विचार

  • भक्तपुरको जुजु धौ र असार पन्ध्र

    -ओम धौभडेल आज असार १५, दही चिउरा खाने दिन । नेपाली समाजमा असार १५ सम्ममा रोपाईँ सकेको अर्थमा यसरी प्रत्येक वर्ष परिवार, आफन्त र साथीभाइ मिली दही–चिउरा खाने परम्परा छ । नेपालजस्तो कृषिप्रधान देशको लागि धान रोप्नु अति महत्वपूर्ण मानी असार १५ सम्ममा रोपाईँ सम्पन्न गर्ने परिपाटीअनुरुप यस दिन दही चिउरा खाने संस्कृति बसेको हो । रोपार्इँको क्रममा […]

  • आइन्स्टाइनको दैनिकीमा जातिवाद र अझै ज्यँदो जातिवाद

    – ल्यु यान विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सन् १९२० दशकको सुरूमा लेखेको यात्रा दैनिकीको श्रृङ्खला हालै भेटियो । संसार प्रसिद्ध वैज्ञानिकका ती दैनिकीमा निकै जातिवादी र विदेशीप्रति घृणाका भावना लेखिएको भेटियो । यो दैनिकी सार्वजनिक आएसँगै आइन्स्टाइन विश्वका मिडियामा फेरि फरक सन्दर्भमा छाएका छन् । उनले आफ्नो उक्त दैनिकीमा चिनियाँलाई ‘शारीरिक रुपमा परिश्रमी, फोहोरी, मन्दबुद्धि मानिस…उनीहरू फरक खालका […]

  • युवाहरूको जिम्मेवारी

    –किम जङ उन प्रजग कोरियाका सर्वाेच्च नेता किम जङ उनले किम इल सङ समाजवादी युवा लिगका प्रारम्भिक पदाधिकारीहरुको चौथों सम्मेलनमा दिनुभएको विचार कमरेड किम इल सङ र किम जोङ इलले युवाहरूलाई प्रेम गर्नुहुन्थ्यो र आफ्नो जीवनकालभर युवाहरूको साथमा सक्रिय रहनेमा ध्यान दिनुभयो । युवाबीच जाने, सङ्घर्षमा एकअर्कासँग दुःख–सुःख बाँड्दै कामरेडको व्यवहार गर्ने जस्ता क्रान्तिकारी क्रियाकलापहरू अगाडि […]

  • मुखको अर्बुद रोग

    -डा. रविभुषण सुवाल नाक, कान र घाँटी रोग विशेषज्ञ, भक्तपुर अस्पताल ओठ, गिजा, जिब्रोमुनिको भाग र मुखको अन्य भागहरूमा अनावश्यक कोष तन्तुहरूको अनियन्त्रित वृद्धि हुनु नै मुखको अर्बुद रोग हो । प्रकोप नेपालमा मुखको क्यान्सरको विकराल समस्या छ । प्रत्येक वर्ष यो रोगको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । मुखको क्यान्सरमा सबैभन्दा बढी जिब्रोको क्यान्सर हुने गर्दछ । यो […]

  • कृषिमा नवउदारवाद र विकल्प

    -सविन ख्याजू नवउदारवादको सिद्धान्तअनुसार नेपाल सरकारको अधिकांश आर्थिक नीति यसै अन्तर्गत अगाडि बढेको परिवेशमा कृषिमा कसरी प्रस्तुत भएको छ भन्ने बारे केहि छलफल यस लेखमा गर्न खोजिएको छ । विश्वको आर्थिक प्रगतिको शुरुवात कृषिबाट भएको हो । कृषिमा आधारित अर्थतन्त्रबाट विकसित भई औद्योगिक चरणमा विकास हुनु विश्वव्यापी नियम मानिन्छ । आर्थिक इतिहासलाई विभिन्न समयमा विभिन्न अर्थशास्त्रीशरूले अलग–अलग तरिकाले […]

  • नेकपाका अध्यक्षहरूलाई खुलापत्र – २

    -प्रधान प्रधानमन्त्री ओली र सहअध्यक्ष प्रचण्डजी, नेपालका प्रधानमन्त्रीको रूपमा ओलीको दोस्रो चीन भ्रमणले मूर्तरूप लिएकोमा चीनमा उहाँका तस्वीरहरूमा देखिएको खुसीका चहक हेर्ने अवसर पाएका सबै नेपाली गद्गद् भएका होलान्, जुन स्वाभाविक छ । त्यसभन्दा बढी व्यापक नेपाली जनता पूर्व प्रमहरू टड्ढप्रसाद आचार्य र बीपी कोइरालादेखि नै नेपाल र नेपाली जनतालाई सक्दो सहयोग गरी आएकोमा नेपालीहरू भित्री […]

  • देश खाद्यान्नमा परनिर्भर प्रतिवर्ष रू. १९ अर्बको खाद्यान्न आयात

    राजाराम कार्की काठमाडौं, ९ असार । कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् । नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । अहिले सरदर ५२÷५३ लाख मेट्रिक टन उत्पादन हुन्छ । उत्पादन गत वर्ष ४२ लाख मेट्रिक टनमा खुम्चन पुग्यो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । दुई छाक अनिवार्य नत्र तीनै छाक भात […]

  • नेपालमा रेलमार्ग परियोजनाले चीन र भारतलाई व्यापार सम्बन्धमा नजिक ल्याउनेछ

    हु विजिय चिनियाँ प्रधानमन्त्री ली खस्याङको आमन्त्रणमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओली म·लबारदेखि आइतबारसम्म चीनको औपचारिक भ्रमणमा छन् । ओलीको भ्रमणको क्रममा चीनको दक्षिणपश्चिमी तिब्बती स्वशासित क्षेत्रको केरुङदेखि नेपालको राजधानी काठमाण्डौसम्म रेलमार्ग जोड्ने जस्ता भौतिक पूर्वाधार निर्माण परियोजनामा सहकार्य गर्ने विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ । चीनले सन् २०१४ मा सिगात्सेसम्म रेलमार्ग सञ्जाल बिस्तार […]