भर्खरै :

सामान्य अङ्कले बढ्यो शेयर बजार

काठमाडौं, १९ असार (रासस) । लगातार ओरालो लाग्दै आएको शेयर बजार मङ्गलबार भने सामान्य बिन्दुले उकालो लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर रु. २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ ।
आइतबार र सोमबारको तुलनामा शेयर सङ्ख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । नेप्सेका अनुसार चार उपसमूहको शेयर मङ्गलबार घटेको छ भने पा“च उपमूहको शेयर बढेको छ ।
बैङ्किङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको शेयर ०.७१ बिन्दुले बढेको छ । यस्तै विकास बैङ्क ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ ।
रिडी हाइड्रोको हकप्रद शेयर आउने
रिडी हाइड्रोले एकबराबर एक कित्ता हकप्रद शेयर दिने भएको छ । कम्पनीले स्टकलाई मङ्गलबार दिएको जानकारीअनुसार रु. ५० करोड १० लाख ५५ हजार १०० बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ ।
कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् हकप्रद शेयर जारी गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *