विशेष समाचार

  • ठडिने भयो लेनिनको सालिक

    मदुराई, २० नोभेम्बर । सन् २०१८ को मार्चमा भारतको त्रिपुरा राज्यको प्रदेशसभा चुनावमा त्यहाँका वामपन्थी मोर्चाले अनपेक्षित रुपमा पराजय भोग्नुप¥यो । वामपन्थी दलको पराजयपछि भारतीय जनता पार्टीका स्थानीय कार्यकर्ताले त्रिपुरामा वामपन्थी सरकारले स्थापना गरेको विश्व सर्वहारा वर्गका नेता लेनिनको सालिकमाथि आक्रमण गरेका थिए । उनीहरूले लेनिनको सो सालिकमाथि क्षति पु¥याएका थिए । त्यो घटनाले त्रिपुराका मात्र होइन, संसारकै कम्युनिष्ट […]

  • विदेशीसँग मागेर सुविधा भोग्नु जतिको छुद्र काम अरु हुन नसक्ने

    काठमाडांै, ४ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विदेशीसँग मागेर सुविधा भोग्नु जतिको छुद्र काम अरु हुन नसक्ने बताउनुभएको छ । मङ्गलबार बिहान रेडियो अन्नपूर्ण नेपालको मूलप्रवाह कार्यक्रममा पत्रकार ठाकुर बेलबासेसँग समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्ने सिलसिलामा उहाँले खराब सल्लाहकारहरूका कुरा सुनेर राष्ट्रपतिको लागि अठार करोड रुपैयाँको गाडी खरिद गर्नु ठीक नभएको […]

  • चिनीया राष्ट्रपति फिलिपिन्स भ्रमणमा

    मनिला, ४ मङ्सिर : फिलिपिन्सको राजकीय भ्रमणका सिलसिलामा चिनीया राष्ट्रपति सी जिनपिङ मङ्गलबार मनिला आइपुग्नुभएको छ । प्रशान्त क्षेत्रका राष्ट्रमाथि प्रभाव कायम राख्न प्रयत्नरत अमेरिका र चीनबीच सङ्घर्ष भइरहेका बेला राष्ट्रपति सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सन् २०१६ को चुनावबाट फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटर्टे निर्वाचित भएसँगै चीनलाई अप्रत्यासित साझेदार मित्रराष्ट्र प्राप्त भएको हो […]

  • जन्मको आधारमा नागरिकता वितरणको छानबिन गर्नुपर्ने

    प्रेम सुवाल नेपाल नागकिता ऐन, २०६३ को संशोधन विधेयक, २०७५ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । २०७५ मंसिर २ गतेको समिति बैठकमा यो विधेयक अघि बढाउने प्रक्रियाबारे छलफल भयो । साविक नागरिकता ऐनमा ‘कम्तीमा तीन जना नेपाली नागरिकता प्रमाणपत्र लिइसकेका व्यक्तिले सर्जमिनस्थलमै गरेको सनाखतअनुसार जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्ने’ प्रावधान छ । प्रस्तुत […]

  • इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरी भक्तपुरमा

    भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग इटहरी उपमहा–नगरपालिका सुनसरीका प्रमुख द्वारिकलाल चौधरीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार भेट ग¥यो । भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले देश र जनताको निःस्वार्थ सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको सिद्धान्तअनुसार स्थानीय जनतालाई परिचालन गरी नगर र नगरवासीहरूको सेवा गरिरहेको बताउनुभयो । भनपाले विकास निर्माण र सम्पदा संरक्षण कार्य उपभोक्ता […]

  • पुस्तकालयको बजेट कटौती बाहिरको किताब पढ्न नपाइने

    नयाँदिल्ली, १९ नोभेम्बर । भारतमा मोदी सरकार गठन यता समाचारमा लगातार आइरहने एउटा नाम बनेको छ–जवाहरलाल नेहरू विश्वविद्यालय अर्थात् जेएनयू । विशेषतः भारतको परराष्ट्र मामिलाको थिङ्क ट्याङ्क तयार गर्ने विश्वविद्यालयको रुपमा चिनिएको जेएनयू मोदीको हिन्दूवादी सरकार गठन भएयता लगातार सरकारी नीतिको प्रतिरोधको केन्द्रको रुपमा नाम आइरहने गरेको छ । अफजल गुरूको स्मृति कार्यक्रम गरेको भन्दै जेएनयूका विद्यार्थी नेताहरूमाथि […]

  • निर्वाचनको क्रान्तिकारी उपयोग ः लेनिनवादी नीति

    भक्तपुर, मंसिर ३ । “रुसमा मेन्शेविकहरू पुँजीवादी सरकारमा गएर राज्यकोष लुटपाट गरेजस्तै नेपालमा आफूलाई कम्युनिष्ट दाबी गर्न एमाले र माओवादी नेकपाको नाममा पुँजीवादी सरकारमा गएर राज्यको ढुकुटी दुरुपयोग गर्दै पञ्चायत र नेकाको पदचिह्नमा हिंडिरहेका छन् ।” नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले बाल विकास सेकेण्डरी स्कूलमा आयोजित १०१ औं अक्टोबर समाजवादी क्रान्ति दिवस कार्यक्रममा […]

  • चीन र अमेरिका विवादले घोषणापत्र जारी भएन

    पोर्ट मोर्सबी, पपुआ न्यू गिनी, २ मंसिर (एपी) । पपुआ न्यू गिनीमा विश्वका नेताको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ । गिनीको पोर्ट मोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुईदिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका […]