भर्खरै :

यमीको खण्डकाव्य सार्वजनिक

काठमाण्डौ, ८ फागुन । धर्मरत्न यमीले नेपालभाषामा लेखेको खण्डकाव्य ‘सँदेया लिसः’ कृतिको अंग्रेजी अनुवाद मंगलबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित कार्यक्रमा सार्वजनिक भएको छ । अंग्रेजी अनुवादको नाम Reply From Tibet राखिएको छ । खण्डकाव्य तात्कालीन नेपाली समाजमा युवाहरु वैदेशिक रोजगारी र व्यापारको शिलशिलामा जाँदा भोगेका दुःख कष्ट, बसेको प्रेम, तिब्बतको तात्कालीन अवस्थाआदिबारे वर्णन गरिएको छ ।
खण्डकाव्य काठमाण्डौका एक युवा व्यापारको शिलशिलामा तिब्बत जान्छन्, त्यहाँ उनको एक जना तिब्बती केटीसित प्रेम बस्छ तर तिनी केटी नेपाल आउन नमान्दा अन्त्यमा उनीहरुबीच दाजुबहिनीको सम्बन्ध कायम राख्ने कथा बुनिएको छ । काव्यमा तिब्बतको तात्कालीन अवस्था र काठमाण्डौबाट त्यहाँसम्म जाँदाका वृतान्तको व्याख्या गरिएको छ ।
खण्डकाव्यको नेपाली अनुवाद यसअघि नै सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *