भर्खरै :

अब नयाँ अरनिको सभाभवन बन्ने

भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक सहर–एक पहिचानअन्तर्गत भक्तपुर नगरपालिकाले नयाँ अरनिको सभाभवन बनाउने निर्णय गरेको बताउनुभएको छ ।  भक्तपुर, १० फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक सहर–एक पहिचानअन्तर्गत भक्तपुर नगरपालिकाले नयाँ अरनिको सभाभवन बनाउने निर्णय गरेको बताउनुभएको छ ।
बिहीबार भक्तपुरका युवा कलाकारहरूसँगको भेटमा प्रमुख प्रजापतिले भक्तपुरको कला–संस्कृति संरक्षणको लागि जनप्रतिनिधिहरूले नपामा पदभार ग्रहण गरिसकेपछि गाईजात्रा महोत्सव तथा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
उहाँले सम्पदा क्षेत्रमा कुनै नाटक वा फिल्म सुटिङ गर्दा भक्तपुरवासीलाई विशेष छुट दिइरहेको पनि बताउनुभयो ।
कलाकारहरूको प्रतिनिधित्व गर्दै श्यामसुन्दर शिल्पकारले भक्तपुर नपाले कलाकारहरूलाई राम्रो परिचालन गर्नुपर्ने र भक्तपुरवासीहरूले कुनै नाटक वा फिल्म सुटिङ गर्दा विशेष छुटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
अर्का कलाकार कृष्ण प्रजापतिले भक्तपुरमा सभाभवनको अभाव भएकोले कलाकारहरूले आफ्नो कला प्रस्तुत गर्न नपाएको, नगरपालिकाले कलाकारहरूलाई प्रोत्साहन गर्नुपर्ने र नेपालभाषालाई प्राथमिकता दिएर लिपि कक्षा सञ्चालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सडक नाटकलाई विशेष ध्यान दिनुपर्ने बताउँदै युवा कलाकार रमेश प्रजापतिले लोपोन्मुख नाटक वा प्याखँ (नाच) हरूलाई नगरपालिकाले संरक्षण गर्नुपर्छ भन्नुभयो ।
कलाकारहरू हरिकृष्ण दुवाल र लक्ष्मीप्रसाद चवालले भक्तपुरको प्रचार–प्रसार गर्न जनचेतनामूलक नाटकहरू देखाउनेहरूलाई नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले कलाकारहरूको मागलाई गम्भीरतापूर्वक लिने नगर प्रमुख प्रजापतिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *