भर्खरै :

समाचारमै तथ्यको बङ्ग्याइतिङ्ग्याइ किन ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको र त्यसको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणाम आइसकेको छ । निर्वाचन परिणामबाहेक समाचार विभिन्न सञ्चारमाध्यमहरूले आ–आफ्नै तरिकाले प्रस्तुत गर्नु स्वाभाविकै मान्न सकिन्छ तर तथ्य नै बङ्ग्याउनु भने सही होइन । निजी टेलिभिजन च्यानल र सञ्चारमाध्यम त विभिन्न पक्षबाट प्रभावित छन् पनि भन्न सकिएला तर नेपाल राज्यको ढुकुटीले चलेको नेपाल टेलिभिजनमा पनि त्यस्तो भएको देख्दा त्यसलाई गैरजिम्मेवारीपन भन्न कर लाग्यो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको र त्यसको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको परिणाम आइसकेको छ । निर्वाचन परिणामबाहेक समाचार विभिन्न सञ्चारमाध्यमहरूले आ–आफ्नै तरिकाले प्रस्तुत गर्नु स्वाभाविकै मान्न सकिन्छ तर तथ्य नै बङ्ग्याउनु भने सही होइन । निजी टेलिभिजन च्यानल र सञ्चारमाध्यम त विभिन्न पक्षबाट प्रभावित छन् पनि भन्न सकिएला तर नेपाल राज्यको ढुकुटीले चलेको नेपाल टेलिभिजनमा पनि त्यस्तो भएको देख्दा त्यसलाई गैरजिम्मेवारीपन भन्न कर लाग्यो । नेपाल टेलिभिजनको निर्वाचन सरोकार कार्यक्रमको समाचार बुलेटिनमा नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा सदस्य एक जनाबाहेक बढी जित्न सकेन भनियो ।  तथ्य जगजाहेर छ नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नं. १ बाट पार्टी सचिव प्रेम सुवाल प्रतिनिधिसभा सदस्यमा र सुरेन्द्रराज गोसाई प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । सोही कार्यक्रममा पार्टीहरूले प्राप्त गरेको समानुपातिक मतबारे जानकारी दिंदा ४, ५ वटा पार्टीले प्राप्त गरेको मत सङ्ख्यामात्र बताइयो । अन्य पार्टीहरूले प्राप्त गरेको मत बताइएन । के ठूला पार्टीले प्राप्त गरेको मतमात्र मत र नेमकिपाजस्ता पार्टीहरूले प्राप्त गरेका लाखौं र हजारौं मत मत नै होइनन् ? के देशको राज्यकोष भर्न ठूला पार्टी समर्थकले मात्र राजश्व तिर्ने र अरुले नतिर्ने हो र ? त्यही कोषबाट तलब सुविधा पाइरहेकाहरू निष्पक्ष हुनुपर्ने र कम्तीमा तथ्य बङ्ग्याइतिङ्ग्याइ गर्ने कामबाट मुक्त हुनुपर्ने होइन र ? सम्बन्धित सबैको ध्यानाकर्षण होस् ।
–पाण्डव सुवाल, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *