भर्खरै :

मुखको अर्बुद रोग

-डा. रविभुषण सुवाल
नाक, कान र घाँटी रोग विशेषज्ञ,
भक्तपुर अस्पताल
ओठ, गिजा, जिब्रोमुनिको भाग र मुखको अन्य भागहरूमा अनावश्यक कोष तन्तुहरूको अनियन्त्रित वृद्धि हुनु नै मुखको अर्बुद रोग हो ।
प्रकोप
नेपालमा मुखको क्यान्सरको विकराल समस्या छ । प्रत्येक वर्ष यो रोगको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको देखिन्छ । मुखको क्यान्सरमा सबैभन्दा बढी जिब्रोको क्यान्सर हुने गर्दछ । यो रोग प्रायजसो चालीस वर्ष नाघेका व्यक्तिहरूमा हुने गर्दछ र महिलाको अनुपातमा पुरुषमा यो समस्या दोब्बर हुने गरेको पाइन्छ ।
खतरा बढाउने तत्वहरू
– पान, सुर्तिजन्य पदार्थको सेवन
– मद्यपान
– ग्रट्खा, पानपराग सेवन
– सुपारीको सेवन
– मसला धेरै भएको खानेकुराको अत्यधिक प्रयोग
– विकिरण
– प्रतिरोधात्मक शक्तिमा कमी
– भाइरसको सङ्क्रमण (Human Prapilloma Virus)
चेतावनीका चिह्नहरू/सङ्केतहरू
– मुखमा नदुख्ने घाउ दुई तीन हप्ताभन्दा बढी समयसम्म निको नभएमा
– राता दागहरू देखिएमा
– सेता दागहरू देखिएमा
– सब म्युकोजल फाइव्रोसिस (मुखभरि सेतो दाग बसी मुख खोल्न गा¥हो हुने अवस्था)
लÔणहरू
– मुखमा निको नहुने घाउ आउनु वा मासु पलाउनु
– घाउबाट रगत बग्नु
– घाउ भएको ठाउँमा दुख्नु
– विनाकारण दाँत हल्लिनु
– खाना चपाउन र निल्न गा¥हो हुनु
– घाँटी गिर्खा पलाउनु र गिर्खा तीव्रगतिमा बढ्नु
– कान दुख्नु
– तौल घट्दै जानु
रोग पहिचानको विधि
माथि उल्लेख गरिएका कुनै लÔण देखिएको खण्डमा तुरुन्तै नजिकैको चिकित्सकसँग परामर्श लिनुपर्दछ ।
-Biopsy( सानो टुक्रा मासु निकालेर गरिने परीÔण
FNAC– सुईले घाँटीको गिर्खाबाट पानी/रगत निकालेर गरिने मासुको परीÔण
यी माथि उल्लेख गरिएका जाँचहरूले क्यान्सर भए नभएको पुष्टि गर्दछ । यदि क्यान्सर रोग पत्ता लागेमा त्यसपछि रोग कुन अवस्था (कतबनभ) मा छ भनी पत्ता लगाउन विभिन्न अरु जाँचहरू गर्नुपर्दछ । अरु जाँचहरू भन्नाले जस्तै CT Scan, घाँटीको इण्डोस्कोपी, घाँटीको भिडियो एक्सेर (USG) पर्दछ । यी जाँचहरू गरिसकेपछि रोग कति र कहाँसम्म फैलिएको छ भन्ने कुराको जानकारी हुन्छ र त्यसअनुसार उपयुक्त उपचार पद्धति अपनाइन्छ ।
उपचारको प्रविधि
मुखको क्यान्सर यदि सुरुवातमा नै पत्ता लाग्यो भने पूर्ण रुपमा निको हुन्छ । उपचार पद्धति रोगको अवस्था र जटिलता तथा बिरामीको शारीरिक अवस्था हेरिकन एक या एकभन्दा बढी अपनाइन्छ ।
उपचारका पद्धतिहरू
१) शल्यक्रिया (Surgery)
२) विकिरण थेरापी (Radiotherapy)
३) केमो थेरापी (Chemotherapy)
४) प्यालिइटिभ केर (Palliative Care)
१) शल्यक्रिया (Surgery)
यस उपचार विधिमा क्यान्सर लागेको भागलाई काटेर फालिन्छ र घाँटीका गिर्खाहरू निकालिन्छ । मुखको क्यान्सरमा यो प्रविधि मुख्य रुपमा प्रयोग हुन्छ ।
२) विकिरण थेरापी  (Radiotherapy)
यस उपचार विधिमा मेसिनबाट विकिरणहरू दिई क्यान्सर कोषहरू मार्ने गर्दछ । यो पद्धति क्यान्सरको सुरुको अवस्था (early stage) मा क्यान्सर उन्मूलन गर्न प्रयोग हुन्छ । क्यान्सरको अपरेशनपश्चात् रोग दोहोरिन नदिन पनि विकिरण पद्धति अपनाउने गरिन्छ ।
३) केमो थेरापी (Chemotherapy)
विभिन्न औषधिहरू दिई क्यान्सरका कोषहरू मार्ने प्रविधिलाई केमोथेरापी भनिन्छ । औषधि मुखबाट सेवन गरिन्छ या सुईबाट दिइन्छ । मुखको क्यान्सरका निम्न अवस्थाहरूमा केमोथेरापी दिइन्छ ।
– विकिरण थेरापी वा शल्यक्रिया गर्नुभन्दा अगाडि रोग घटाउनको लागि केमोथेरापी दिइन्छ । (Neo adjuvant Chemotherapy)
– रोग निकै फैलिएको वा शल्यक्रिया गर्न नसकिने अवस्थामा कमोथेरापी र विकिरण थेरापी सँगसँगै दिइन्छ । (Concurrent Chemotherapy)
४) प्यालिइटिभ केटर (Palliative Care)
रोग पूर्णरुपमा निको नहुने अवस्थामा बिरामीलाई अलि सहज बनाउन गरिने उपचारलाई प्यालिइटिभ (Palliative) केयर भनिन्छ ।
अन्तमा क्यान्सर रोग लागेर उपचार गर्नुभन्दा लाग्न नदिनु सुर्तिजन्य पदार्थ र मद्यपानको कुलत आजैदेखि त्यागौं र स्वस्थकर पौष्टिक आहारमा ध्यान दिउँ । यदि मुखमा कुनै शङ्कास्पद घाउ आएमा तुरुन्त नाक, कान घाँटी रोग विशेषज्ञकहाँ गई परामर्श लिनुहोला । यस्तो गरेमा क्यान्सर रोगबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *