भर्खरै :

विद्यालय–विद्यालयमा सहिद दिवस मनाइयो

भक्तपुर, ९ फागनु । सहिद दिवसको अवसर पारेर बुधबार बासु मावि तथा बासु कलेजमा सहिद दिवस कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले २०४६ सालको जनआन्दोलनमा नेमकिपाको अह्म भूमिकाले गर्दा जनआन्दोलन सफल भएको कुरा प्रष्ट पार्नुभयो ।
साविक १५ वडाका भूतपूर्व वडा अध्यक्ष रवीन्द्र खर्बुजाले जनआन्दोलनका घटनाहरूबारेसविस्तार चर्चा गर्नुभयो ।
प्राचार्य अम्बिका न्याइच्याइको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू लक्ष्मीभक्त लासिवा, कृष्णराम सुलुले पनि बोल्नुभएको थियो ।
त्यसैगरी बासु माविमै राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रमअन्तर्गत बासु आमा टोल पढाई समूह, सुनौलो समूह र अभिभावकहरूबीच दौतरी शिला कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा विद्यालयका प्राचार्य अम्बिका न्याइच्याइ विद्यालयले आयोजना गरेका क्रियाकलापले विद्यार्थीहरूको सीप विकासमा टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा समुदाय परिचालन अधिकृत एर्व सहजकर्ता सरिना श्रेष्ठ, सहायक प्राचार्य लक्ष्मीभक्त लासिवा, आमा पढाइ समूहका लक्ष्मीश्वरी सुवाल, सुनौलो पढाइ समूहका राजकुमार लघु र विद्यालयका प्रावि इन्चार्च विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो । यसैगरी निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा भएको जनआन्दोलनको क्रममा फागुन ८ गते भक्तपुरमा सहादत प्राप्त गरका सहिदहरुको सम्झनामा वागीश्वरी माविमा बुधबार दिउँसो र बिहान छुट्टाछुट्टै प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले निःशुल्क अनिवार्य र वैज्ञानिक शिक्षा पाउनुपर्ने विद्यार्थीहरुको सपना अझै साकार नभएको हुँदा विद्यार्थीहरुले सहिदहरुको योगदानलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका संयोजक नारायणबहादुर दुवालले विद्यार्थीहरु पाठ्यपुस्तक ग्रहण गर्न नजानेमा देशमा पुनः निरङ्कुशता फर्कन सक्नेमा सचेत पार्नुभयो ।
नेमकिपा भनसाका सदस्य उपेन्द्र सुवालले त्यसबेलाको घटना वर्णन सुनाउँदै पञ्चायत व्यवस्थाले घाइते अस्पतालमा चूनपूर्वक उपचार गर्नसम्म नदिएको लगायतका घटना बताउनुभयो ।
कार्यक्रममा शिक्षक ज्ञानसागर प्रजापति र विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *