खेलकुद

  • नेपालले मलेसियालाई ठूलो अन्तरले हरायो

    काठमाडौँ, २ वैशाख । मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ । […]

  • आठौँ राष्ट्रिय खेलकूदः साइक्लिङमा आर्मीलाई स्वर्ण

    बाँके, २ वैशाख (रासस)ः आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री पुरुष साइक्लिङमा त्रिभुवन आर्मी च्याम्पियन बनेको छ । बैजनाथ गाउँपालिका– १ गाभरमा आज भएको सो प्रतियोगितामा आर्मीले एक स्वर्ण र एक रजत पदक जितेको छ । राष्ट्रिय साइक्लिङ खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीका ओकेशराज बज्राचार्यले स्वर्ण जितेका हुन् । बज्राचार्यले ४ दशमलव ६ किलोमिटरको पाँच ल्याप एक […]

  • फेन्सिङमा आर्मी च्याम्पियन

    नेपालगञ्ज, १ वैशाख । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा आर्मी टीम च्याम्पियन बनेको छ । ६ स्वर्ण, ४ रजत र ५ कास्य जित्दै आर्मी समग्रमा च्याम्पियन बनेको हो । दोस्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कास्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कास्यसाथ प्रदेश ३ ले तेस्रो स्थानमा चित्त बुझायो । प्रदेश १ ले […]

  • आठौँ राष्ट्रिय खेलकूद : टेबलटेनिस खेल सकियो

    घोराही, ३० चैत (रासस) : दाङमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगिताका आज सम्पन्न दुई खेलमा दुवै खेलमा नेपाल पुलिस क्लबले स्वर्ण र दुई रजत पदक जितेको छ भने एपिएफले दुई कास्य र त्रिभुवन आर्मी क्लबले दुई–दुई कास्य पदकमा चित्त बुझाएका छन् । आज भएको पुरुष एकल प्रतियोगितामा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठले स्वर्ण, […]

  • टेबलटेनिसमा विभागीय टिमको वर्चस्व

    घोराही, २९ चैत (रासस)ः दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा आज सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत […]

  • यू–१९ विश्वकप छनोट ः नेपालद्वारा सिङ्गापुर पराजित

    काठमाडौँ, २९ चैत (रासस)ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरमा नेपालले सिङ्गापुरलाई २८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभरमा सवै विकेट गुमाउँदै ६५ रन […]

  • महिला क्रिकेट लिग जेठमा

    काठमाडौँ, २८ चैत (रासस)ः यही चैत अन्तिमदेखि शुरु हुने तय भएको महिला क्रिकेट लिग आगामी जेठमा हुने भएको छ । आयोजक ‘क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालि’द्वारा आज जारी विज्ञप्ति अनुसार प्राविधिक कारणले प्रतियोगिता आगामी जेठमा सारिएको हो । अब उक्त प्रतियोगिता अगामी जेठ ३ देखि ११ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि उक्त प्रतियोगिता यही […]

  • आठौँ राष्ट्रिय खेलकूदः पहिलो स्वर्ण पुलिसलाई

    घोराही, २८ चैत (रासस)ः आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समुहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो । उक्त प्रतिस्पर्धामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले हराएको हो । सो स्पर्धामा पुलिस क्लबकी एलिना महर्जनले एपिएफ क्लबकी सेलिषा खड्गीलाई ३–२ […]