भर्खरै :

व्यापार युद्ध र संरा अमेरिका

के संसार अराजकताको संघारमा छ ? त्यस्तै देखापर्दछ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिंदै आएको विश्वव्यापी व्यापार युद्ध हुने सम्भावना प्रबल बनिरहेको छ । यसले विश्वको परिस्थिति र एक्काइसौं शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्धबारे विश्वको बुझाइमा परिवर्तन आउनेछ । प्रकारान्तरले यसको क्रमिक असर पर्दै जानेछ ।
व्यापार युद्धको आफ्नै उत्पत्ति छन् र ट्रम्प एक्लैमात्र यसको पछाडि छैनन् । पश्चिमा देशहरूले नेतृत्व गरेको विश्वव्यापीकरणले केही अनपेक्षित परिवर्तनहरू निम्त्याएको छ । त्यस्ता परिवर्तनमध्ये उदयीमान बजारको रुपमा चीन र भारतको प्रादुर्भाव पनि प्रमुखमध्ये पर्दछ । वाशिङ्टनले यस्ता परिवर्तनले आफ्नो एक्लो फाइदामाथि धक्का पु¥याएको ठान्दछ । तसर्थ ऊ बृहत् स्तरमा एकपक्षीय तरिकाबाट विश्वका आर्थिक नियम बनाउन लालायित छ । व्यापार युद्धको ट्रम्पको धम्की केही अमेरिकी असन्तोष र पीडाको प्रतिबिम्ब हो ।
संसारमा रुपान्तरण गर्न वाशिङ्टन असमर्थ छ । संरा अमेरिकाको रिपब्लिकन पार्टीमा राष्ट्रपतिले आफ्नो प्रभावकारी नियन्त्रण हावी भएपश्चात् संरा अमेरिकी राजनीतिमा ट्रम्पको उग्र कूटनीतिक विचारले ठाउँ पाइरहेको छ । स्टिल र आलमुनियमको आयातमा कर थोपर्नुलाई संरा अमेरिकी जनतालाई व्यापार युद्धतर्फ धकेल्न ह्वाइट हाउस आतुर रहेको कुराको प्रमाण हो ।
वाशिङ्टनको नयाँ लक्ष्य भनेको संरा अमेरिकालाई व्यापारमा नाफा भएको देशमा बदल्ने, विश्वको प्रमुख उत्पादक शक्तिको रुपमा आफ्नो ठाउँ फेरि फिर्ता लिने, संरा अमेरिकी प्रविधिको दबदबा सुनिश्चित गर्ने, कसैले पनि आफूलाई चुनौती दिनसक्ने सम्भावना अन्त्य गर्ने र सैनिक शक्तिको सन्दर्भमा कसैले पनि प्रतिस्पर्धा गर्न नसक्ने बन्ने हो ।
वाशिङ्टनको यो योजनाले विश्व व्यापार सङ्गठनको नियमबाट चल्ने गरेको अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा ठूलो धक्का दिनेछ । दसकौंको विकासपश्चात् बनेको अन्तर्राष्ट्रिय कार्यविभाजनलाई विथोल्नेछ र विश्वको वितरण प्रणालीमा प्रभाव पार्नेछ । खतराको कुरा त के हो भने त्यस्तो अवस्थाले केही सीमासम्म ज·ली कानुनको पुनःउदय गर्नेछ र विभिन्न अनिश्चय र खतरा ल्याउनेछ ।
संरा अमेरिकाले थालेको व्यापार युद्धप्रति प्रमुख अर्थतन्त्रहरूको पहिलो प्रतिक्रिया भनेको प्रत्याक्रमण नै हो । त्यस्ता कदमले संसारलाई कता पु¥याउने हो, अनुमान गर्न गाह«ो छ । तर सम्पूर्ण विश्व अर्थतन्त्रलाई आफ्नो वशमा पार्ने वाशिङ्टनको प्रयासको मूल्य भने वाशिङ्टनले अवश्य तिनुपर्नेछ । युरोपेली सङ्घले ३ खर्ब अमेरिकी डलर बराबरको संरा अमेरिकी निर्यातमाथि आफ्नो तर्फबाट कर लाग्ने चुनौती दिंदै आएको छ । ट्रम्प प्रशासनले विभिन्न देशका सामानमाथि थोपरेको करको यो नै सबैभन्दा ठूलो प्रतिकार हो ।
व्यापार युद्ध यही मात्रामा विस्तार हुँदै गए यसले बसाल्ने नकारात्मक जग दिगो बन्दै जानेछ । परिणामतः व्यापार युद्धको प्रभाव संसारभरि फैलिन सक्छ । व्यापार युद्ध यसरी नै विस्तार हुँदै गए यो चक्रव्युह जस्तै बन्नेछ र सबै देश यसभित्र फस्नेछ । प्रतिकारमा हुने महत्वाकाङ्क्षी कदमले संसारलाई नै निशाना बनाउन सक्नेछ । संरा अमेरिका आज यस्तो ठाउँमा बसेको छ ।
चीन खराबभन्दा खराब अवस्थाको निम्ति तयारी अवस्थामा रहनुपर्दछ । संसारकै सफल उदयीमान बजारको रुपमा चीनले अरु देशको तुलनामा सबैभन्दा बलियो दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यो यर्थाथलाई हामीले स्वीकार्नै पर्दछ । तर चीनसँग अरु देशसँग व्यापार युद्धको प्रतिरोध गर्न बलियो सामथ्र्य राख्दछ ।
चीन सिद्धान्तमा जोड दिन्छ । चीन न तनाव बढाउने पक्षमा छ न कुनै असैद्धान्तिक छुट दिने पक्षमा छ । व्यापार युद्धबाट चीन निरपेक्ष रहने कुरा सम्भव छ । तर चीन एक्लै मात्र यसको शिकार बन्नेछैन । चीनमात्रै सबैको साझा निशाना बन्नेछैन । चीनले प्रमुख खतरालाई आफ्नो प्रभावकारी नियन्त्रणमा राख्नुपर्दछ । यसो गर्दा खतराको सामना गर्न सहज हुनेछ । चिनियाँ राष्ट्रको पुनर्जागरणको बाटोमा आउने तगारालाई पन्छाउन सकिनेछ ।
ग्लोबल टाइम्स, अनुवादक : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *