खेलकुद

  • त्रिभुवन आर्मी क्लब विजयी

    काठमाडौँ, १ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा आर्मीले च्यासल युथ क्लबलाई १–० गालले पराजित गर्दै अङ्क तालिकामा महत्वपूर्ण तीन अङ्क जोडेको छ । आर्मीको जितमा एकमात्र गोल खेलको २७औँ मिनेटमा विकास खवासले गरेका […]

  • धनगढी प्रिमियर लिग माघ १९ देखि

    काठमाडौँ, ३० कात्तिक ९रासस० ः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता […]

  • सफ्ट टेनिस टोली कोरिया प्रस्थान

    काठमाडौँ, ३० कात्तिक  ः तेस्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली आज दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ । मङ्सिर २ देखि १० गतेसम्म हुने प्रतियोगितामा छ पुरुष तथा चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष खेलाडीमा युकेश योञ्जन, रनिश तामाङ, आशिष बोहरा, वृजेश पाण्डे, शुभम् […]

  • राष्ट्रव्यापी मेयर कप बुद्धिचाल प्रतियोगिता हुने

    मध्यपुर थिमि, २९ कार्तिक । राष्ट्रव्यापी प्रथम मेयर कप बुद्धिचाल (चेस) प्रतियोगिता मंसिर ४ देखि मध्यपुर थिमिमा सुरु हुँदैछ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ र मध्यपुर चेस क्लवको संयुक्त आयोजनामा हुने राष्ट्रव्यापी प्रथम मेयर कप प्रतियोगिता मंसिर ४ गतेदेखि ८ गतेसम्म ऐतिहासिक नगरी मध्यपुर नपा ४ दुईपोखरीमा हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएक छ । […]

  • सांसद सुवालसित जिल्ला भलिबल सङ्घ कास्कीका पदाधिकारीद्वारा भेटघाट

    पोखरा, २८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालसित जिल्ला भलिबल सङ्घ कास्कीका पदाधिकारीहरूले बिहीबार भेटघाट गरेका छन् । जिल्ला भलिबल सङ्घ पोखराको आयोजनामा भएको उक्त कार्यक्रममा सांसद सुवालले खेल मित्रता, अनुशासन र सार्वभौमिकता रक्षाको लागि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘संविधानमा खेलकुदलाई अनिवार्य गराउन नेमकिपाले जोड दिएको हो । अन्तर्राष्ट्रिय जगतमा देशलाई […]

  • क्रिकेट खेलाडीलाई सम्मान

    कञ्चनपुर, २८ कात्तिक ः राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गर्नुभएको हो । खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भन्नुभयो, “प्रतिभावान् खेलाडीको […]

  • राखेपमा रिक्त तीन सदस्य नियुक्त

    काठमाडौँ, २७ कात्तिक  ः सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो । युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो […]

  • ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

    काठमाडौँ, २७ कात्तिक  : ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका […]