भर्खरै :

ह्यारी केन भन्छन्–हामी दाजुभाइ

समारा, ६ जुलाई । इङ्ग्ल्याण्डका स्टार खेलाडी ह्यारी केन विश्व कपमा सुनको बुट लिने खेलाडीको अग्रस्थानमा छन् । तर उनले यो सफलतालाई आफ्नो व्यक्तिगत उपलब्धि मानेका छैनन् । उनले यसलाई सबै टिमको साझा उपलब्धि भनेका छन् ।
‘हामी परिवारजस्तै छौं । हामी जे पाउँछौं, सबै मिलेर पाउँछौं । हामीमा विश्वास छ र कोलोम्बियाली टोलीसँगको खेलपश्चात् हामी अझै बलिया भएका छौं । हामी एक अर्काप्रति गौरव गर्दछौं ।’, २४ वर्षका केनले भने ।
‘म सबै खेलाडीलाई आफ्नै दाजुभाइ मान्छु । हामी एकअर्काको लागि जे पनि गर्न तयार हुन्छौं ।’, स्वीडेनसँगको क्वाटरफाइनलअघि उनले भने ।
‘हामी थप सफलताको लागि भोको छौं । ९० मिनेटभित्र हामीले जित्नसके धेरै राम्रो भयो, नत्र थप समय र पेनाल्टीको लागि पनि हामी तयार छौं । जित्नको निम्ति हामी सबै गर्नेछौं ।’, स्टार खेलाडीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *