भर्खरै :

आर्थिक द्वन्द्व वा राजनीतिक खेल ?

इरानमा हालै भएको आन्दोलनका कारण, प्रभाव र परिणामबारे लु चिनको विश्लेषण
सन् २०१७ लाई बिदा दिने समयमा मध्यपूर्वी देश इरानमा ठूलो आकारको सरकारविरोधी प्रदर्शन चर्कियो । सरकारले गरेको मूल्यवृद्धिको विरोधमा इरानकै दोस्रो ठूलो शहर मशहादबाट आन्दोलनको शुरुवात भएको थियो । त्यही आन्दोलनको आगो तत्कालै इरानका अन्य शहरमा पनि फैलियो । सामाजिक सञ्जालले आन्दोलनको फिलिङ्गो छोटो समयमा देशभर फैलाउन ठूलो भूमिका खेल्यो । कालान्तरमा आन्दोलनले राजनीतिक रुप लियो । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको राजीनामा माग गर्दै आन्दोलनमा सहभागी बन्ने मानिसको सङ्ख्या क्रमशः बढ्न थाल्यो । इरानको गुप्तचर विभागले अस्थिरता फैलाउनमा ‘विदेशी शक्ति’को भूमिका भएको घोषणा ग¥यो । ठूलो सङ्ख्यामा प्रदर्शनकारीलाई पक्राउ गरियो ।
आन्दोलन शुरु भएको एक सातापश्चात त्यसलाई दबाइयो र स्थितिलाई नियन्त्रणमा लिइयो । विरोध प्रदर्शन चर्काउन संरा अमेरिका, इजरायल र साउदी अरबलगायत विदेशी शक्तिको भूमिका भएको भन्दै इरानको सुरक्षा निकाय इरानी इस्लामिक क्रान्तिकारी रक्षक दल(आईआरजीसी)ले भत्र्सना गरे तापनि त्यसको शुरुवात वास्तवमै सामान्य थिएन बरु बहुआयामिक थियो ।
 राजनीतिक खेमा
शुरुमा मूल्यवृद्धि र उच्च मुद्रास्फीतिको विरोधमा मशहाद शहरका सडकमा प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरेका थिए । त्यो अवस्थालाई अनुदारपन्थीहरुले राष्ट्रपति हस्सन रोहानीप्रति असन्तोष पोख्ने अवसरको रुपमा मौका छोपे । राष्ट्रपतिले जनजीवन र बजेट तथा आर्थिक नीति कार्यान्वयनको सन्दर्भमा पर्वाह नगरेकाले जनतामा असन्तोष व्याप्त भएको अनुदारपन्थीहरुको आरोप थियो ।
अर्कोतिर विरोध प्रदर्शन रोहानी सरकारलाई कमजोर बनाउन कट्टर अनुदारपन्थीहरुले गराएको षड्यन्त्र भएको सुधारवादीहरुको भनाई थियो । मशहाद शिया धर्मावलम्बीहरुको शहर हो । त्यसलाई अनुदारपन्थीहरुको बलियो आधार मानिन्छ । पर्यटनबाट हुने मनग्य आम्दानीका कारण यो शहरको बन्दोबस्त र आर्थिक अवस्था निकै राम्रो मानिन्छ । इरान सरकारले पोशाकसम्बन्धि इस्लामिक नियम उल्लंघन गर्ने महिलालाई गिरफ्तार नगर्ने योजना घोषणा गरेको केही समयान्तरमा विरोध प्रदर्शन उठेको थियो । इरानी समाज र राजनीतिका अनुदारपन्थीहरुलाई रोहानी सरकारको यो कदम चित्त बुझेको थिएन । राष्ट्रपति रोहानीका सहयोगी इशक जहाँगिरीको दाबीअनुसार आर्थिक मुद्दा ‘देखाउने दाँतमात्र हो, पर्दा पछाडि वास्तवमा अरु नै केही खिचडी पाकिरहेको छ ।’ धेरै पश्चिमा सञ्चारमाध्यमका समाचारमा पनि यो सङ्कटको निम्ति अनुदारपन्थीहरुले नेपथ्यबाट खेलेको भूमिका जिम्मेवार भएको लेखेका थिए । रोहानीलाई पदच्युत गर्न खामेनीलाई दबाब दिनु नै अनुदारपन्थीहरुको वास्तविक लक्ष्य भएको उनीहरुको विश्लेषण हो ।
दुवै अनुदारपन्थी र सुधारवादीहरुले विरोध प्रदर्शन एक–अर्कालाई पछार्न उपयोग गर्न चाहेको हुनाले शुरुमा स्थितिलाई नियन्त्रणमा लिन कुनै किसिमको पहल भएन । त्यसकारण क्रमशः आन्दोलन अरु शहरहरुमा पनि फैलियो । अनि आन्दोलनले राजनीतिक रुप पनि लिंदै गयो । विरोध प्रदर्शनमा लगाइएका नारा सरकारविरोधी हुँदै गए ।
सरकारविरोधी प्रदर्शनका मुख्य सहभागीहरु १८ देखि ३५ वर्ष उमेरका युवाहरु थिए । यो उमेर समूहमा युवाहरुमा सरकारप्रतिको धारणा नकारात्मक छ । उनीहरुमध्ये अधिकांशको जन्म इरान–इराक युद्ध पछि भएको थियो । अघिल्ला पुस्ताभन्दा यो पुस्ताका युवाहरुले राम्रो शिक्ष्ाँ पाएका छन् । तथापि दशकौं दशकदेखि संरा अमेरिकी नाकाबन्दी भोगिरहेको इरानमा त्यस्ता शिक्षित युवाहरुका आकांक्षा पूरा गर्ने अवसर निकै कम मात्र छन् । दुई वर्षअघि रोहानीको पहिलो कार्यकालमा संरा अमेरिका र इरानबीच हस्ताक्षर भएको आणविक सम्झौताले त्यस्तो अवसरमा केही सुधार भएको छ । त्यसयता केही झिना सुधारहरु भएका छन् । युवा इरानीहरुका आँखामा आफ्ना निहीत स्वार्थ बोकेका अनुदारपन्थीहरुले देशको विकासलाई भन्दा राजनीतिक स्थीरतालाई मात्र बढी जोड दिने गरेका छन् । युवाहरु आफ्नो देशको प्रशासनप्रति शङ्काको आँखाले हेर्छन् र आफ्नै भविष्यप्रति समेत उत्साहित छैनन् ।
अन्तर्निहित विषय
इरान एउटा इस्लामिक राज्य हो । इस्लामिक धार्मिक प्रणालीसँगै धर्मनिरपेक्ष राज्य हुनु नै इरानको राजनीतिक प्रणालीको विशेषता हो । वास्तवमा अनुदारपन्थीहरुको नियन्त्रणमा रहेको इरानको धार्मिक संस्थापनले अधिकांश समय निर्वाचित सरकारले भन्दा बढी शक्तिको प्रयोग गर्ने गर्दछ । इरानका अनुदारपन्थी र सुधारवादी–दुई राजनीतिक कित्ताबीच सधैं शक्तिको लागि प्रतिस्पर्धा हुने गरेको छ । जनमत आफ्नो पक्ष्ँमा ल्याउन यी दुई कित्ताले एक–अर्कालाई आरोप–प्रत्यारोपण गर्ने गर्दछन् । विशेष गरी चुनावको समयमा यस्तो हुने गर्दछ ।

पछिल्लो विरोध प्रदर्शनको जरा भित्र–भित्र चलिरहेको राजनीतिक सङ्घर्षको सघनताको परिणाम हो । धु्रवीकरणको वर्तमान अवस्थामा धेरै पर्यवेक्षकहरु इरानको सर्वोच्च नेताको उत्तराधिकारसम्बन्धि भविष्यमा हुनसक्ने राजनीतिक खेलप्रति चासो राखिरहेका छन् । त्यस्तो खेल निकै हानिकारक समेत हुन सक्नेछ ।

 
तथापि पछिल्ला वर्षहरुमा इरानका जनता सरकार, भ्रष्टाचार, सम्भ्रान्त मोजमज्जा, वातावरणीय प्रदुषण, जलस्रोतको कमी, बढ्दो आदिबासी समस्या र संरा अमेरिकी नाकाबन्दीका कारण जनजीवनमा आएका कठिनाईप्रति असन्तुष्ट छन् । जनताले सरकारका आन्तरिक र परराष्ट्र नीतिप्रति शङ्का गर्न थालेका छन् । वर्तमान राजनीतिक अवस्थाको निम्ति ती नीतिहरुले भूमिका खेलिरहेको जनताको बुझाई छ ।
इरानमा सबभन्दा पछिल्लो चुनाव गएको मे महिनामा भएको थियो । मतदाताहरुलाई मध्यम प्रस्तुतिको रोहानी सरकारप्रति चित्त बुझेको थिएन । तथापि उनीहरुले सरकार परिवर्तनको सम्भावनाप्रति उदासिनता देखाए । वरपरका अरु देशमा आएका परिवर्तनले निम्त्याएका युद्ध र अराजकताका कारण उनीहरुबीच यस्तो उदासिनता छाएको थियो । अर्को राम्रो विकल्प नहुनु नै रोहानी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुको प्रमुख कारण थियो ।
रोहानीसँग मिलेर इरानका सुधारवादीहरुले सरकारमा आफ्नो प्रभाव बलियो बनाएको छ र आर्थिक सुधारको प्रयास गरिरहेको छ । यदि आफ्नो दोस्रो कार्यकालमा रोहानीले आर्थिक सुधार कार्यान्वयन गर्न सके उनले अर्को चुनावमा पनि सुधारवादी खेमालाई विजयी गराउनेछन् । राष्ट्रपति पदमा निर्वाचित भएपश्चात रोहानीले आफ्नो वैधानिकतालाई जोड दिंदै वर्तमान शासनलाई चुनौती दिने काम गरे । उनले आफूलाई २ करोड ४० लाख जनताले शासन गर्न मतदान गरेको बताएका थिए । उनका त्यस्ता अभिव्यक्तिको अनुदारपन्थी खेमाबाट कडा आलोचना भएको थियो । खामेनी स्वंयले रोहानीलाई यदि आफ्ना पक्ष्ँधर र विपक्षबीचको धु्रवीकरण रोक्न नसके उनले पद त्याग्ने दिन आउन सक्ने भनी चेतावनी समेत दिनुपरेको थियो ।
आर्थिक सुधारलाई गति दिने रोहानीको प्रयासले इरानभित्र उल्लेख्य विरोध सामना गर्नुपरेको छ । रोहानीले आर्थिक वृद्धि प्रबद्र्धन गर्न, रोजगारी बढाउन, वित्तीय प्रणालीमा सुधार गर्न र बढीभन्दा बढी विदेशी लगानी आकर्षित गर्न अवस्थामा सुधार ल्याउनुका साथै आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बढाउन निजीकरणलाई गति दिने कार्यक्रम अघि सारेका छन् । उनले आइआरजीसीले उपभोग गर्दै आएको आर्थिक सुविधा इरानमा निजी अर्थतन्त्रको विकासको लागि तगारो भएको भनी बोलेका थिए । तथापि रोहानीको सुधार कार्यक्रमलाई अनुदारपन्थीहरुले बहिस्कार गरेका छन् । त्यसले उनका कतिपय युवा समर्थकहरुलाई निराश समेत बनाएको छ ।
पछिल्लो विरोध प्रदर्शनको जरा भित्र–भित्र चलिरहेको राजनीतिक सङ्घर्षको सघनताको परिणाम हो । धु्रवीकरणको वर्तमान अवस्थामा धेरै पर्यवेक्षकहरु इरानको सर्वोच्च नेताको उत्तराधिकारसम्बन्धि भविष्यमा हुनसक्ने राजनीतिक खेलप्रति चासो राखिरहेका छन् । त्यस्तो खेल निकै हानिकारक समेत हुन सक्नेछ ।
अगाडिको बाटो
इस्लामिक गणतन्त्र इरानको इतिहासमा धेरै प्रमुख सामाजिक आन्दोलनहरु भएका छन् । ती आन्दोलनहरुबीच पनि इरानका शासक सम्भ्रान्त वर्ग राजनीतिक स्थायित्व भने कायम राख्न सफल भएका छन् । तथापि पछिल्ला विरोध प्रदर्शन भने इरानी शासक वर्गको लागि टाउको दुखाईको विषय बनेको छ । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीप्रति रोहानी सरकारले ज्यादै सावधानीका साथ बुद्धिमत्तापूर्ण व्यवहार ग¥यो । विरोध गर्न पाउने र सरकारको आलोचना गर्न पाउने जनताको अधिकारको सम्मान ग¥यो । आइआरजीसीले आन्दोलन दबाउन सौम्यता अपनायो किनभने त्यही बहानामा संरा अमेरिकाले आणविक सम्झौता तोड्न सक्ने कुरामा उनीहरु सजग थिए ।
आन्तरिक अवस्थामा सुधार ल्याउन इरानले राजनीति र अर्थतन्त्रमा प्रणालीगत सुधार गर्न हतार भइसकेको छ । इरानी जनताबीच असन्तोषका कारण बनेका राजनीतिक खिचातानी अन्त्य गर्न यस्तो गर्न अपरिहार्य छ । आन्तरिक आर्थिक विकासलाई प्रमुख प्राथमिकतामा राखेर परराष्ट्र रणनीतिमा पनि सुधारको आवश्यकता छ । प्रभावशाली विश्वव्यापिकरणको आजको युगमा इरानका युवा पुस्ता इस्लामिक आदर्शवादभन्दा रोजगारीको सम्भावना र धेरै आयप्रति बढी चासो राखिरहेका छन् । यो कुरा बुझ्न नसके सामाजिक अस्थीरता अझ पेचिलो बन्दै जाने पक्का छ । इरानको लामो समयदेखिको दुश्मन, अत्यन्त अनुदार साउदी अरबसमेतले बृहत् सामाजिक सुधारको कामको थालनी गरिसकेको छ ।
अहिले रोहानी सरकारले धेरै गम्भीर चुनौतीहरु सामना गरिरहेको छ । संरा अमेरिकाले इरानमाथिको नाकाबन्दीलाई चालु राखेको छ । विशेषतः आइआरजीसीको अनुदारपन्थलाई उसले निशाना बनाएको छ । साथै संरा अमेरिका, इजरायल र साउदी अरब मिलेर आफ्नो प्रभाव बिस्तार गर्ने इरानका सबै प्रयासलाई विफल बनाउन सक्नेछ । यस्तो अवस्थाबीच पनि आइआरजीसीको काँधमा इरानको आर्थिक विकास रक्षा गर्न देशको राष्ट्रिय सुरक्षा बलियो बनाउने प्रमुख जिम्मेवारी छ । यस्तो अवस्था रहेसम्म इरानको अर्थतन्त्रबाट सैनिक संगठनको एकाधिकार पूर्ण रुपमा भत्काउन रोहानी सरकारको गल्ती हुनेछ । अब रोहानीको हातमा दुई वटा विकल्प छन् । उनले या त आइआरजीसीका आर्थिक गतिविधिमाथि सीमा राख्न खामेनीमार्फत् आदेश जारी गराउन सक्नुपर्दछ अथवा रोहानी सरकार आफैले तीब्र आर्थिक विकास र रोजगारी सृजना गर्न आइआरजीसीको पूँजीलाई उपयोग गर्ने बाटो चुन्नुपर्दछ । यीमध्ये दोस्रो बाटो भने रोहानीको सुधारको वास्तविक मनसायभन्दा विपरीत छ ।
पछिल्ला अस्थीरताले इरानको लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको छ । संरा अमेरिकी नाकाबन्दीको दबाबमा पश्चिमा कम्पनीहरुले इरानमा लगानी गर्न दुई पटक पुनर्विचार गर्नेछन् । यस्तो परिस्थितिमा रोहानी सरकारले सामाजिक विभाजनको खाल्डोलाई अझ फराकिलो बन्नबाट रोक्न युवा र बेरोजगारहरुका चाहनालाई सम्बोधन गर्नुपर्दछ । साथै युरोपेली देशहरुसँग पनि सम्बन्धलाई बनाउनु पर्दछ । चीन तथा रुससँग आर्थिक तथा सुरक्षा समन्वय बढाउन जरुरी छ । अनि संरा अमेरिकासँगको सम्भावित द्वन्द्वलाई पन्छाउनुपर्दछ ।
स्रोतः बेइजिङ रिभ्यु (फेब्रुअरी १)
प्रस्तुतिः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *