भर्खरै :

युवाहरूको जिम्मेवारी

किम जङ उन
प्रजग कोरियाका सर्वाेच्च नेता किम जङ उनले किम इल सङ समाजवादी युवा लिगका प्रारम्भिक पदाधिकारीहरुको चौथों सम्मेलनमा दिनुभएको विचार
कमरेड किम इल सङ र किम जोङ इलले युवाहरूलाई प्रेम गर्नुहुन्थ्यो र आफ्नो जीवनकालभर युवाहरूको साथमा सक्रिय रहनेमा ध्यान दिनुभयो ।
युवाबीच जाने, सङ्घर्षमा एकअर्कासँग दुःख–सुःख बाँड्दै कामरेडको व्यवहार गर्ने जस्ता क्रान्तिकारी क्रियाकलापहरू अगाडि बढाउँदै अध्यक्ष किम इल सङले युवाहरूको महत्व स्थापित गर्ने मौलिक विचारको सृजना गर्नुभयो र उक्त विचारको कार्यान्वयन गरी उनीहरूलाई क्रान्तिको शक्तिशाली अग्रदस्ताको रुपमा र पार्टीको जगेडा शक्तिको रुपमा तयार पार्नुभयो । सेनाध्यक्ष किम जोङ इलले क्रान्तिको मसाल युवाहरूमा हस्तान्तरण गर्दै युवा लिगको नाममा राष्ट्राध्यक्ष कामरेड किम इल सङको नाम जोड्नुभयो । लामो समयदेखि क्रान्तिको ध्येय तथा जिम्मेवारीलाई दायित्वका साथ पूरा गर्ने काममा नेतृत्व दिंदै क्रान्तिकारी विचारलाई बढाउनुभयो ।
राष्ट्राध्यक्ष तथा सेनाध्यक्षको विवेकपूर्ण नेतृत्व तथा उहाँहरूको विशेष हेरचाहमा हाम्रा युवाहरूले गौरवले भरिएको बाटोमा यात्रा गरेका छन्, साहसिक समर्पण तथा गौरवका साथ क्रान्तिको दशकलाई अगाडि बढाएका छन् ।
कोरियाली क्रान्तिको पहिलो पुस्ताका युवाहरूले कामरेड किम इल सङलाई ‘राष्ट्रको सूर्य’जस्तै उच्च राख्दै जापानी साम्राज्यवादीविरुद्ध रक्तिम सङ्घर्ष सञ्चालन गरे र राष्ट्रिय मुक्तिको ऐतिहासिक ध्येय पूरा गरे । यस क्रममा शरीरमा प्राण रहेसम्म नेतृत्वको रक्षार्थ चम्किलो उदाहरण प्रस्तुत गरे । राष्ट्रको भाग्य तथा भविष्यको लागि निर्णायक महत्व राख्ने सशक्त पितृभूमि मुक्तिको युद्धअवधिमा उहाँका हेरचाहमा हुर्किएका युवाहरूले “सेनाध्यक्ष किम इल सङ अमर रहून् ¤” भन्ने नारा घन्काउँदै बहादुरीका साथ लडी जुलाई २७ को विजय हासिल गरे । युद्धपछिको अवधिमा समाजवादी निर्माणका क्रममा पार्टी तथा नेतृत्वको चाहनालाई आत्मसात गर्ने अत्यन्त कठीन र अभावपूर्ण अवस्थामा पनि संसार नै छक्क पर्ने चोलिमा कोरियाको साहसिक उत्साह प्रदर्शन गरे ।
साहसिक मार्च तथा जबर्जस्त मार्चका वर्षहरूमा हाम्रा भरपर्दा युवा–युवतीहरूले अन्तिमसम्म पनि आफ्नो भाग्य र भविष्यलाई सेनाध्यक्षको भाग्य र भविष्यसँग एकाकार गर्ने कठोर प्रतिबद्धताका साथ अत्यन्त कठिनाइलाई पनि पार गरे । समाजवादको रक्षाको सङ्घर्षमा संयुक्त राज्य अमेरिकारसँगको बल परीक्षणमा सोङ्गुन कोरियाको अजेय शक्ति संसारमा देखाए ।
क्रान्तिका परीक्षणकालीन दशकहरूमा विजयको सुनिश्चिततालाई प्रदर्शित गर्ने हाम्रा युवाहरूले देखाएको साहसिक तथा अमर पराक्रम इतिहासमा अभिलेखित छ । नेतृत्वप्रतिको उच्च सम्मान तथा नेतृत्वको विचार तथा नेतृत्व शैलीप्रतिको समर्पणमा राष्ट्रको समुन्नति तथा युवाहरूको अर्थपूर्ण जीवन आधारित रहन्छ भन्ने सच्चाइ उजागर भएको छ । क्रान्तिका विगत दशकहरूमा हाम्रा युवाहरूले सृजना गरेका र उच्च राखेका साहसिक सङ्घर्ष तथा जुनसुकै मूल्यमा पनि नेतृत्वको रक्षाको परम्परा नै अमूल्य क्रान्तिकारी विरासत हुन् र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने विजयका अन्त्यहीन भावना हो ।
आजको युग गतिशील सङ्घर्षको युग हो, जुछे क्रान्तिको नयाँ युग हो । यो युगमा पार्टी नेतृत्व मातहतका सम्पूर्ण राष्ट्रसेवी कर्मचारीहरू र अन्य जनताले किम इल सङवाद र किम जोङ इलवादको महान् ध्वजालाई ऊँचो राख्दै क्रान्तिमा अन्तिम विजय प्राप्त गर्न आक्रामक तरिकाबाट अगाडि बढ्नु परेको छ । पार्टी वरिपरि एकमनले गोलबद्ध भई अग्रगामी कदम चाल्नको लागि र देशलाई समृद्ध समाजवादी राष्ट्रको रुपमा विकास गर्ने लक्ष्य हासिल गर्न निर्माण तथा क्रान्तिको क्षेत्रमा नयाँ आयाम थप्न यो नयाँ युगमा, सोङ्गुन क्रान्तिका उत्तराधिकारी हाम्रा युवाहरूले ऐतिहासिक मार्चको नेतृत्व गर्नुपर्दछ ।
सोङ्गुनको क्रान्तिकारी ध्येयलाई व्यवहारमा उतार्ने सङ्घर्षमा युवा लिग भरपर्दो अग्रदस्ता तथा हाम्रो पार्टीको भगिनी सङठन हुनेछ । वर्तमान युगको युवा पिंढीले क्रान्तिकारी अग्रजहरूको मूल्यवान् रगत र पसिनाले भिजेको र उनीहरूको महान् चाहनासँग जोडिएको क्रान्तिको रक्तिम झण्डालाई अन्तिम विजयको उचाइमा पु¥याउने पवित्र तथा सम्मानजनक जिम्मेवारीलाई आत्मसात गर्नुपर्दछ ।
जब महान् नेतृत्व तथा महान् पार्टीले अँगालोमा हुर्किएको सोङ्गुन क्रान्तिको रापमा खारिएका युवा पिंढीले सङ्घर्षको अग्रमोर्चामा महान् उपलब्धि हासिल गर्दछन्, हाम्रो लागि कुनै कठिनाइ समाधानविहीन रहनेछैन र कुनै पनि लक्ष्य अप्राप्य रहने छैन ।
युवाहरूले आफ्नो शक्ति, विवेक तथा जोशलाई विद्यमान ऐतिहासिक मार्चमा समर्पित गर्दै उनीहरूले पार्टीको युवा अग्रदस्ताको भूमिका निभाउनु पर्दछ, त्यस्तै गरी पार्टी तथा क्रान्तिको आवश्यकता तथा राष्ट्रको आव्हानलाई हृदयगमन गर्नुपर्दछ ।
‘युवाहरू हो ¤ पार्टीको सोङुन क्रान्तिकारी ध्येयप्रति अटल रुपमा वफादार अग्रदस्ताको योद्धा बन ।’ हाम्रा युवा पिंढीले उचाइमा राखेको क्रान्तिकारी नारा यही हो ।
युवाले पार्टीको नेतृत्वलाई वफादारिताका साथ सहयोग गर्नुपर्दछ । पार्टीको नेतृत्व भनेको हाम्रो युवा–युवतीको लागि रक्तसञ्चारजस्तै हो । पार्टीको नेतृत्वमा मात्रै उनीहरूले पेक्डुको परम्परा र जुछेको क्रान्तिकारी ध्येयलाई अगाडि बढाउन सक्छन् र सोङुन युगका युवा अग्रदस्ताको हैसियतले आफ्नो लक्ष्य तथा जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नुपर्दछ ।
हाम्रो पार्टीलाई समर्थन गर्ने अटल प्रतिबद्धताका साथ पार्टीले देखाएको बाटोमा जोशका साथ अगाडि बढ्न र शुद्ध हृदयका साथ पार्टीलाई विश्वास गर्नुपर्दछ र अनुशरण गर्नुपर्दछ ।
पार्टी तथा नेतृत्वको लागि विना हिच्किचाहट आफ्नो जवानी तथा जीवन बलिदान गर्ने क्रान्तिकारी महान् उदाहरणलाई अनुसरण गर्दै जुनसुकै मूल्यमा पनि युवा पिंढी हाम्रो पार्टीको सुरक्षा घेरा भएर रहनुपर्दछ । जीवनकै मूल्यमा पनि पार्टी रक्षाको बाटोमा उनीहरूले हरेक क्षणलाई गौरवमय बनाउनु पर्दछ ।
पार्टीको विचारलाई कार्यान्वयन गर्न र नीतिलाई उच्च समर्थन गर्ने अभियानमा उनीहरू अग्रदस्ताको लडाकु बन्नुपर्दछ । उनीहरूले आफ्ना दृढ विश्वासको रुपमा पार्टीको विचार तथा नीतिलाई संरक्षण गर्नुपर्दछ । यस्तै विचार तथा मनसायका साथ दृढ निश्चयी भई हरेक समय तथा स्थानमा द¥हो विश्वास, सोचाइ तथा कर्मका साथ सक्रिय रहनुपर्दछ । विना हिच्किचाहट, उच्च तहमा सर्वोच्च कमाण्डरको आदेशलाई कार्यान्वयन गर्न जनसेनाको सैन्य भावना तथा कार्यशैलीका उदाहरण आफै बनेर उनीहरूले समयसीमाभित्र अपेक्षित तहमा पार्टीको नीतिको समग्र कार्यान्वयन गर्नु पर्दछ ।
समाजवादी राष्ट्रको रक्षार्थ मृत्युलाई समेत परास्त गर्ने दस्ताको रुपमा युवा शक्ति परिचालित हुनुपर्दछ ।
राष्ट्रिय प्रतिरक्षा नै देशभक्तको उच्च अभिव्यक्ति हो र युवा पिंढीको सबैभन्दा पवित्र जिम्मेवारी पनि हो । सोङुन युगको युवा पिंढीले यस सच्चाइलाई उच्च सम्मानमा राख्नुपर्दछ । आफ्नो मातृभूमिको लागि आफ्नो युवास्थालाई समर्पित गर्दै सं.रा. अमेरिकी आक्रमणलाई परास्त गर्ने महान् वर्षहरूका विजयजस्तै राष्ट्रको लागि आफ्नो पुस्ताको जिम्मेवारीलाई इज्जतका साथ पूरा गर्न सशक्त तरिकाले राष्ट्रिय प्रतिरक्षाको अग्रमोर्चामा उभिनु नै यसप्रतिको सबैभन्दा उच्च सम्मान हो ।
सशस्त्र भई आफ्नो मोर्चाको सुरक्षार्थ खटिएका, सर्वोच्च कमाण्डरका सेनाको रुपमा रहेका जनसेनामा राष्ट्रसेवी कर्मचारीहरूले पेक्डु पर्वतमा जापानीविरोधी छापामारहरू जस्तै गरी अझ सशक्त रुपमा तालिम लिनुपर्दछ । आफूलाई जुछेउन्मुख सैन्य विचारले भरिपूर्ण तथा लडाकु भावनाले ओतप्रोत ‘सयका–विरुद्ध–एक’ भन्ने लडाकुको रुपमा तयार पार्नुपर्दछ । आफूमा पूर्ण लडाकु तत्परता कायम राख्नुपर्दछ, सधंै युद्ध मोर्चामा छु भनी सोच्नुपर्दछ र शत्रुविरुद्धको निर्णायक लडाइँमा सोङुन कोरियाको युवा दस्ताको जोशलाई पूर्णतामा प्रदर्शन गर्नुपर्दछ ।
युवाहरूले आफ्नो हतियारलाई प्यारो ठान्ने र सैन्य व्यवहारलाई महत्व दिने स्वभाव ग्रहण गर्नुपर्दछ । शत्रुको सफाया गर्ने चाहनाको दियो बलिरहेको हृदय लिएर युवाहरू पूर्ण इमानदारीताका साथ सैन्य तालिममा सहभागी हुनुपर्दछ र लडाइँमा होमिन पूर्ण तयारी गर्नुपर्दछ । यसै जोशका साथ आफ्ना सडक, गाउँ, कारखाना, फर्म तथा विद्यालयको रक्षार्थ खटिनु पर्दछ । उनीहरूले युद्ध अनुभवी तथा अपाङ सेनाहरूलाई सम्मान तथा सहयोग गर्ने सुन्दर व्यवहारको पूर्ण प्रदर्शन तथा सेनालाई सहयोग गर्ने व्यवहारको उच्च प्रदर्शन गर्नुपर्दछ । त्यसको लागि राष्ट्रिय प्रतिरक्षार्थ शारीरिक तालिममा सक्रियताका साथ सहभागी हुनुपर्दछ ।
हामीलाई वैचारिक तथा सांस्कृतिक रुपमा दिग्भ्रमित पार्ने साम्राज्यवादी कदमलाई दृढ निश्चयका साथ धुलोपिठो पार्नुपर्दछ । शत्रुहरूले हाम्रो देशभित्र भ्रामक अभिलेख तथा प्रकाशनहरू घूसपैठ गराएर हाम्रा युवाहरूलाई वैचारिक रुपमा पतन गराउन र पार्टीबाट अलग गराउने प्रयास गर्दैछन् । भ्रष्ट विचारका वैचारिक तथा सांस्कृतिक घुसपैठका यस्ता सबै हर्कतहरूको मुख्य लक्ष्य नै नयाँ पुस्ताका हाम्रा युवाहरूलाई बिगार्नु हो । युवा पुस्ता यसको शिकार भएमा यसलाई पार्टी र क्रान्तिप्रतिको धोखा, गद्दारी र शत्रुलाई फाइदा पु¥याउने कार्यबाहेक अरु केही भन्न सकिने छैन । उनीहरूले यस्ता वैचारिक तथा सांस्कृतिक घूसपैठ तथा तिनका खतरनाक नियतलाई स्पष्टाका साथ बुझ्नुपर्दछ । यस्ता क्रियाकलापमा कहिल्यै सहभागी हुनुहुँदैन र यिनीहरूप्रति सदा सचेत रहँदै यिनीहरूविरुद्ध लड्दै गर्नुपर्दछ । ती अपराधीहरूबाट हुने समाजवादको बद्नामी र हाम्रो व्यवस्थालाई अवमूल्यन गर्नेलगायत अन्य सबै गैरसमाजवादी अभ्यासहरूबाट टाढै रहनुपर्दछ ।
समृद्ध समाजवादी राष्ट्र निर्माणमा युवाहरू अग्रदस्ता बन्नुपर्दछ र आक्रामक लडाकु बन्नुपर्दछ ।
समृद्ध समाजवादी राष्ट्र निर्माण नै जनताको रगतको मूल्यमा रक्षित देशलाई अझ समुन्नत बनाउने र जनताका सुन्दरतम आदर्शलाई यथार्थमा रुपान्तरण गर्ने योग्य सङ्घर्ष हो । यो सङ्घर्षमा गौरवमय जोश प्रदर्शन गर्न वर्तमान युगका युवा पुस्ताको सबैभन्दा ठूलो सम्मान र गर्वको विषय पनि हो ।
युवाहरू आर्थिक किल्ला निर्माण गर्ने मेरुदण्ड बन्नुपर्दछ । आर्थिक श्रम लाग्ने र कठिनाइका क्षेत्रमा उनीहरू स्वयंसेवी भएर काम गर्नुपर्दछ भने उन्नत क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्नुपर्दछ । उनीहरूले पेक्डुसान सोङुन विद्युत् गृहको निर्माण, उत्तरी रेलमार्गको निमार्णलाई तिव्रता र पूर्णता दिनुपर्दछ र ठूला आकारका प्रकृति पुनःनिर्माण तथा निर्माण परियोजनाका धेरै क्षेत्रहरूमा ठूलो पराक्रम देखाउनुपर्दछ । युवाहरूले राष्ट्रिय आर्थिक योजनालाई राष्ट्रले विश्वास गरेर आफूलाई सुम्पिएको युद्ध मिसनको रुपमा लिनुपर्दछ । ती कामलाई जसरी भए पनि कार्यान्वयन गर्नुपर्दछ र बढ्दो उत्पादनको ज्वाला सल्काउनु पर्दछ । निरन्तर नयाँ नयाँमान्यता र रेकर्ड कायम गर्दै जानुपर्दछ ।
युवाहरू विज्ञान र प्रविधिको तीव्रतम युगलाई समेत उछिनेर अगाडि बढ्ने प्रयासमा अग्रदस्ता बन्नुपर्दछ । भू–उपग्रहको निर्माण गरेको र सोङुन कोरियाको क्षमता देखाउन सक्षम वैज्ञानिकहरूले ठूला महत्वाकाङ्क्षाका साथ संसारसँग प्रतिस्पर्धा गरेजस्तै युवाहरूले मस्तिष्क र प्रविधिको बाक्लो प्रतिस्पर्धालाई सञ्चालन गर्नुपर्दछ । विज्ञान र प्रविधिमा आफ्नो उत्कृष्ट उपलब्धिहरूको सहायताले समृद्ध राष्ट्र निर्माणमा सशक्त उत्प्रेरक बन्नुपर्दछ । आफ्ना सृजनात्मक बौद्धिकता तथा प्रतिभालाई पूर्णतामा विकास गर्ने युवा विज्ञान तथा प्रविधि अभियानमा आफूलाई लगाउनुपर्दछ । आ–आफ्नो क्षेत्रमा प्रविधिमा सिद्धहस्त भई आविष्कार तथा प्रविधि अवधारणाको निपुणको रुपमा प्रसिद्धि आर्जन गर्नुपर्दछ ।
युवाहरू सोङुन युवा मसाल पुरस्कार आन्दोलन, युवा धक्का लडाकु अभियान, युवा कार्यदल अभियान र अन्य जनआधारित अभियानहरूमा सहभागी हुनुपर्दछ र आफ्ना युवा उर्वरता तथा बहादुरीलाई पूर्णतामा प्रदर्शित गर्नुपर्दछ ।
सभ्य समाजवादी राष्ट्रको उच्चतम बिन्दुमा आइपुग्ने सङ्घर्षको अग्रदस्ताको रुपमा उनीहरू उभिनु पर्दछ ।
कला तथा साहित्यको क्षेत्रमा पनि युवाहरूले आफ्नो सृजनालाई पूर्णतामा प्रदर्शित गर्नुपर्दछ र तीव्र क्रान्तिकारी सृजना कर्ममा लाग्नुपर्दछ । आम जनताले मनपराउने युगका मूलप्रवाहको निर्माण गर्नुपर्दछ । युवाहरूले उच्च संस्कृति तथा भावनात्मक जीवन स्थापना गर्न क्रान्तिकारी सैन्य संस्कृति सिक्नुपर्दछ र जनआधारित सांस्कृतिक तथा कलात्मक व्यवहारलाई सक्रियताका साथ सञ्चालन गर्दै आशावादिता र खुसीका साथ जीवन जिउनु पर्दछ । खेलकुदलाई जनआधारित र दैनिक जीवनको एक अङ बनाउँदै र हाम्रो देशलाई खेलकुद शक्ति बनाउने पार्टीको योजनालाई ऊँचो राख्दै, स्वर्ण पदकहरू जित्दै देशको इज्जतलाई ऊँचो राख्न तालिममा अझ पसिना बगाउनु पर्दछ । उत्पादन तथा जीवनका सुसंस्कृत शैली स्थापना गर्ने प्रयासमा निपुणता हासिल गर्ने कुरामा उनीहरू सहभागी हुनुपर्दछ र आ–आफ्ना कार्यस्थलहरूलाई सुधार गर्दै लानुपर्दछ । आफ्ना गल्ली, गाउँ आदिलाई समाजवादी स्वर्ग बनाउनु पर्दछ ।
सबै जनतालाई विज्ञान तथा प्रविधिप्रति सुसूचित बनाउने नारालाई ऊँचो राख्दै, युवाहरूले मेहनतका साथ आधुनिक विज्ञान तथा प्रविधि सिक्नुपर्दछ । ज्ञान अर्थव्यवस्थाको युगमा पूर्ण पारङत बन्नुपर्दछ । आफ्नो दैनिक कार्यतालिका तथा बानीलाई पुस्तक पढ्ने काममा लगाउनु पर्दछ । मिहिनेती तथा जोशिला अध्ययता बनेर पार्टी प्रकाशन, क्रान्ति शिक्षाप्रति समर्पित पुस्तकहरू र विज्ञान तथा प्रविधिका पुस्तकहरूलगायत विभिन्न क्षेत्रका पुस्तकहरू पढ्नुपर्दछ । छोङयोन जोन्वी पत्रिकाका हरेक अड्ढ उनीहरूले पढेको हुनुपर्दछ ।
विद्यार्थीहरू समुन्नत कोरियाका स्तम्भहरू हुन् । उनीहरूले वैज्ञानिक तथा प्राविधिक शक्ति तथा प्रतिभावान राष्ट्रको रुपमा देशको भविष्यलाई डो¥याउने कामको जिम्मेवारी लिनुपर्दछ । आफ्नो बीस र तीसको उमेरमा संसार नै छक्क पर्ने वैज्ञानिक तथा चिकित्सक बन्ने महत्वाकाङ्क्षालाई बढावा दिंदै, उत्पादन उद्यमशीलता तथा विविध सामाजिक–राजनैतिक क्रियाकलापमा सक्रियतापूर्वक सहभागी हुनुपर्दछ । सैद्धान्तिक तथा व्यावहारिक क्षमता तथा विस्तृत सीपयुक्त क्रान्तिकारी श्रमिकको रुपमा आफूलाई तयार पार्नुपर्दछ ।
नयाँ युगमा पार्टीको युवा अग्रदस्ताको रुपमा आफ्ना सम्मानजनक मिसनलाई युवा पुस्ताले इज्जतका साथ पूरा गर्दछ भन्ने कुरालाई सुनिश्चिता दिलाउने काममा युवा लिगको प्रारम्भिक सङ्गठनको निकै महत्वपुर्ण भूमिका र हैसियत रहेको छ ।
युवा लिगका प्रारम्भिक सङ्गठनहरू युवाका राजनैतिक जीवनका आधार र आधारभूत लडाकु एकाइहरू हुन् । उनीहरूले नै युवालाई पार्टी वरिपरि गोलबद्ध पार्दछन् । पार्टी नीतिको कार्यान्वयनमा उनीहरूलाई व्यवस्थित र परिचालित गर्दछन् । उनीहरूको सङ्गठन क्षमता, एकीकृत शक्ति तथा लडाकु कुशलता ठोस रुपमा युवा लिगका कुशलता र क्षमता हुनेछन् ।
तर पनि युवाका राजनैतिक सङ्गठनहरूको रुपमा आफ्ना महत्वपूर्ण जिम्मेवारी र लक्ष्यमा सन्तोषजनक तरिकाले अघि बढ्न उनीहरू असफल भइरहेका छन् । कोही कोही आफ्ना सदस्यहरूका साङ्गठनिक तथा वैचारिक जीवनलाई मार्गनिर्देश गर्नेे आफ्नो आधारभूत जिम्मेवारीमा चुकिरहेका छन्, युवाका सङ्गठनहरूलाई सुहाउने युवाका भावना र मनोविज्ञानलाई एकाकार बनाउने काम गरिरहेका छैनन् ।
प्रारम्भिक सङ्गठनहरूलाई सबल पार्ने र उनीहरूको भूमिका बढाउने कुरा युवा लिगलाई सबल पार्ने काममा पहिलो कदम हो र युवा आन्दोलन विकास समग्र श्रृङ्खलाका प्रमुख कडी हुन् । त्यसैकारण हाम्रो पार्टीले युवा लिगका प्रारम्भिक पदाधिकारीको सम्मेलनलाई विशेष महत्व दिन्छ । युवा लिगको आधारभूत सङ्गठनलाई सबलिकृत पार्ने अवसरको रुपमा सम्मेलनलाई लिइनुपर्दछ । पार्टीको सोङुन–आधारित क्रान्तिकारी नेतृत्वकार्यलाई निष्ठाका साथ सहयोग गर्ने अग्रदस्ता बनाउन युवाहरूलाई प्रशिक्षित गर्नेछ भन्ने कुराको अपेक्षा राख्दछ ।
युवा लिगको कार्यको महत्व र पार्टीको उच्च अपेक्षालाई हृदयमा राखी, यस सम्मेलनमा सहभागी र युवा लिगका अन्य पदाधिकारीहरूले सोङुन युवाको अभियानलाई नयाँ उचाइमा पु¥याउन युवा लिगको प्रारम्भिक सङ्गठनका भूमिका तथा सैन्य कारबाहीलाई क्रान्तिकारी तरिकाले बढावा दिनुपर्दछ ।
युवा लिगका प्राथमिक सङ्गठनहरूले क्रान्तिको विकासको आवश्यकताअनुसार सदस्यहरूको साङ्गठनिक तथा वैचारिक स्तरलाई सशक्त पार्नुपर्दछ ।
सोङुन क्रान्तिका अग्रदस्ता लडाकुको रुपमा प्रशिक्षित भए वा नभए पनि आफ्नो नेतृत्वलाई हातमा हात र काँधमा काँध मिलाउँदै साथ दिने पेक्डु पर्वतदेखिको अभियानलाई कसले निरन्तरता दिन्छ भन्ने कुरा युवा लिगका प्रारम्भिक सङ्गठनहरूले कसरी उनीहरूको सङ्गठनिक तथा वैचारिक स्तरलाई व्यवस्थित मार्गनिर्देशन गर्दछ भन्ने कुरामा भरपर्दछ । सदस्यहरूको साङ्गठनिक तथा वैचारिक स्तरलाई सशक्त पार्न उनीहरूले आफ्ना प्रयासलाई निर्देशित गर्ने कुराले निकै ठूलो महत्व राख्दछ ।
उनीहरूले युवाहरूमा तीव्र वैचारिक शिक्षा सञ्चालन गर्नुपर्दछ । किम जोङ इलको देशभक्तिपूर्ण भावना, निष्ठा र वर्ग सचेतता तथा नैतिकताका शिक्षालाई सशक्त पार्नु आजका युवाहरूको वैचारिक शिक्षामा निकै महत्वपूर्ण विषय हो ।
नयाँ पुस्तालाई समृद्ध राष्ट्र निर्माणमा ल्याउन प्रोत्साहित गर्ने सशक्त उत्प्रेरक तथा जनताप्रति प्रेम गर्ने सच्चा राष्ट्रभक्तको रुपमा नयाँ पुस्तालाई हुर्काउने काममा किम जोङ इलको देशभक्ति निकै उत्प्रेरक बन्दछ । युवा लिगका प्रारम्भिक सङ्गठनहरूले युवाहरूलाई सत्यतथ्यको आधारमा देश र जनतालाई आफ्नो मन मस्तिष्कमा राखिरहने, आजीवन देश र जनताप्रतिको मायाको बाटोमा लागिरहने किम जोङ इलको अमर पराक्रमलाई सुसूचित गर्नुपर्दछ । यसो गर्दै जाँदा उनीहरूलाई किम जोङ इलका देशभक्तिपूर्ण भावनालाई आफ्नो लक्ष्यको आधारको रुपमा प्रोत्साहित गर्नुपर्दछ । उनीहरू आफ्नो गाउँ–ठाउँ वा कार्यस्थल मन पराउने तथा देश अनि जनताको आव्हानको सम्मानमा आफूलाई समर्पित गर्न सदा तयारी राख्ने सच्चा देशभक्त हुनेछन् ।
क्रान्ति भनेकै निष्ठा हो र निष्ठाविहीन मानिस क्रान्तिकारी बन्न सक्दैन । दृढ क्रान्तिकारी निष्ठा भएकाहरूले मात्रै, क्रान्तिको बाटोलाई अन्तिमसम्म अवलम्बन गर्दछन् । आफूलाई देश तथा जनताप्रति समर्पित गर्र्नेछन् । युवाहरूलाई पार्टीको ध्येय सही छ, हाम्रो विजय सुनिश्चित छ भन्ने कुरामा विश्वस्त पार्न लक्षित शिक्षालाई सशक्त पार्दै, युवा लिगका प्रारम्भिक सङ्गठनहरूले अटल निष्ठा र इच्छाशक्तिले भरिपूर्ण भई सोङुनको क्रान्तिकारी ध्येयको विजयप्रति बहादुरीका साथ लड्न सबै युवालाई प्रोत्साहित गर्नुपर्दछ । उनीहरूले बेला–बेलामा र महत्वका साथ क्रान्तिकारी युद्धभूमि तथा ऐतिहासिक क्षेत्रमा गर्ने भ्रमणलाई व्यवस्थित गर्नुपर्दछ, युवाहरूलाई हाम्रा नेताको महानता तथा उनीहरूका उपलब्धिप्रति गहिरोसँग प्रशिक्षित गर्नुपर्दछ । आफ्ना क्रान्तिकारी अग्रजहरूको बफादारिताको महान् उदाहरणलाई पछ्याउँदै, पार्टी तथा नेतृत्वप्रतिको विशुद्ध बफादारिताका साथ आफ्नो जीवनलाई गौरवमय पार्दै लानुपर्दछ ।
वास्तवमा नयाँ पुस्ताका हाम्रा क्रान्तिकारी पङ्क्ति पराक्रम तथा दमनका पुस्तकमा आधारित ज्ञानले मात्रै प्रशिक्षित भएका छन् । उनीहरूले युद्धका कठिनाइको अनुभव हासिल गर्नै पाएका छैनन् । विद्यमान स्थिति र क्रान्तिको आवश्यकताअनुसार सैद्धान्तिक र गहन रुपमा प्रशिक्षण सञ्चालन गर्दै, युवा लिगमा प्रारम्भिक सङ्गठनहरूले युवाहरूले साम्राज्यवादी तथा अन्य वर्गशत्रुहरूलाई निकै घृणा गर्नुपर्दछ । विगतमा शत्रुसँगको लडाइ लड्न बगाएको रगतको मूल्य र गर या मरको दृढसङ्कल्पको मूल्यमा हासिल गरिएका क्रान्तिका उपलब्धिहरूलाई भरपर्दो तरिकाले रक्षा गर्नुपर्दछ ।
क्रान्तिकारी पङ्क्तिले एकमनको एकतालाई थप सशक्त पार्ने र समाजको विद्यमान जीवनलाई अझ क्रान्तिकारी र अझ असल बनाउने समाजवादी नैतिकताको शिक्षालाई सशक्त पार्ने कुरा आजको जल्दोबल्दोे माग बनेको छ । आफ्ना बोली, व्यवहार र सार्वजनिक नैतिकतामा उचित शिष्ठता कायम राख्ने कुरामा युवाहरू असफल भइरहेका छन् । असल सार्वजनिक व्यवहार तथा व्यवस्थालाई बर्बाद पारिरहेका छन् । युवा लिगले नैतिकताको शिक्षालाई उचित तरिकाले सञ्चालन गर्न नसकेको कारण यसो हुन गएको हो । नैतिकताको शिक्षालाई प्रमुख कार्यको रुपमा लिँदै र निरन्तर यसैमा अगाडि बढ्दै, युवा लिगका प्राथमिक सङ्गठनहरूले युवा पुस्तालाई आफ्ना क्रान्तिकारी अग्रज, शिक्षक तथा वरिष्ठहरू र स्वयंसेवीहरूलाई सम्मानका साथ व्यवहार गर्नुपर्दछ ।
सर्वप्रथमतः उनीहरूले युवाहरूमा सघन वैचारिक प्रशिक्षण सञ्चालन गर्नुपर्दछ । किम जोङ इलको देशभक्तिपूर्ण भावना, निष्ठा र वर्ग सचेतता तथा नैतिकताका शिक्षा आजका युवाहरूको वैचारिक प्रशिक्षणमा निकै महत्वपूर्ण विषय बन्नुपर्दछ ।
समृद्ध राष्ट्र निर्माणमा लाग्ने तथा देश र जनतालाई माया गर्ने सच्चा देशभक्तको रुपमा नयाँ पुस्तालाई हुर्काउने काममा किम जोङ इलको देशभक्ति भावना निकै उत्प्रेरक बन्नुपर्दछ । युवा लिगका प्रारम्भिक सङठनहरूले युवाहरूलाई सत्य–तथ्यको आधारमा देश र जनतालाई मन–मस्तिष्कमा राखिरहने, आजीवन देश र जनताको सेवाको बाटोमा लागिरहने किम जोङ इलको पराक्रमबारे सुसूचित गर्नुपर्दछ । उनीहरूले किम जोङ इलका देशभक्तिपूर्ण भावनालाई आफ्नो लक्ष्यको रुपमा अगाडि बढाउनु पर्दछ । युवा कार्यकर्ताहरू आफ्नो गाउँ र कार्यस्थललाई मनपराउने र देश तथा जनताको हितमा आफूलाई समर्पित गर्न सदा सच्चा देशभक्त हुनुपर्दछ ।
क्रान्ति भनेकै निष्ठा हो र निष्ठाविहीन मानिस क्रान्तिकारी बन्न सक्दैन । दृढ क्रान्तिकारी निष्ठा भएकाहरूले मात्रै क्रान्तिको बाटोलाई अन्तिमसम्म अवलम्बन गर्दछन् । आफूलाई देश तथा जनताप्रति समर्पित गर्दछन् । युवाहरूलाई पार्टीको ध्येय सही छ हाम्रो विजय सुनिश्चित छ भन्ने कुरामा विश्वस्त पार्न प्रशिक्षणलाई सशक्त पार्दै युवा लिगका प्रारम्भिक सङठनहरू अटल निष्ठा र इच्छाशक्तिले भरिपूर्ण बन्नुपर्दछ । उनीहरूले सोङुनको क्रान्तिकारी ध्येयको विजय प्राप्तिका लागि बहादुरीका साथ लड्न सबै युवालाई प्रोत्साहित गर्नुपर्दछ । उनीहरूले बेलाबेलामा र महत्वका साथ युद्धभूमि तथा ऐतिहासिक क्षेत्रमा गरिने भ्रमणलाई व्यवस्थित गर्नुपर्दछ । युवाहरूलाई हाम्रा नेताको महानता तथा उनीहरूका उपलब्धिहरूप्रति प्रशिक्षण दिनुपर्दछ । आफ्ना क्रान्तिकारी अग्रजहरूको बफादारिताको महान् उदाहरणलाई पछ्याउँदै पार्टी तथा नेतृत्वप्रतिको विशुद्ध बफादारिताका साथ आफ्नो जीवनलाई गौरवमय पार्दै लानुपर्दछ ।
वास्तवमा नयाँ पुस्ताका क्रान्तिकारी पङ्क्ति पराक्रम तथा दमनका पुस्तकमा आधारित ज्ञानले मात्रै प्रशिक्षित भएका छन् । उनीहरूले युद्धका कठिनाइको अनुभव हासिल गर्नै पाएका छैनन् । उनीहरूमा रहेको वर्ग सचेतनाको स्तरोन्नति गर्नु जरुरी छ । विद्यमान स्थिति र क्रान्तिको आवश्यकताअनुसार सैद्धान्तिक र गहन रुपमा प्रशिक्षण सञ्चालन गर्दै युवा लिगमा प्रारम्भिक सठनहरूले युवाहरूलाई साम्राज्यवादी तथा अन्य वर्गशत्रुहरूलाई निकै घृणा गर्न सिकाउनुपर्दछ । विगतमा शत्रुसँगको लडाइँ लड्न बगाएको रगतको मूल्यको र गर या मरको दृढसङ्कल्पको मूल्यमा हासिल गरिएका क्रान्तिका उपलब्धिहरूलाई भपर्दो तरिकाले रक्षा गर्नुपर्दछ ।
क्रान्तिकारी पङ्क्तिले एकमनको एकतालाई थप सशक्त पार्नुपर्दछ । समाजको विद्यमान स्तरलाई अझ क्रान्तिकारी र असल बनाउने समाजवादी नैतिकताको शिक्षालाई सशक्त पार्ने कुरामा जोड दिनुपर्दछ । आफ्नो बोली–व्यवहार र सार्वजनिक नैतिकतामा उचित शिष्टता कायम राख्ने कुरामा युवाहरू असफल भइरहेका छन् र असल सार्वजनिक व्यवहार तथा व्यवस्थालाई बर्बाद पारिरहेका छन् । युवा लिगले नैतिकताको शिक्षालाई उचित तरिकाले सञ्चालन गर्न नसकेको कारण यसो हुन गएको हो । नैतिकताको शिक्षालाई प्रमुख कार्यको रुपमा लिँदै र निरन्तर यसैमा अगाडि बढ्दै युवा लिगका प्रारम्भिक सङठनहरूले युवा पुस्तालाई क्रान्तिकारी अग्रज, शिक्षक तथा वरिष्ठ स्वयंसेवीहरूलाई सम्मान गर्न सिकाउनुपर्दछ ।
वैचारिक शिक्षालाई विविध रुपमा, विविध तरिकाले र प्रभावकारी तरिकाले सञ्चालन गर्नुपर्दछ ।
नियमित र प्रभावकारी तरिकाले सेनाध्यक्ष किम जोङ इलका उदाहरणहरूलाई अनुशरण गर्ने, अध्ययन कक्षा, प्रवचन बैठकहरूलगायत युवा लिगमा स्थापित शैक्षिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु निकै महत्वपूर्ण छ । युवाहरूको प्रशिक्षणका बैठकहरू निरन्तर व्यवस्थित गरिनु पर्दछ र यसलाई सदा सक्रिय राख्नुपर्दछ ।
वैचारिक शिक्षालाई मौलिक तरिकाले र उन्नत समयको भावनाअनुसार एकाकार गर्दै सञ्चालन गरिनुपर्दछ, ताकि यसले युवाहरूको हृदय छुन सकोस् र उनीहरूलाई सही मार्गमा अगाडि बढाउन सकोस् । युवा लिगका प्रारम्भिक सङठनहरूले वैचारिक प्रशिक्षण कार्यक्रममा धेरैभन्दा धेरैलाई संलग्न गराउनुपर्दछ । साथै विगतका औपचारिक तथा स्थापित तरिकालाई निरन्तरता दिनुपर्दछ । हाम्रो समयका युवाहरूको मनस्थितिअनुसार योग्यताअनुसार त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिएको छैन र वैचारिक प्रशिक्षणको स्वरुप तथा तालिकालाई निरन्तर सुधार गर्न सकिएको छैन ।
युवा लिगका प्रारम्भिक सङठनहरूले आफ्ना साङठनिक क्रियाकलापहरूमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न निर्णायक उपाय अवलम्बन गर्नुपर्दछ ।
युवाहरूलाई युवा लिगका सङठनहरूप्रति प्रेम र सम्मान गर्ने, आफूलाई साङठनिक शिक्षा तथा सुपरिवेक्षण मातहतमा राख्ने, आफ्ना सङठनका अमूल्य कुरालाई सही तरिकाले बुझ्न सक्ने बनाउन उनीहरूले प्रयास गर्नुपर्दछ । सबै युवाहरूलाई युवा लिगका साङठनिक अनुशासनप्रति सचेत पार्दै, त्यसै अनुसारको जीवन जीउने र कार्य गर्ने तथा सङठनले आफूलाई सुम्पिएका जिम्मेवारीलाई समयमै सफलतापूर्वक सञ्चालन गर्ने कुरामा ध्यान दिनुपर्दछ । साङठनिक जीवनको अग्निभट्टीमा क्रान्तिकारी तरिकाले खारिन सकोस् भनी आफ्नो जीवनलाई पुनरावलोकन गराउने प्रभावकारी बैठकहरूमा आफ्ना सदस्य सहभागी भएका छन् कि छैनन् भन्ने कुरामा जोड दिनुपर्दछ ।
आफ्ना सदस्यहरूको साङठनिक जीवनलाई मार्गनिर्देशन गर्ने कामलाई आफ्नै स्वेच्छिक प्रयास बनाउनु हुँदैन । तर साङठनिक अनुशासन स्थापित गर्ने कार्यमा यी सङठनहरू असफल भइरहेका छन् । युवा लिगका प्रारम्भिक सङठनहरूले आफ्ना सदस्यहरूलाई थप सक्रिय राख्नुपर्दछ र साङठनिक अनुशासनलाई कसिलो बनाउनुपर्दछ । साङठनिक जीवनमा उनीहरू सबैको सहभागिताको सुनिश्चित गर्नुपर्दछ ।
आफ्ना प्रमुख क्रान्तिकारी जिम्मेवारी कार्यान्वयनमा ध्यान दिंदै आफ्ना सदस्यहरूको साङठनिक जीवनलाई मार्गनिर्देशन गर्नुपर्दछ, ताकि युवाहरूले आफ्ना प्राविधिक आविस्कारका जिम्मेवारी तथा राष्ट्रिय आर्थिक योजनाअन्तर्गतका आफ्ना कार्यहरूलाई पूरा गर्न सकूँन् । विद्यार्थीहरूले थप मेहनत गरेर आफ्ना प्राज्ञिक प्रस्तुतिलाई सुधार गर्न सकूँन् ।
प्रारम्भिक सङठनहरूले निकै सक्रियताका साथ युवा अग्रदस्ता नमुना प्राथमिक समिति अभियान, युवा अग्रदस्ता नमुना प्राथमिक एकाइ अभियान, युवा नमुना कक्षा अभियान सञ्चालन गर्नुपर्दछ । उनीहरूले वैधानिकता र सक्रियका साथ आफ्ना कार्य गरिरहेका पनि छन् ।
युवा लिगका प्रारम्भिक पदाधिकारीहरूले आफ्ना जिम्मेवारी तथा भूमिकाको भावनालाई बढावा दिनुपर्दछ ।
उनीहरू पार्टीको सोङुनमा आधारित क्रान्तिकारी नेतृत्वलाई सघाउने कार्यमा नेतृत्व लिने यन्त्र बन्नुपर्दछ र पार्टीको अनुशरण गर्दै युवाहरूलाई अगाडि बढाउने मार्ग निर्देशक बन्नुपर्दछ ।
उनीहरूले युवालाई सुहाउने अथक जोश, उत्साह र साहसका साथ सबै कार्य सञ्चालन गर्नुपर्दछ । आफ्ना कार्यलाई नवीन रुपले योजनाबद्ध गर्नुपर्दछ, अथक रुपले सञ्चालन गर्नुपर्दछ र सुरु गरेको कामलाई अन्तिम टुङोसम्म पु¥याएरै छोड्नुपर्दछ ।
व्यवहारिक उदाहरण प्रस्तुत गरेर उनीहरूले आफ्ना सदस्यहरूको नेतृत्व गर्नुपर्दछ । व्यवहारिक उदाहरण नै शक्तिशाली उत्प्रेरणा हुन् । कठिन तथा श्रम गर्नुपर्ने कार्यमा अरुहरूभन्दा अगाडि उभिएर फत्ते गर्नुपर्दछ । आफ्ना सदस्यहरूलाई शब्दले होइन, व्यवहारले प्रभावित पार्नुपर्दछ । सङ्घर्ष गर्न र जोशिला बन्न उनीहरूलाई व्युझाउनु पर्दछ । काम तथा जीवनका सबै पक्षमा सदस्यहरूलाई प्रोत्साहित गर्न आफंै उदाहरण बनेर प्रस्तुत हुनुपर्दछ ।
आफ्ना सङठनका सदस्यहरूलाई आफ्नै भाइ–बहिनीजस्तो व्यवहार गर्नुपर्दछ । आफ्नो काम तथा जीवनमा तन–मनको एकता कायम राख्नुपर्दछ । अरुभन्दा पहिले आफ्ना सदस्यहरूको मानसिक पीडालाई बुझ्नुपर्दछ । जीवन र कामका हरेक पक्षमा उनीहरूको हेरचाह गर्नुपर्दछ र उनीहरूको प्रगतिको आधार बन्नुपर्दछ । आफ्ना सदस्यहरूको गल्तीलाई आफ्नै पनि कमजोरी मानी समीक्षा गरेर र एक पटकले नपुगे उनीहरूलाई दस पटक, सय पटक सल्लाह दिएर सच्याएर सबै युवाहरूलाई असल अग्रदस्ता बनाउनु पर्दछ । आफ्ना सदस्यहरूलाई नम्रता र मुस्कानका साथ स्वागत गर्ने, उनीहरूका सबलता र विवेकमा रहेका कठिनाइहरूलाई समाधान गर्ने सर्वोत्कृष्ट उपाय अवलम्बन गर्ने र प्रारम्भिक सङठनहरूलाई सामञ्जस्यपूर्ण सामूहिकतामा रुपान्तरण गर्न उनीहरूसँग दुःख–सुख बाँड्ने गर्नुपर्दछ ।
प्रारम्भिक पदाधिकारीहरूमा उच्च राजनैतिक तथा व्यवहारिक योग्यता हुनुपर्दछ ।
युवा लिगका प्रारम्भिक पदाधिकारीहरू किम इल सङवाद र किम जोङ इलवादले पूर्ण दीक्षित हुनुपर्दछ । युवा अभियानको सम्बन्धमा पार्टीका विचार तथा नीतिहरूप्रति पूर्ण जानकार हुनुपर्दछ । उनीहरूलाई आफ्नो निष्ठाको प्रतिमूर्ति बनाउनुपर्दछ । उनीहरू युवा लिगका व्यावहारिक कार्यप्रति पोख्त भएरमात्र पुग्दैन । त्योभन्दा माथि आफ्नो राजनैतिक तथा सैद्धान्तिक योग्यता राख्नुपर्दछ । आधुनिक विज्ञान तथा प्रविधिको ज्ञानबारे पोख्त हुनुपर्दछ । व्यापकतामा परिस्थितिप्रति सुसूचित हुनुपर्दछ । साथै अन्य धेरै क्षेत्रको उचित ज्ञान राख्नुपर्दछ । विना कुनै रवाफ कसरी सदस्यहरूबीच घुलमिल हुने र नाच्दै–गाउँदै सीपयुक्त तरिकाले सङित बजाउँदै, उत्साहपूर्ण भाषण गर्दै, उनीहरूलाई परिचालन गर्दै जाने भन्ने कुरामा बहुआयामिक बन्नुपर्दछ ।
सबै तहका युवा लिगका समितिहरूले प्रारम्भिक सङठनहरूलाई जिम्मेवार तरिकाले मार्गनिर्देशन गर्नुपर्दछ र उनीहरूलाई सकारात्मक सहयोग गर्नुपर्दछ ।
हाल औपचारिक कार्यक्रमहरू, आर्थिक अभियानहरू व्यवस्थित गर्न व्यस्त केही समितिहरू आफ्ना प्रारम्भिक सङठनहरूसँग काम गर्न खासै प्रयास गरिरहेका छैनन् । केही पदाधिकारीहरू आफ्ना कार्यालयहरूमा मात्रै सीमित रहने, टेलिफोन तथा कागजपत्रका आफ्ना काम गर्नमा समय व्यतीत गर्ने, यो वा त्यो काम गर्न प्रारम्भिक सङठनहरूलाई खटाउने जस्ता कार्य गर्दै आइरहेका छन् । उनीहरूले प्रारम्भिक सङठनका कार्यलाई बेवास्ता गरेको अवस्थामा प्रारम्भिक सङठनहरू कमजोर बन्दछन् र उचित तरिकाले आफ्नो भूमिका निभाउन सक्दैनन् । परिणामतः समग्रमा युवा लिग नै कमजोर र प्रभावविहीन बन्दछ ।
सबै तहका युवा लिगका समितिहरू आफ्ना मातहतका प्रारम्भिक सङठनहरूसँगको सहकार्यमा पुरानो तरिकाबाट मुक्त हुनुपर्दछ । मेचमा आराम गर्दै काम गर्ने प्रवृत्तिबाट जोगिनुपर्दछ । सङठनहरूलाई मार्गनिर्देशन गर्ने र सहयोग गर्ने कार्यलाई सशक्त पार्न निर्णायक कदम चाल्नुपर्दछ । आफ्नो मातहतका सबैभन्दा तल्लो एकाइको रुपमा रहेका नगर तथा गाउँ युवा लिग समितिमा भूमिका बढाउन र मुख्यतः प्रारम्भिक सङठनहरूसँग व्यवहार र सम्बन्ध बढाउन यसको विशेष महत्व रहने गरेको छ ।
सबै तहका युवा लिग समितिका पदाधिकारीहरूले प्रारम्भिक सङठनहरूमा नियमित रुपमा सम्पर्क गर्ने र उनीहरूलाई सहयोग गर्ने नियम नै बनाउनुपर्दछ । प्रारम्भिक सङठनहरूको स्थितिलाई विस्तृत रुपमा अध्ययन गर्ने र कुनै पनि समस्या समाधान गर्न उनीहरूलाई सहयोग गर्नुपर्दछ । यसरी उनीहरूले प्रारम्भिक पदाधिकारीहरूलाई प्रोत्साहित र महत्वपूर्ण तरिकाले सहयोग गर्नुपर्दछ ।
युवा लिगका प्रारम्भिक पदाधिकारी पङ्क्तिलाई सशक्त पार्नुपर्ने हुन्छ । उनीहरूले पार्टीप्रति बफादार युवा–युवतीहरूलाई मानसिक र नैतिक रुपमा तयार पार्नुपर्दछ । साङ्गठनिक जीवनमा र आफ्ना क्रान्तिकारी कार्यभारको कार्यान्वयनमा उदाहरण बनाउनुपर्दछ । आफ्ना योग्यता सुधार गर्न उनीहरूले प्रभावकारी तरिकाले काम गर्नुपर्दछ ।
युवा लिगका कार्यहरूमाथि पार्टी मार्गनिर्देशनलाई सबल बनाउनुपर्दछ ।
हाम्रो पार्टीले युवा लिगका कार्यक्रमलाई पार्टी कार्यक्रमहरूजत्तिकै महत्व दिन्छ । युवाहरूलाई विशेष महत्व दिनु हाम्रो पार्टीको अविचलित नीति तथा अनन्त राजनैतिक कार्यदिशा हो ।
पार्टी सङठनहरूले पनि युवा लिग सङठनका काम–कारबाहीलाई पार्टी कार्यकै एउटा भागको रुपमा विशेष ध्यान दिनुपर्दछ । उनीहरूले नियमित रुपमा युवा लिगका साङठनिक कामहरूसँग आफूलाई परिचित गराउँदै लानुपर्दछ । उनीहरूका कार्यमा आएको विचलनलाई सच्याउनुपर्दछ । जिम्मेवार तरिकाले समस्याको समाधान गर्नुपर्दछ ।
उनीहरूले युवा लिगका प्रारम्भिक सङठनहरूमा आत्मनिर्भरता र सृजनालाई प्रोत्साहित गर्नुपर्दछ । प्रत्येक अवधिमा पार्टीका नीतिहरूबारे सुसूचित गर्नुपर्दछ, ताकि त्यहाँका पदाधिकारीले कार्य योजना तयार पार्ने र पार्टीको चाहनाअनुसार सक्रिय तरिकाले कार्यान्वयन गराउनुपर्दछ । निडर र सबल भएर उनीहरूले प्रारम्भिक सङठनहरूलाई महत्वपूर्ण कामको जिम्मेवारी सुम्पनुपर्दछ । उनीहरूलाई समग्रमा आफ्नै प्रयासमा भर पर्ने बनाउनुपर्दछ । उनीहरूले युवाका सृजनात्मक विचारहरूलाई सक्रियता पूर्वक यथार्थमा रुपान्तरण गर्न सहयोग गर्नुपर्दछ । उनीहरूले स्वतन्त्र क्रियाकलापका लागि प्रारम्भिक सङठनहरूलाई उपयुक्त परिस्थिति बनाइदिनु पर्दछ ।
इज्जत तथा गर्वको उच्च भावनाको साथ काम गर्न सकून् भनी युवा लिगका प्रारम्भिक पदाधिकारीहरूलाई उनीहरूले विशेष महत्व तथा प्राथमिकता दिनुपर्दछ । क्रान्तिकारी तरिकाले दीक्षित र व्यवहारिक कार्यमा प्रशिक्षित गर्न उनीहरूलाई बेला बेलामा भेट्ने गर्नुपर्दछ । उनीहरूले प्रारम्भिक पदाधिकारीहरूलाई युवा लिगका कार्यमा उदाहरण बन्ने उत्कृष्ट पदाधिकारीहरू पार्टीमा पठाउनुपर्दछ र पार्टी पदाधिकारीको रुपमा विकास गराउनुपर्दछ ।
पार्टीको वरिपरि दृढ रुपमा गोलबद्ध बन्दै, पार्टीको विचारप्रति निष्ठा राख्दै, इच्छाशक्ति र निरन्तरताका साथ पार्टीलाई अनुशरण गर्ने उत्तराधिकारीहरूको ठूलो लर्को हाम्रो साथमा हुन जरुरी छ । हामी केही र कसैसँग डराउनुपर्ने अवस्था छैन । अन्तिम विजय प्राप्त हुनेमा हामी सुनिश्चित छौं ।
पार्टी नेतृत्वको मातहतमा सोङुन क्रान्तिकारी ध्येय पुरा गर्नको लागि युवाहरूले ऐतिहासिक अग्रगामी मोर्चामा युवा अग्रदस्ताको रुपमा आफ्ना साहसिक उत्साहपूर्ण रुपमा प्रदर्शित गर्नेछ भन्ने कुरामा मलाई द¥हो विश्वास छ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *