भर्खरै :

नेमकिपाबारे केही लेख्नैपर्‍यो

नेमकिपाबारे विभिन्न भ्रमहरू अझै पनि व्याप्त रहेको छ । केही मित्रहरूले त्यही भ्रमलाई गोयबल्स शैलीमा प्रचार गरिरहेको देखेर त्यसलाई चिर्न आवश्यक ठानेर नै यो पत्र लेख्दैछु । पक्कै पनि २०४५ सालमा भक्तपुरमा ह्योजु काण्ड भएकै थियो । तत्कालीन राष्ट्रिय पञ्चायतमा नेमकिपाले देश र जनताको पक्षमा सशक्त सङ्घर्ष गरेको थियो । त्यही जनपक्षीय सङ्घर्षबाट तिरमिराएको पञ्चायती  सरकारले राज्यस्तरबाट षड्यन्त्र गरेर समूल पार्टीलाई नै निमिट्यान्न गर्न सो काण्ड मच्चाइएको थियो । तत्कालिन सरकारले रोहितलगायत दर्जनौ नेता, कार्यकर्तालाई फाँसीको माग गर्दा त्यसको विरुद्धमा कृष्णप्रसाद पन्त, कृष्णप्रसाद भण्डारी, मुकुन्द रेग्मी, दमननाथ ढुङ्गाना, विश्वकान्त मैनाली, ऋषिकेश शाह, बालकृष्ण न्यौपाने, मुक्ति प्रधान, शम्भु थापा, सिन्धुनाथ प्याकुरेल, सुवास नेम्वाङ, रामकृष्ण यादवलगायतका दुई दर्जन बढी अधिवक्ताहरूले मुद्दा लडेका थिए । त्यसको बारेमा थप कुरा सुबोध सिंजालीको ‘फाँसी दे’ भन्ने पुस्तक खोजेर पढ्ने जमर्काे गरे यसरी घामलाई हत्केलाले छेक्ने र झूटको पुलिन्दालाई सत्यमा बदल्ने कुचेष्टा गर्नुपर्ने थिएन होला ।
नेमकिपाबारे विभिन्न भ्रमहरू अझै पनि व्याप्त रहेको छ । केही मित्रहरूले त्यही भ्रमलाई गोयबल्स शैलीमा प्रचार गरिरहेको देखेर त्यसलाई चिर्न आवश्यक ठानेर नै यो पत्र लेख्दैछु । पक्कै पनि २०४५ सालमा भक्तपुरमा ह्योजु काण्ड भएकै थियो । तत्कालीन राष्ट्रिय पञ्चायतमा नेमकिपाले देश र जनताको पक्षमा सशक्त सङ्घर्ष गरेको थियो । त्यही जनपक्षीय सङ्घर्षबाट तिरमिराएको पञ्चायती  सरकारले राज्यस्तरबाट षड्यन्त्र गरेर समूल पार्टीलाई नै निमिट्यान्न गर्न सो काण्ड मच्चाइएको थियो । तत्कालिन सरकारले रोहितलगायत दर्जनौ नेता, कार्यकर्तालाई फाँसीको माग गर्दा त्यसको विरुद्धमा कृष्णप्रसाद पन्त, कृष्णप्रसाद भण्डारी, मुकुन्द रेग्मी, दमननाथ ढुङ्गाना, विश्वकान्त मैनाली, ऋषिकेश शाह, बालकृष्ण न्यौपाने, मुक्ति प्रधान, शम्भु थापा, सिन्धुनाथ प्याकुरेल, सुवास नेम्वाङ, रामकृष्ण यादवलगायतका दुई दर्जन बढी अधिवक्ताहरूले मुद्दा लडेका थिए । त्यसको बारेमा थप कुरा सुबोध सिंजालीको ‘फाँसी दे’ भन्ने पुस्तक खोजेर पढ्ने जमर्काे गरे यसरी घामलाई हत्केलाले छेक्ने र झूटको पुलिन्दालाई सत्यमा बदल्ने कुचेष्टा गर्नुपर्ने थिएन होला । जहाँसम्म नेमकिपालाई शाही कम्युनिष्ट पार्टी भनिएको छ । यसको सबभन्दा सरल जवाफ हो यदि त्यसो हो भने शाही सरकारले किन ह्योजु काण्डको षड्यन्त्र गराउनुप¥यो ? ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिने बेलामा किन रोहितलाई नजरबन्द गर्नुप¥यो ? २०३६ सालको जनमतसङ्ग्रहलाई उपयोग गरौं भनेर नेमकिपाले भन्दाखेरि अरु लोकतान्त्रिक र कम्युनिष्ट भनिएका पार्टीहरू सुतेरै बसेका थिए ।
प्रतिगमनको बेला लोकतान्त्रिक आन्दोलनलाई नेमकिपाले निभ्न नदिई अगाडि बढिरहेको बेला ठूला दलका ठूला नेताहरू आन्दोलनलाई चिहानमा बिसाई नारायणहिटीको दैलोमा गएर शाही आवेदन फाराम भर्दै प्रधानमन्त्रीको लागि भिक्षा मागिरहेको कुरा इतिहासमा कर्तुतको रुपमा अङ्कित भइसकेको कुरा सर्वविदित नै छ । २०६२÷०६३ को आन्दोलनको बेला  भक्तपुर सुतिरहेको थिएन, जाग्दै थियो र देशलाई उठ्न आह्वान गर्दै थियो । सायद सुतिरहेका व्यक्तिले आन्दोलनको नाराबाजी नसुनेको हुनुपर्छ । नभए भक्तपुरका केटाकेटीदेखि बुढाबुढीलाई मात्र पनि सोधेको खण्डमा आफ्नो तथ्यहिन अनुसन्धानलाई निचोडमा पु¥याउन सकिने थियो होला कि ।
आज देशमा राजतन्त्र हटिसकेको छ तर सामन्ती संस्कारले रोपेका बनमाराहरू झन् झाँगिदै छन् । समाजवादका खाका कोरेर नथाक्ने पदलोलुप नेता, मन्त्री र प्रधानमन्त्रीहरूले समाजवाद त परै जाओस् स्वदेशी पूँजीवादलाई समेत मजबुट बनाउन सकिरहेका छैनन् । त्यसैले एकजना राजा हटेर के भो सयौं राजा, डन, गुण्डा, मानवतस्करी, भ्रष्ट्राचारी जन्मिसकेका छन् । हिजो बलभद्र कुँवर, भीमसेन थापाहरू देश जोगाउन लडेका थिए तर आज हाम्रा नेताहरू देश बेच्न तँभन्दा म के कम भनेर लेण्डुपको बिंडो थाम्न तँछाडमछाड गरिरहेका छन् । नेमकिपाका कार्यकर्तालाई हिजोकै अनपढ, ‘कुवाको भ्यागुतो’, ‘ज्यापू’ र फोहोरी बनाएर राख्नेहरू त तत्कालीन शासकहरू हुन् । ज्यापु र किसानका छोराछोरीमाथि राज गर्न नसकिने भएपछि तिर्मिराएकाहरूप्रति दया लागेर आउँछ । त्यही ख्वप कलेज आज तिनीहरूको लागि तारो बनेको छ । जनतालाई अनपढ नै बनाउने भए किन खोल्नुपथ्र्यो  ख्वप कलेज ?  अरु कुनै दलले आफ्ना लालकिल्ला, आधार क्षेत्रमा त्यस्तो कलेज खोलेर जनतालाई शिक्षित बनाउने साहस गर्नसक्छ ? अझ अलिकतिमात्र पनि ठूला दलका नेताहरू जनताप्रति उत्तरदायी हुने हो भने मेडिकल कलेजका माफियाहरूले ३५देखि ५० लाखसम्म लिएर डाक्टरी पढाइरहेको अवस्थामा ख्वप विश्वविद्यालयमा १५ लाखमै दक्ष डाक्टर बनाइदिन्छु भन्दा एकमतले त्यो विश्वविद्यालयको बिधेयक पास गरिदिनुपर्ने हो । तर त्यसलाई त्यतिकै रद्दिको टोकरीमा फालिदियो । त्यसैगरी नेमकिपाले  जानेबुझेकालाई  पाखा लगाउने हो भने त त्यत्रा पुराना नेता कायकर्ता भएको पार्टीले  किन नयाँ पुस्तालाई अवसर दिनुप¥यो र ? साथै भक्तपुर नपा जस्तो स्थानीय तहलाई नेपाल सरकारले कहिलेदेखि कर्मचारी भर्ति गर्न दिइयो ? त्यसो हो भने अब  लोकसेवा आयोगको के काम रह्यो र ?  तर्क गर्नु बुद्धिमानी हो भने कुतर्क गर्नु मूर्खता हो । वैचारिक आवरणमा बसेर बहस गर्न सकिन्छ तर आधारहीन आरोप र लाञ्छना लगाउनु भनेको  विचारबाट स्खलित भएर अहँ र तुष्टिमात्र पोख्नु हो । त्यसैले जानेर बुझेरमात्र आरोप लगाउन उचित हुन्छ कि । सही कुरालाई सही र गलत कुरालाई गलत भन्न सक्ने साहस अब हरेक जनताले गर्न सक्नुपर्छ । नत्र इतिहासले हामीलाई पक्कै पनि धिक्कार्नेछ ।
–श्यामकृष्ण खुलिमुली, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *