राजनीति

  • संसदमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको चर्चा

      काठमाडौँ, १६ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण कामदार वर्गलाई निजीकरण र शोषणको विरोधमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने आन्दोलन अघि बढाउन थप बल प्राप्त होस् भनी कामना गर्नुभयो । प्रतिनिधिसभाको चौथो अधिवेशनको पहिलो बैठकमा सांसद सुवालले भन्नुभयो, “कम्युनिस्ट सरकारले मजदुर र किसानको […]

  • प्रतिपक्षी आवाज बेवास्ता गर्दैछ सरकार

      काठमाडाँै, १६ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रतिपक्ष दलहरूले उठाएका मुद्दालाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ । आइतबार एभिन्युज टीभीको सकस राजनीति कार्यक्रममा सञ्चारकर्मी सुशील पाण्डेसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्दै उहाँले पशुलाई दाम्लोले बाँध्ने, मानिसलाई लाजले बाँध्नुपर्ने तर सरकारले लाजै पचाएर काम गरिरहेको धारणा राख्नुभयो । अध्यक्ष बिजुक्छेंले भागबण्डाको राजनीतिकै […]

  • स्पेनमा समाजवादी पार्टी ठूलाे दल, त्रिशंकु सरकार बन्दै

    म्याड्रिड, १६ बैशाख (रासस-एएफपी) – स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन । अति–दक्षिणपन्थी दलले यसपटक संसदमा प्रवेश पाएसँगै स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलतर्फ उन्मूख भएको छ । प्रधानमन्त्री सान्चेजले अरु साना दलसँग मिलेर […]

  • ‘मजदुर–किसान’ बारे अध्ययन गोष्ठी

    भक्तपुर, १५ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ तेस्रो उपत्यका क्याम्पस परिचालन सम्मेलन तयारी समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८ अङ्क २ पूर्णाङ्क २२ विषयक अध्ययन गोष्ठी शनिबार सम्पन्न भयो । गोष्ठीमा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले शासक दल सम्बद्ध विद्यार्थी सङ्गठनहरू विद्यार्थीको मुद्दामा केन्द्रित नभई ठेक्कापट्टा र गुण्डागर्डीमा लागेको कारण विद्यार्थी आन्दोलन […]

  • संरा अमेरिकी धम्की अति भयो–क्युवाली राष्ट्रपति

    हवाना, २८ अप्रिल । क्युवाका राष्ट्रपति मिगुएल डायज कानेलले संरा अमेरिकाले क्युवामा अस्थिरता ल्याउन ६० वर्षदेखि गर्दै आएको प्रयासको भत्र्सना गर्दै संरा अमेरिकी धम्की र चेतावनी अति भएको बताउनुभएको छ । “क्युवाली क्रान्तिमाथिको चेतावनी र धम्की अति भयो । उनीहरू न हिजो सफल भएका थिए, न आज सफल छन् न भोलि हुनेछन् ।” कानेलले भन्नुभयो । क्युवाली क्रान्तिपछि क्युवा सरकारले […]

  • काठमाडौँ नेमकिपाको समीक्षा

    काठमाडौँ, १५ वैशाख । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिले २०७६ सालको वार्षिक समीक्षा ग¥यो । चन्द्रागिरी नपा वडा नं. १२ बलम्बुमा जिल्ला समिति, नगर इन्चार्ज, वर्गीय र पेशागत सङ्गठनका पदाधिकारीहरूको उपस्थितिमा भएको समीक्षा बैठकमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ, नेपाल क्रान्तिकारी महिला सङ्घ, नेपाल क्रान्तिकारी युवा सङ्घ, नेपाल क्रान्तिकारी किसान सङ्घ, कानुन अध्ययन समाज, नेपाल क्रान्तिकारी […]

  • जनता सचेत बने राजनीतिमा गुण्डा र अपराधी नपस्ने

    भक्तपुर, १४ वैशाख । भक्तपुर नगरपालिका वडा नं. ७ वडा कार्यालयको गतिविधि तथा आगामी योजनाबारेमा जानकारी एवम् सुझाव सङ्कलन गर्ने उद्देश्यले स्थानीयहरूको भेला शनिबार सम्पन्न भयो । भेलामा भनपाका प्रमुख सुनिल प्रजापतिले जनता राजनीतिकरूपमा सचेत नभए राजनीति गुण्डा, चोर डाकालगायत अनैतिक र अपराधीहरूको नियन्त्रणमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र घटनाक्रमहरूबारे हामी जानकार हुनुपर्छ । […]

  • शासकको अकर्मण्यताले सीमा मिच्दै भारत

    भक्तपुर, १४ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद सुवालले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बनमाला टोलका जनतासँग शनिबार भेटघाट गर्नुभयो । भेटको क्रममा उहाँले बेलुका सुत्दा नेपाली, बिहान उठ्दा भारतीय हुनुपर्ने पीडा सीमा क्षेत्रका नेपाली जनताको रहेको चर्चा गर्नुभयो । “शासक दलहरूको अकर्मण्यताको कारण भारतले दिनदिनै नेपाली भूमि मिचेर सीमा क्षेत्रका नेपालीहरूलाई दुःख दिइरहेको […]