भर्खरै :

त्रिशुली–गल्छी आयोजनामा चिनियाँ लगानी

नुवाकोट, १० असार । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी जलविद्युत् आयोजना चिनियाा लगानीमा निर्माण हुने भएको छ ।
चीनको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाा लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्नेसम्बन्धी बुधबार समझदारी तथा सम्झौता भएअनुसार नुवाकोट र धादिङमा निर्माण गर्न लागिएको त्रिशुली–गल्छी जलविद्युत् आयोजना चिनियाा लगानीमा आगामी अक्टोवरदेखि सुरू हुने भएको हो ।
त्रिशुली नदीस्थित नुवाकोटको तार्केश्वर गाउापालिका–४ ढोडबेंसीमा बााधस्थल र धादिङको गल्छी गाउापालिका–१ हााडीखोलाटारमा उत्पादन गृह हुनेगरी निर्माण गर्न लागिएको सो आयोजनाको यसअघि नै सिद्धकाली पावर कम्पनीले चिनियाा लगानीकर्तासाग प्रारम्भिक सम्झौता गरिसकेको थियो । उक्त सम्झौताको आधारमा चिनियाा कम्पनी दोङफाङ इलेक्ट्रिक कर्पोरेसनले परियोजना निर्माण सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।
उक्त आयोजनाका लागि इञ्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन (ईपीसी–एफ) ढााचामा निर्माण गर्नेसम्बन्धी सम्झौता दोङफाङसाग गत चैत १४ गते हस्ताक्षर भएको त्रिशुली–गल्छी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत राजु पण्डितले जानकारी दिनुभयो ।
“आयोजना निर्माणको काम विसं २०७३ कार्तिक १७ मा विद्युत् उत्पादन अनुमति पत्र पाएलगत्तै सुरू गरे पनि वित्तीय व्यवस्थापनले रोकिएकोले अब त्यो पनि सहज भएपछि आगामी अक्टोवरदेखि काम सुरू हुने भएको छ ।” पण्डितले भन्नुभयो, “नुवाकोटमा बााधस्थल र धादिङमा विद्युत् उत्पादन गृह हुने भएकोले दुवैतिर एकैसाथ काम अघि बढाउन लागिएको छ । ”
उहााका अनुसार उक्त आयोजना सम्पन्न गर्न लाग्नेमध्ये रू. १० अर्ब ८१ करोड चिनियाा कम्पनीले लगानी गर्ने बुधबार भएको सम्झौता पत्रमा उल्लेख छ । आयोजनाको विद्युत् उत्पादन सुरू भएको एक वर्षभित्र आयोजनाको प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैड्ढसागको सहकार्यमा चिनियाा कम्पनीलाई चार प्रतिशत व्याजसहित लगानी फिर्ता गर्ने सहमति छ ।
आयोजनाको कूल लागत रू. १४ अर्ब ४० करोड लाग्ने प्रारम्भिक अध्ययनमा प्रक्षेपण गरिएको छ । “निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको आयोजना शतप्रतिशत सुरूङ मार्गमार्फत निर्माण गर्न लागिएको हो ।” पण्डितले भन्नुभयो, “त्रिशुली नदीस्थित नुवाकोटको ढोडबेंसीस्थित बााध स्थलदेखि धादिङको हााडीखोलासम्म आठ हजार १०० मिटर सुरूङ निर्माणको काम सुरू गर्ने पहिलो लक्ष्य छ ।
उहााका अनुसार आयोजनाको काम सम्झौता भएलगत्तै सुरू गर्न लागिए पनि त्रिशुली नदीमा पानीको मात्रा बर्खायाममा उच्च भएकाले बहाव कम भएपछि अक्टोवरदेखि कामलाई तीव्रता दिन लागिएको हो ।
आयोजना निर्माणसम्बन्धी चीनमा भएको सम्झौतामा चीन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिद्धकाली पावर कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष गुरूप्रसाद न्यौपाने र दोङफाङका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *