भर्खरै :

केही प्रश्न, का.रोहितका उत्तर

पार्टीमा आएकाहरू किन पार्टी छोड्छन् ?
नेपाल मजदुर किसान पार्टी समाजमा आमुल परिवर्तन गर्ने उद्देश्यले निर्माण भएको नेपालको एक राजनैतिक दल हो । आमुल परिवर्तनको उद्देश्यबारे व्यापक जनतालाई शिक्षित र संगठित नगरी, हतार–हतारमा चुनावबाट विजय भएको पार्टी र सरकारले समाजको आमुल परिवर्तन गर्न सक्दैन । ५ वर्ष वा १० वर्षको मेहनतले ात्र व्यापक कामदार जनतालाई वर्गीय, राजनैतिक र क्रान्तिकारी समाजको बारेमा शिक्षित र संगठित गर्न सकिंदैन ।
केही राजनैतिक दलहरूले पैसा खर्च गरेर, ठेकेदार, तस्कर, घर–जग्गाका दलालहरू, कालाबजारी, शोषक, गुण्डा र कर चोरहरूको समर्थन र सहयोगमा चुनाव जित्नासाथ देशलाई रातारात ‘स्वर्ग’ बनाइ दिने ठगी गर्दैछन् । छिमेकी भारतमा स्वतनत्रताको ७० वर्षपछि पनि यस्तै आश्वासन दिएर हरेक ४–५ वर्षमा जनतालाई झुक्याउँदै र ठग्दै निर्वाचन जित्छन् । तर भारतमा झन् झन् भ्रष्टाचार बढ्दैछ, निर्वाचित राज्यसभा, संसद र स्थानीय निकायका सदस्यहरूमध्ये ५२–५३ प्रतिशत अपराधका मुद्दा खेपेका वा मुजरिम छन् । आधा भारतीय जनता एक छाक मात्रै खान्छन्, घर घरमा चर्पी छैन, वर्षको लाखौं किसान जनता ऋण तिर्न नसकेर आत्महत्या गर्छन्, बेरोजगारी, दहेज प्रथा र अन्य सामाजिक कारणले वर्षको लाखौं जनता आत्महत्या, हिंसा र भोकमरीबाट पीडित छन् । दलहरूले चुनाव जित्छन्, सांसद बन्छन्, मन्त्री हुन्छन्, सरकार बनाउँछन् तर जनताको समस्या ज्यूँका त्यूँ छन् ।
नेपालको वर्तमान पूँजीवादी गणतन्त्र भारतकै नक्कल हो । यसकारण ५–१० वर्ष त के प्रजातन्त्र र गणतन्त्रको २५ वर्षसम्म पनि नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसवादी दलहरू र राप्रपाका सरकारहरूले केही गर्न सकेनन् । समाजको आमुल पविर्तनको निम्ति गाउँ र वडादेखिका कामदार जनतालाई पूँजीवाद, क्रान्ति र समाजवादको सैद्धान्तिक ज्ञान र विभिन्न देशका समाजवादी क्रान्तिहरूबारे शिक्षित गर्नु आवश्यक छ । तर केही मानिसहरू नेमकिपालाई अरु पूँजीवादी दलहरूसरह नै ठानेर पार्टीमा दाखिल हुन्छन् । पूँजीवादी दलहरूले तिनीहरूलाई पद र पैसा दिने लोभ–लालचमा फसाउँछन्  र नेमकिपा छोड्छन् । पद र पैसाको लोभमा फसेका केही मानिसहरू नेमकिपा छोडी सांसद, मन्त्री र अनेक पद र पैसा कमाउने ठाउँमा पुगे, गलत संगतको कारण रक्सी खाए, जुवा र नराम्रा कुलतहरूमा लागे र दुःखद् मृत्यु भोगे ।
यसरी नेमकिपामा लागेका केही मानिस पूँजीवादी पदको हाहामा लागेर एकपछि अर्को अपराध गर्न पुगे र पश्चातापको पीडा सहेर जिउँदै लाश बनेका छन् । माथिल्ला पद पाउने, पैसा कमाउने अवसर पाउने उद्देश्यले नेमकिपामा आएकाहरू आ–आफ्नो पूँजीवादी महत्वाकांक्षा पूरा नहुने देखेपछि समाजमा आमुल परिवर्तनको उद्देश्य छोडेर स–साना पूँजीवादी उद्देश्यको निम्ति पूँजीवादी राजनैतिक दलहरूको स्वार्थी जालमा पर्छन् र जीवनभर पछुताउँछन् ।
पार्टीले आशा, लाभ र अपेक्षा किन दिन सकेन ?
नेमकिपा पूँजीवादी विचार र व्यवस्थाको विरोधमा कामदार वर्गको शासन व्यवस्था अर्थँत् समाजवाद र राज्यविहीन समाज (साम्यवाद) को सिद्धान्त बोकेको माक्र्सवादी–लेनिनवादी विचार बोकेको एक राजनैतिक दल हो । नेमकिपाले बोक्ने विचार र नीति निर्माणले नेमकिपाको एक एक जना कार्यकर्ताको तत्कालीन व्यक्तिगत हित, आशा र आकँंक्षालाई पूरा गराउने उद्देश्य राख्दैन बरु नेमकिपाले अंगीकार गरेको हरक विचार र नीतिको कार्यान्वयनले देशका सबै जनता, नेमकिपाका सदस्य, समर्थक र शुभचिन्तकहरूको पनि हित सुनिश्चित हुन्छ ।
यसकारण नेमकिपाले आफ्नै कार्यकर्ताको निम्ति अलग माग र नीतिलाई अगाडि सार्दैन, बरु देशका सबै युवा–विद्यार्थी, किसान, मजदुर, बुद्धिजीवी, राष्ट्रिय पूँजीपति वर्गको हित हुने नीतिलाई अगाडि सार्छ । नेमकिपाका सबै कार्यकर्ताहरू व्यापक दृष्टिकोण लिएर देश र जनताप्रति समर्पित हुन्छन् र हुनुपर्छ । राजनैतिक दर्शनमा आधारित आदर्श समाजको निर्माण एक दीर्घकालीन सोच र योजना हो । नेमकिपाका हरेक असल कार्यकर्ताले आफूलाई त्यस सोच र योजनाको एक सक्रिय सदस्यको रुपमा हेर्ने बानी बसाल्ने गर्छ । व्यक्तिगत इच्छा, आकांक्षा र हितलाई व्यापक जनताको हितसँग जोड्नु नै त्यस आदर्श समाजको संस्कृति हुनेछ ।
अरु पार्टीले त्यस्तो आशा दिएकोले उतैतिर लाग्यो कि ?
पूँजीवादी राजनैतिक पार्टीले देशको शासक सत्ता, संसद र देशलाई शोषक वर्गको हितको निम्ति जनताको शोषण गर्न साधारण जनता र कामदार वर्गलाई साता–तिना आशा देखाउँछन् र चारा फाल्छन् तथा थोरै ज्याला दिएर धेरै नाफा कुम्ल्याउँछ । निर्वाचनमा पूँजीवादी राजनैतिक दलहरूले ठेकेदार, कालाबजारी, कर–चोर, तस्कर, वनमारा, भ्रष्टाचार, घर–जग्गाका दलाल, म्यानपावर कम्पनीका मालिक, विदेशी पूँजीका दलाल आदिबाट मोटा मोटा रकम लिन्छन् र संसदबाट तिनीहरूकै हितको ऐन–कानुन बनाउँछन्, स्वयम्कर निर्धारण, सम्पत्ति शुद्धीकरण ऐन आदि यसका उदाहरण हुन् ।
माथि उल्लेख गरिएका यस्ता विषयका ऐन–कानुन बनाएर पूँजीवादी दलहरूले १०–२० वर्ष पहिले नै ठेक्का र रकम लिएका ठेकेदारहरूलाई लागत मूल्य बढाई रकम बढाउने, छुट दिने, डोकाका प्वालहरूजस्ता छिदै्र छिद्र भएका ऐन–कानुन बनाएर देश र जनताका विरोधी व्यापारी, उद्योगपति र अपराधीहरूलाई छुट दिने वा सा¥है कम सजाय दिने ऐन–कानुन बनाएर पछि पनि बनाउनेछन् । ती नै ऐन–कानुनका छिद्रहरूको फाइदा उठाएर ती सबै आर्थिक अपराधीहरूको तर्फबाट पूँजीवादी दलका कार्यकर्ताहरूले अनेक लाभ पाउँछन् ।
त्यसको अर्थ हो – आर्थिक अपराधीहरूले नै पूँजीवादी नेताहरूबाट नयाँ नयाँ कार्यकर्तालाई देखाएको आशालाई पूरा गर्न अपराधबाट आएका पापको २–४ प्रतिशत ‘दान–दक्षिणा’ दिन्छन् वा त्यही रकम कार्यकर्ताहरूको हातमा पुग्छन् । यसरी सरल युवाहरूलाई भ्रष्टाचार र शोषणको पापको भारी बोकाउँछन् । धेरै लोभी वा सरल युवाहरू दिएको विश्वास र आशाको भरमा पूँजीवादी दलहरूतिर निर्वाचनमा सजिलै फस्छन् ।
२०७० सालमा पार्टीमा सामेल भएका कार्यकर्ताले २०७४ सालमा संगठन नफैलिएको गुनासो गर्छन् । ७७ वटै जिल्लामा संगठन विकास गर्नुपर्ने भएन भन्ने प्रश्न गर्छन् । संगठन फैलाउन ढिलो भयो, छिटो फैलाउन के गर्नुपर्ला ?
२०७० देखि २०७४ साल अर्थात् ४–५ वर्षमा एक कक्षाका विद्यार्थी ५–६ कक्षामा मात्रै पुग्छ । व्यक्तिको निम्ति ४–५ वर्ष भनेको लामो जस्तो लागे पनि देशको र जनताको निम्ति ४–५ वर्ष भनेको एक निर्वाचन अवधि हुने गर्छ । २५ वर्षसम्म शासन गर्ने नेका, एमाले, माओवादी, मधेसवादी दलहरू र राप्रपाहरूले जनतालाई दिएको आशा र आश्वासन पूरा गर्ने काम केही गरेनन् । तिनीहरूले खाली व्वासाले शिकार गरेका भागहरू झगडागरेर खाएजस्तै मात्रै गरे ।

दर्खास्त दिंदैमा नेमकिपाले पार्टी सदस्यता दिने गर्दैन बरु परीक्षणकालमा राखेर देश र जनताको सेवामा समर्पित हुने बानी बसाल्छ । त्यस्ता उम्मेद्वार सदस्य कुनै एउटा समितिमा आबद्ध गराइनेछ र ती उम्मेद्वार सदस्यले पूर्ण सदस्यता नपाएसम्म पार्टी समितिमा छलफलमा भाग लिन पाउँछ तर मत दिन पाउनेछैन । यसरी एक एक पाइला गर्दै पार्टी विकास हुन्छ । पानी उमाल्दा सुरुमा समय लाग्छ, स–साना पानीका फोकाहरू बढ्दै गएपछि डेक्चीभरिको पानी छिट्टै उम्लिन्छ भनेजस्तै नेमकिपाको पार्टी संगठन एक समयमा ७७ वटै जिल्लामा पार्टीको संगठन गर्न सफल हुनेछ ।

 
पूँजीवादी दलका नेताहरू मन्त्री भए र ती नै शिकारलाई भागबण्डा गरी खाए । तिनीहरूका बहुमत कार्यकर्तँ अर्को निर्वाचन नआएसम्म आशै आशामा हेरेर बस्छन् । तर ती शासक दलले आफ्ना जिल्लाका संगठन चलाउन वर्षमा करोड होइन अरबौं लगानी गर्छन् । त्यो रकम शासक दलले ठेकेदार, भ्रष्ट कर्मचारी, कालाबजारी, अपराध, घर–जग्गाका दलाल, तस्कर आदिबाट असुल गर्छन् । हरेक जिल्लाको शोषणबाट जम्मा पारेको रकमको ५–१० प्रतिशत त्यही जिल्ला पार्टीमा खर्च गर्छन् । त्यही रकमले अन्य जिल्लामा पार्टी विकासमा पनि खर्च गर्छन् ।
टनकपुरदेखि महाकाली सन्धीसम्म, माथिल्लो कर्णालीदेखि अन्य विदेशी लगानीको अरबौं अरब रकमले तिनीहरू ७७ जिल्लामा पार्टी गतिविधि गर्छन् । तर नेमकिपाले किसान, मजदुर, युवा–विद्यार्थी, बुद्धिजीवी र व्यापक जनताबाट प्राप्त चन्दाबाट पूँजीवादी व्यवस्थाको विरोधमा समाजवादको पक्षमा पत्र–पत्रिका र अन्य प्रकाशनहरू छाप्छ, वितरण गर्छ, बेच्छ र अन्तरक्रिया मार्फत् नयाँ र पुराना कार्यकर्तँ, समर्थक र शुभचिन्तकहरूलाई राजनैतिक रुपले शिक्षित गर्छ ।
पार्टी सिद्धान्तबाट शिक्षित नवआगन्तुक कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गर्छ । नेमकिपाको शुभचिन्तक, समर्थक र पार्टीमा वर्गीय संगठनका सदस्यहरू, पेशागत संगठनका समर्थकलाई एक एक पाइला गर्दै शिक्षित गरेपछि पार्टीमा प्रवेश गराउनेछ । यसरी वर्ष–वर्षका राजनैतिक तालिम, गतिविधि र जनताको सेवापछि मात्रै जिल्ला–जिल्लामा पार्टी संगठनको घोषणा गर्छौं ।
दर्खास्त दिंदैमा नेमकिपाले पार्टी सदस्यता दिने गर्दैन बरु परीक्षणकालमा राखेर देश र जनताको सेवामा समर्पित हुने बानी बसाल्छ । त्यस्ता उम्मेद्वार सदस्य कुनै एउटा समितिमा आबद्ध गराइनेछ र ती उम्मेद्वार सदस्यले पूर्ण सदस्यता नपाएसम्म पार्टी समितिमा छलफलमा भाग लिन पाउँछ तर मत दिन पाउनेछैन । यसरी एक एक पाइला गर्दै पार्टी विकास हुन्छ । पानी उमाल्दा सुरुमा समय लाग्छ, स–साना पानीका फोकाहरू बढ्दै गएपछि डेक्चीभरिको पानी छिट्टै उम्लिन्छ भनेजस्तै नेमकिपाको पार्टी संगठन एक समयमा ७७ वटै जिल्लामा पार्टीको संगठन गर्न सफल हुनेछ ।
अहिले मानिस छिट्टै प्रतिफल चाहन्छन्, कसरी सम्झाउने ?
मानिसहरू छिट्टै प्रतिफल चाहे पनि धान छरेको भोलि पल्टै वा धान रोपेको भोलिपल्टै फल प्राप्त हुन्छ भन्ने होइन । छिट्टै फल प्राप्त गर्ने इच्छा गर्नु सरल मानिसको स्वभाव हो  । चिया बसाल्नासाथै चिया उम्लन्न भन्नेबारे युवाहरूलाई सचेत पार्नु आवश्यक छ । नेमकिपाका कार्यकर्ताहरूले आ–आफ्नो जिल्ला, गाउँ, नगर र वडाका नयाँ समर्थकहरूलाई देश–विदेशका देशभक्त र क्रान्तिकारीहरूको जीवनीबाट सिक्ने र प्रेरित हुने कक्षा सञ्चालनहरू गर्नु आवश्यक छ । भौतिकवादी र आध्यत्मवादी दर्शनबारे, बाँदरदेखि मानिसको विकास, समाजको विकास, दास युग र दास विद्रोहहरू सामन्तवाद र किसान विद्रोहहरू, पूँजीवादी क्रान्ति र मजदुर आन्दोलनहरू, साम्राज्यवाद र उपनिवेशवादको उत्थान र मजदुर आन्दोलनहरू, साम्राज्यवाद र उपनिवेशवादको उत्थान र पतन, समाजवादी क्रान्ति र पूँजीवादको पुनःस्थापनाको सम्भावनाको विरोधमा संघर्ष तथा साम्यवादी समाजको संक्रमण कालको विषयमा पनि कक्षा सञ्चालन र छलफलबाट कार्यकर्ताहरूलाई नेमकिपाले शिक्षित गर्नेछ र देश एवम् जनताको सेवामा व्यवहारिक संघर्षमा पनि सामेल गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *