भर्खरै :

पशुले तरकारी बाली खाएर नष्ट

भक्तपुरमा भएका अनेक अभियानहरूमध्ये साँढे धपाउने अभियान पनि एक हो । भर्पाइ अभियान, मोहियानी हक जोगाउने अभियान, बाली काट्ने अभियान गरेर नेक्राकिसङ्घका अग्रजहरूले धेरै किसानहरूको जग्गा जोगाएका थिए । नेक्राकिसङ्घका अग्रज नेता तथा कार्यकर्ताहरूको सङ्घर्षले नै वास्तवमा मोहियानी हक जोगिएको हो, मोहियानी हक भएरै आज आधा–आधा हक कायम भएको हो । नेक्राकिसङ्घले चलाएको यो सङ्घर्षको कारण किसानहरूको जग्गा सुरक्षित भएको हो, नेक्राकिसङ्घको कारण किसानहरूले जग्गामा हक पाएका हुन् । यो किसान सङ्घले सङ्घर्ष गर्दाको फल हो । त्यतिबेला साँढे धपाउने आन्दोलन सफल भयो । सङ्घको त्यस कदमको किसानहरूले स्वागत गरे । तर पनि बाछा या बहर छाड्ने काम अहिले पनि भइरहेको छ । गाइले बाछा जन्माएर हिंड्न थालेदेखि आफ्नो स्थानबाट परसम्म हिंडाएर छोड्ने कामले आज ती बाछाहरू किसानहरूको खेतबारीमा जहाँतहीं पसिरहेको पाइन्छ । साना–ठूला बाछाले किसानहरूको बाली खाएर क्षति पु¥याइरहेका छन् । बालीभित्र पसेर रायो, सागदेखि काउली, बन्दाजस्ता तरकारीमात्र होइन गहुँ बाली खाएर नष्ट भइरहेको छ ।  जहाँतही बाछा पसेर तरकारी र कृषि बाली नष्ट भएको कारण किसानहरू आक्रोशित छन् । गाईपालकहरू बाछा जन्मेपछि पाल्दैनन् । पहिलेपहिले बाछालाई खेत जोत्न गोरुको रुपमा प्रयोग गथ्र्याे । आजभोलि त्यो चलन घट्दै गएको छ । गोरु जोत्ने काम भए पनि सबै बाछाहरू प्रयोग गर्दैदनन् । त्यसकारण गाईपालक बाछाले अलि ठूलो भएपछि अन्यत्रै लगेर छोडने गरेको पाइन्छ । लगाइएको तरकारी बाली एकचोटि खाएपछि त्यो कामै लाग्दैन । मकै, भटमास, धानको बीउ खाएर पनि किसानहरू मर्कामा परेका छन् । अनियन्त्रित रुपमा छाडेका बाछाहरूलाई कहाँ धपाउने ? फेरि धपाएरै के गर्ने । आखिर बाछाहरू एउटा फाँटबाट अर्र्को फाँटमा पसेर बालीनाली खाएर नष्ट गरिदिन्छ ।
–गौरव प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *