशेष

  • उच्चपदस्थलाई विलासी गाडी सुविधा राज्यकोष रित्याउने खेल

    – सुरज सिंह देशमा संविधान निर्माण र कार्यान्वयनसँगै जनताका लागि शान्ति र समृद्धि आउने अपेक्षा पूरा हुने कुनै लक्षण नै छैन । तर, उच्चपदस्थहरूका लागि भने सुविधामाथि सुविधा धपिंदै राज्यकोषमा उच्च व्यतर लाद्ने खेल भइरहेका छन् । केही महिना अगाडिमात्र राष्ट्रपतिका लागि १८ करोड रुपैयाँ पर्ने विलासी गाडीको सेट किन्ने चर्चासँगै जनआक्रोश चुलिएको थियो । अहिले आएर सङ्घीय […]

  • कर्मचारी सङ्गठनको जमिनदारी

    मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक चिकित्सक प्रा.डा. ध्रुवराज अधिकारीको राजीनामा पत्र ‘भाइरल’ (ज्यादै चर्चित) बन्यो । देशकै सबभन्दा पुरानो सरकारी वीर अस्पतालका न्युरो सर्जरी एकाइका प्रमुख अधिकारीले स्वास्थ्यमन्त्रीलाई सम्बोधन गरेर सो पत्र लेखेका छन् । ‘पूर्वाग्रहसाथ दुःख दिएको र चाकडी र घूससमेत मागेअनुसार दिन अक्षम हुँदा राजीनामा दिएको’ उनको राजीनामा पत्रमा लेखिएको छ । नेपालको कर्मचारीतन्त्रमा व्याप्त विकृतिको सानो […]

  • स्टिङ्ग पत्रकारिता कि मोलमोलाइ ?

    खिलबहादुर भण्डारी एएस पनिरसेल्भन सन् २०१२ भारतीय पत्रिका ‘द हिन्दू’ मा रिडर्स एडिटर छन् । तीन दशकदेखि पत्रकारिता गरिरहेका यिनी समाचार सामग्रीमा भएका गल्ती पत्ता लगाउँछन्, भूलसुधार छाप्छन् र त्यसबारे टिप्पणी लेख्छन् । उनले नेपालबाट निस्कने एक दैनिकसँग वार्ता गर्दै भनेका छन् ः गल्ती सच्याउँदा मिडियाको विश्वसनीयता बढ्छ ।’ मान्छे कुनै मेसिन होइन, मेसिनले त जस्तो आकारमा ढाल्यो […]

  • छ वर्ष बित्दा पनि शव आएन

    भद्रपुर, ४ मंसिर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अर्बमा मृत्यु भएको ६ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । साउदी अरबमै २०६९ पुस ३० गते उहाँको मृत्यु भएको खबर आएको जेठा छोरा […]

  • सार्वजनिक सम्पति ध्वस्त बनाउनु आपराधिक काम

    – राजकुमार श्रेष्ठ चितवन, ४ मंसिर । गत कार्तिक २७ गते कृषि तथा वन विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरस्थित भवनमा आगजनी भयो । निजी कलेजहरूलाई सम्बन्धन दिएको विषयलाई लिएर आन्दोलनरत विद्यार्थी सङ्गठनहरूले आगजनी गरेका थिए । आगजनीले राज्यको लाखौंको सम्पति क्षति पु¥यायो । जनताबाट कर असुलेर निर्माण गरिएको विश्वविद्यालयको भवन क्षति हुनु दुर्भाग्य हो । आगजनीमा संलग्न विद्यार्थीलाई प्रहरी प्रशासनले गिरफ्तार […]

  • ‘विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग’

    जनकपुरधाम, ४ मंसिर (रासस) । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग गर्ने मानसिकताका कारण योजना कागजमै सीमित हुने गरेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोगद्वारा मङ्गलबार आयोजित प्रदेशस्तरीय योजना प्रणाली विषयक कार्यशाला गोष्ठी शुभारम्भका अवसरमा मन्त्री यादवले योजनाको अनुगमन तथा मूल्याङ्कन प्रभावकारी नभएकोले भ्रष्टाचारको बिगबिगी भएको प्रसङ्ग उल्लेख […]

  • फस्टाउँदो छ अल्लोको उद्यम

    –रामबहादुर थापा बागलुङ, ४ मंसिर । वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रवद्र्धनमा लागेको हो । अल्लोको धागो कातेर हस्तकलाका सामान बनाउने र बेच्ने काम समूहले गर्दै आएको छ । विसं २०७० मा बनेको समूहमा १४ जना महिला छन् । उद्यमी महिलाले अल्लोबाट कोट, स्वीटर, झोला, टोपी, […]

  • प्रजिअको नेतृत्वमा अरनिको राजमार्गको भक्तपुर खण्ड व्यवस्थापन गरिने

    भक्तपुर, ४ मंसिर । सडकको क्षमताभन्दा बढी गाडी गुडेकै कारण जाम भएको हो । काठमाडौंमा घर भत्काई सडक चौडा गरियो तर जाम यथावत छ । कोटेश्वरको जामबारे संसद्मा धेरै पटक उठाएका छौँ । जाम समाधान स्थानीय तहले मात्र होइन, सरकारले नै जिम्मेवारी लिएर समाधान गर्नु आवश्यक छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सडक जाम, अरनिको राजमार्गको व्यवस्थापन, […]