भर्खरै :

प्रजग कोरियाले इराक र लिवियाको गल्ती दोहो¥याउने कल्पना गर्न सकिन्न

प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच १२ जूनको दिन सिङ्गापुरमा उच्चस्तरीय संवाद भयो । सो सम्बन्धमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग बिहीबार मजदुर दैनिक र श्रमिक साप्ताहिकका प्रतिनिधिहरूले गर्नुभएको कुराकानी प्रस्तुत छ ः
२९ जेठ (१२ जून) का दिन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जङ्ग उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिङ्गापुरमा उच्चस्तरीय वार्ता भयो । वार्ताबाट चार बुँदे सहमति पनि भयो । लामो समयदेखि युद्धरत दुई देशबीच भएको उच्चस्तीय वार्ता र सहमतिबारे यहाँको बुझाई के हो ?
प्रजग कोरिया र संरा अमेरिकाबीचको युद्धलाई सन् १९५३ को शान्ति सम्झौताले टुङ्गो लगाउन सकेको थिएन । ६४ वर्षदेखि सं.रा. अमेरिकाले प्रजग कोरियासँग स्थायी शान्ति सम्झौता नगरी युद्धकै अवस्थामा राख्यो र आर्थिक नाकाबन्दी कायम राख्यो । कोरिया युद्ध (१९५०–५३) मा कोरियाली जनताले पहिलोपटक युद्धमा संरा अमेरिकी सामाज्यवादलाई हार खुवाएका थिए । एउटै जाति र भाषा बोल्ने कोरियाली जनतालाई संरा अमेरिकाले हतियारकै बलमा विभाजनमा राखेको थियो । सं.रा. अमेरिकाको निम्ति एकातिर त्यो प्रतिष्ठाको लडाइँ थियो भने अर्को एसिया–प्रशान्त क्षेत्रबाट आफू पछि हट्नुपर्ने स्थिति भोग्नुपथ्र्याे ।
तर भियतनाम युद्धमा सं.रा. अमेरिकाको हार, अफगानिस्तानमा सोभियत सङ्घसँग भियतनामको बदला नीतिबाट उत्साहित हुँदै इराक, लिविया, सिरिया र अन्य देशहरूमा उसको हस्तक्षेप नीतिले एसियामा मात्रै होइन, अफ्रिका र ल्याटिन अमेरिका वा सम्पूर्ण पश्चिमी गोलाद्र्धमा समेत सैनिक र राजनैतिक रूपले बद्नाम हुँदै गयो र युरोपेली वा नाटो देशको माझमा समेत आज ऊ एक्लियो ।
यस्तो अन्तर्राष्ट्रिय परिस्थितिमा प्रजग कोरियासँग युद्धविरामको स्थितिबाट शान्ति सम्झौताको स्थितिमा सं.रा. अमेरिका पुग्यो । दक्षिण कोरियाली जनता पनि ६ दशकको विभाजन र तनावको स्थितिलाई अन्त गर्न चाहिरहेका थिए र जापान दोस्रो विश्व युद्धको विभीषिकाबाट आज पनि मुक्त भइसकेको छैन । जापानी र दक्षिण कोरियाको भूमिमा आणविक हात–हतियारसहित हजारौं अमेरिकी सेना तैनाथ छ । ती दुवै देश यसकारण आणविक युद्धको सम्भावनाको तनावबाट मुक्त हुन चाहन्छन् ।
संरा अमेरिकालाई २००८ कै आर्थिक सड्ढटले गाँजेको छ । यसकारण ऊ विश्व जलवायुसम्बन्धी पेरिस सम्झौता, इरानसँगको आणविक सम्झौता, संयुक्त राष्ट्रसङ्घलाई दिंदै आएको सहयोगबाट पनि पन्छिदै छ । यी सबै परिस्थितिले सं.रा. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिङ्गापुरमा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनलाई भेट्न र वार्ता गर्न बाध्य पा¥यो, चीन, रूस र संसारका विश्व शान्ति चाहने सबै देशहरूले ती दुई देशको वार्ता सफलताको कामना गरे ।
संरा अमेरिका, जापान र दक्षिण कोरिया तथा प्रजग कोरिया, रूस र चीनसम्मिलित धेरै पटकको ६ पक्षीय वार्ताले टुङ्ग्याउन नसकेको र बाहिरी हस्तक्षेपबाट नभई उत्तर र दक्षिण कोरियाकै सहमतिमा प्रजग कोरिया र संरा अमेरिकाका नेताहरूको भेटघाट र चारबुँदे सहमतिले कोरिया प्रायःद्वीप, पूर्वी एसियाको मात्रै होइन विश्व शान्तिकै निम्ति यो घटना सकारात्मक उदाहरण हुनेछ ।
के प्रजग कोरिया र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध नयाँ ढंगले अघि बढ्ला ?
कोरिया प्रायःद्वीपको चारैतिर रूस, चीन, दक्षिण कोरिया, जापान र अन्य देशहरू पनि रहेको हुँदा एक–एक गरेर समझदारी बढ्दै शान्ति–सम्झौता र कूटनैतिक सम्बन्धतिर अघि बढ्ने सम्भावना देख्छु ।
क्षेत्रीय र विश्वकै अन्तर्राष्ट्रिय परिस्थितिमा दुई देशबीचको बदलिंदो परिस्थितिले कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
सकारात्मक प्रभाव पार्ने देख्छु । संसारमा आज चारैतिर आर्थिक विकासलाई प्राथमिकता दिइँदैछ । आर्थिक विकासको निम्ति देशहरूमाझ शान्ति र समझदारी अनिवार्य शर्त हो । यसकारण यसले विश्वमा राम्रै आशाको सञ्चार हुनेछ ।
वार्तामा प्रजग कोरिया आणविक निःशस्त्रीकरण गर्न प्रतिबद्ध भएको समाचार प्रकाशित भयो । आणविक निःशस्त्रीकरणले समाजवादी देश प्रजग कोरियामा के कस्तो प्रभाव पर्नेछ ?
आणविक अस्त्रको निर्माण प्रजग कोरियाको निम्ति सौखको विषय थिएन बरू आफ्नो पेटमा पटुका कसेर देशको स्वतन्त्रता, सार्वभौमिकता र देशको रक्षाको निम्ति आणविक अस्त्र निर्माणमा लागेको प्रजग कोरियाले भन्दै आएकै हो । शान्ति सम्झौतामार्फत आणविक धम्कीबाट मुक्त हुने हो, आणविक निःशस्त्रीकरण असम्भव होइन ।
दिगो शान्तिको सुनिश्चितता भएमा प्रजग कोरियामात्रै होइन, विभिन्न देशको रक्षा बजेटमा केही प्रतिशत घटाउन सके ती देशका जनताको जीवनस्तर धेरै माथि उठ्ने थियो । प्रजग कोरियामा पनि यही कुरा लागू हुन्छ ।
६४ वर्षसम्म युद्धको स्थिति रहँदा र शान्ति–सम्झौता नहुँदा प्रजग कोरियाका जनताले रात–दिन आफ्नो देशको रक्षार्थ र प्रत्याक्रमणको निम्ति तयार रहनु स्वाभाविक हो । शान्ति स्थापनापछि अन्य देशले जस्तै प्रजग कोरियाली जनताले पनि आर्थिक प्रगतिमा फड्को मार्ने छन् । विज्ञान र प्रविधिमा पनि ठूलो प्रगति गर्नेछन् । त्यहाँका जनताको जीवनस्तर उँचो हुनेछ ।
प्रजग कोरियाको समाजवादी बन्दोबस्त अब विघटनतिर जाने हो कि भन्ने चर्चा चलेको छ । के संरा अमेरिकासँगको सम्बन्धले प्रजग कोरियाको समाजवादी व्यवस्था विघटनमा जान सक्ला ?
समाजवादी व्यवस्था कुनै देशसँग कूटनैतिक सम्बन्धमा आधारित हुने नभई हरेक देशको व्यापक जनताको मन र मस्तिष्कले रोज्ने राजनैतिक र सामाजिक व्यवस्था हो ।
आणविक निःशस्त्रीकरणको प्रक्रिया अघि बढेसँगै प्रजग कोरियामाथिको नाकाबन्दी हटाउन संरा अमेरिका तयार भएको भनियो । क्युवामाथि ओबामा प्रशासनले कूटनीतिक सम्बन्ध स्थापना गरेर पनि अझै नाकाबन्दी अन्त्य गरेको छैन । ट्रम्प प्रशासनले क्युवामाथिको नाकाबन्दी अझै कडा बनायो । विगतका आधारमा के प्रजग कोरियामाथिको नाकाबन्दी हटाउने विश्वास गर्न सकिएला ?
संरा अमेरिकाको कूटनैतिक सम्बन्धले नागबेली बाटो लिंंदै आएको छ । रूस र चीनसँगको कूटनैतिक सम्बन्धमात्रै होइन, नाटो शिविरकै सदस्य देशहरूसँग उसको कूटनैतिक सम्बन्ध नागबेली छ । क्युवाली जनताले जस्तै एसियाली जनताले संरा अमेरिकी कूटनीतिबारे जानकारी राख्दै आएका छन् ।
नाटोसम्बद्ध साम्राज्यवादी देशहरूले सन् २००० को दशकको सुरूका वर्षमा इराकसँग के–कति हातहतियार छ, जाँच ग¥यो र पछि उसैमाथि सन् २००३ मा हमला ग¥यो । इतिहासको यो घटना प्रजग कोरियाको सन्दर्भमा पनि दोहोरिने हो कि भन्ने आशङ्कालाई के भन्नुहुन्छ ?
प्रजग कोरियाले इराक र लिवियाको गल्ती दोहो¥याउने कल्पना गर्न सकिन्न ।
पश्चिमा पुँजीवादी सञ्चार माध्यमहरूले सिङ्गापुर वार्ताबाट संरा अमेरिकाले केही नपाएको बरू प्रजग कोरियाले धेरै उपलब्धि हासिल गरेको भन्ने प्रचारबाजीलाई व्यापक बनाएका छन् । के अवस्था त्यस्तै हो ?
पश्चिमी देशका केही दक्षिणपन्थी राजनैतिक दल र नेताहरू तुलनात्मक रूपले प्रजग कोरिया र संरा अमेरिकाको वार्ता र समझदारी चाहँदैनन्, तिनीहरू उग्र दक्षिणपन्थी विचारका छन्, तर समयले तिनीहरूलाई पनि ठाउँमा ल्याउनेछ ।
संरा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा तैनाथ आफ्ना सेनाको युद्ध अभ्यास रोक्ने र समयान्तरमा फर्काउने पनि बताए । संरा अमेरिकाभित्रै र जापान तथा दक्षिण कोरियाका केही पक्षले पनि त्यसप्रति सन्देहजनक अभिव्यक्ति दिइरहेको अवस्थामा यसको सम्भावना कस्तो देख्नुहुन्छ ?
हिजो संरा अमेरिका संसारलाई आफ्नो मुठ्ठीमा राख्ने स्थितिमा थियो, तर आज सारा संसारका जनताको चेतनास्तरमा आएको उचाई, शान्तिको कामना र मित्रताको सम्बन्धले तथा आणविक अस्त्र एउटा पक्षसँगमात्र सीमित छैन भन्नेबारे सबै अवगत भइसकेकोले स्थिति यस्तो छैन । २१ औं शताब्दीमा २० औं शताब्दीको चौथो दशकको स्थितिभन्दा धेरै फरक आइसकेको छ ।
किम र ट्रम्पबीचको वार्ताको लागि अन्तर्राष्ट्रिय समुदाय विशेषतः चीन, दक्षिण कोरिया र जापानको भूमिका कस्तो देखियो ?
चीन र दक्षिण कोरियाले आ–आफ्नो सकारात्मक व्यवहार संसारसामु प्रस्ट देखाए र जापान पनि शान्ति प्रक्रियाले लाभान्वित हुनेबारे जानकार छ । प्रजग कोरिया र रूसको सम्बन्ध पनि गाढा बन्ने कुरोमा शड्ढा छैन ।
प्रजग कोरियाप्रतिको ऐक्यबद्धता आन्दोलन आगामी दिनमा कसरी अगाडि बढाउनुपर्ने देख्नुहुन्छ ?
एक समाजवादी देशसँगको अन्तर्राष्ट्रिय सम्बन्ध संरा अमेरिका र प्रजग कोरियाको कूटनैतिक सम्बन्ध पछि पनि दुई देशको सम्बन्ध र ऐक्यबद्धता अगाडि बढ्दै जानेछ ।
अन्त्यमा केही … ?
एक कूटनैतिक सम्बन्ध भएको देशमा समेत प्रजग कोरियाको प्रगति र त्यहाँको जनताको नेपाली जनतासँगको मित्रवत् भावनाबारे आवश्यक जानकारी छैन । पश्चिमी प्रचारमाध्यमको प्रभाव नेपालका बुद्धिजीवीहरूमा पनि प्रशस्त छ । मैले २०४८, २०४९, २०५० र २०५२ मा प्रजग कोरियाको भ्रमण गरें र त्यसबारे पुस्तक पनि लेखें । किसान–मजदुर, युवा–विद्यार्थी, लेखक, कवि, कलाकार र पत्रकारहरूसँग पनि भेटें । गाउँ, सहर, विश्वविद्यालय र पुस्तकालय र कलकारखानाहरू हेरें । ती सबै हेर्दा आज कति प्रगति ग¥यो होला भनी कल्पनामात्रै गर्न सकिन्छ । सडक, फोहरको बन्दोबस्त, विज्ञान र प्रविधिको विकासको प्रगतिबारे नेपाल र नेपाली जनताले सिक्न सक्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *