भर्खरै :

पेनाल्टीमा जितेपछि बेलायती सञ्चारको हाईहाई

मस्को, ४ जुलाई । मङ्गलबार राति इङग्ल्याण्डको फुटबल टोलीले पेनाल्टी प्रहारमार्फत् कोलोम्बियालाई पराजित गरे पछि बेलायती सञ्चारमाध्यमले आफ्नो स्वदेशी टोलीको खुलेर प्रशंसा गरेका छन् । बेलायती मिडियाको यो प्रतिक्रियाले हामीलाई आफ्नो राष्ट्रिय टोलीको सन्दर्भमा बेलायतमा आफूले सोचेजस्तो भए बेलायत संसारकै सबभन्दा महान देश हो भन्ने नत्र आकाश नै खस्ने प्रकारको कुराकानी हुने स्मरण गरेको छ ।
बुधबार भने बेलायतमा यीमध्ये पहिलो कुरा चर्चा भएको थियो । सन् १९९६ देखि यता पहिलो पटक पेनाल्टीबाट बेलायत जितेको खुशीमा बेलायतको गार्जियन पत्रिकाको खेल पृष्ठको शीर्षकमा लेखियोः ‘हो हामी सक्छौं ¤’ बेलायती टोलीले वर्षौदेखि भोग्दै आएको निराशालाई प्रशिक्षक गारिथ साउथगेटले विश्वासमा बदलिदिएको छ । द मिरर पत्रिकाले पनि ‘आखिरमा बेलायतले पेनाल्टीमा जित हासिल गरिछाड्यो ।’ लेखेर गार्जियनकै वाक्यलाई दोहो¥यायो । मेट्रो नामको प्रभातकालीन पत्रिकाले लेख्यो, ‘कहिल्यै सन्देह थिएन ।’
डेली एक्सप्रेसले आफ्नो शीर्षकमा लेख्यो, ‘अब तिमीले फेरि स्वास फेर्न सक्ने भयौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *