भर्खरै :

संसदमा भूतपूर्व विद्रोहीको बयान

– सुरेन्द्रराज गोसाई
ऊ विद्रोही थियो (!)
तर आज
विद्रोह बोल्न सक्दैन
विद्रोह बास्न सक्दैन
विद्रोह जन्माउन सक्दैन
हो, आज
ऊ एक बन्ध्याकृत विद्रोही ।
आज, ऊ स्वयं बोल्छ–
‘विद्रोह त दबाइएछ
विद्रोही त बन्धकमा छ’
आज उसले चाल पाएछ–
‘हामी त बेचिएछौं ।’
उसको स्वीकारोक्ति–
‘विद्रोह तिमीले बोल्दैछौ
तिमीलाई सलाम, तिमीलाई बधाई
मेरो मौनता तिम्रो समर्थनमा
मेरो मन्द मुस्कान तिम्रो स्वागतमा ।
तिम्रो विद्रोही आवाजको सम्मानमा
न त हात उठाउन सक्छु
न त टेबल ठोक्न सक्छु
केवल ध्यान दिएर सुन्छु
गम्भीर गम्भीर भएर सुनिरहन्छु
टाउको हल्लाउ“छु बरोबर
झस· झस· हुन्छु बारम्बार
सम्हालिन्छु, आफैले आफूलाई सम्हाल्छु
मनमनै ताली पिट्छु
मनमनै अनुमोदन गर्छु
आखिर,
हुँ म एक भूतपूर्व विद्रोही ।’

एउटा गीत

तिमी मलाई सदनमा प्रतिबन्ध लगाऊ
म सडकमा सङ्घर्ष थाल्छु
सडक जनताको हो ।
तिमी सडक कफ्र्युले छोप
म गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्छु
गाउँ–बस्ती जनताको हो ।
तिमी मलाई झ्यालखानामा कोच
म मानिसहरुको मन–मनमा पुग्छु
जनताको मन विशाल हुन्छ ।
रेडियो, टीभी, पत्रिकामा मलाई बन्देज लगाऊ
(मलाई तिमी मौनतामा मार)
आक्रोशपूर्ण गगनभेदी नारा भई गुञ्जिन्छु
नारा विद्रोहको सुरुआत हो ।
तिमी मेरो मृत्यु/पराजयको घोषणा गर
म नयाँ विद्रोहको बीज बन्नेछु
विद्रोह/क्रान्ति मेरो नैसर्गिक अधिकार हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *