भर्खरै :

संरा अमेरिका भत्किएको शक्ति सन्तुलनको प्रणाली

छेन वेह्वा
संरा अमेरिकाका संस्थापक पिताहरूले स्थापना गरेको शक्ति सन्तुलनको सिद्धान्त (व्यवस्था)प्रति अमेरिकीहरू गौरव गर्दछन् । तर संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्पूर्ण विश्वविरुद्ध आज व्यापार युद्ध थोपर्दा धेरैले शक्ति सन्तुलनको यो व्यवस्था भत्किएको महसुुस गर्दैछन् ।
संरा अमेरिकी सरकारले आफ्नो घरेलु उद्योगहरू जोगाउने नाममा शुरुमा लुगा धुने मेसिन र सौर्य उर्जा पाटाहरूमा र पछि स्पात र अलुमुनियममाथि कर थोप¥यो । यस्तो करस“ग जोडेर उसले ‘राष्ट्रिय सुरक्षा’ को कुरा पनि निकै प्रचार ग¥यो । ट्रम्पका यी प्रारम्भिक प्रहारहरूले विगतका केही महिनामा पूर्ण आकारको व्यापार युद्ध समेत हुने सम्भावना थियो । ट्रम्प सरकारका यी दुवै प्रहारको संरा अमेरिकी व्यापार साझेदारहरूले नै प्रतिकार गरे र विश्व व्यापार संगठनसमक्ष उजुरी गरे ।
यसैबीच गएको शुक्रबार ट्रम्प सरकारले ३४ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि पनि थप कर थोपरेको छ । यो कदमस“गै व्यापार विवादले नाटकीय उत्कर्ष लिएको छ ।
ट्रम्प र उनका व्यापारिक सल्लाहकारहरूले संरा अमेरिकाको आर्थिक शक्ति तथा विश्व अर्थतन्त्र र वित्तीय प्रणालीमा उसको प्रभावलाई हेरेर चीन र आफ्ना व्यापारिक साझेदारहरू आफूसामू झुक्ने अनुमान गरेका थिए ।
तर त्यसो भइदिएन । चीन र संरा अमेरिकाका व्यापारिक साझेदारहरूले संरा अमेरिकासामू नझुक्ने र सौदाबाजीमा नफस्ने निर्णय गरे ।
संरा अमेरिकाका अधिकांश संसद सदस्य, व्यापारिक समुदाय, किसान, पशुपालक र उपभोक्ताले ट्रम्प सरकारले ल्याएको कर नीतिको विरोध गरे किनभने त्यो करले संरा अमेरिकी उपभोक्ता र व्यापारीलाई मात्र नभई सम्पूर्ण अर्थतन्त्रलाई क्षति पु¥याउ“थ्यो ।
दुई महिनाअघि सिनेटको सुनुवाई समितिको बैठकमा संरा अमेरिकाको कानसास शहरका रिपलब्किन सिनेटर पाट रोबट्र्सले कसरी आफूलाई एक सयजना किसानहरू र उनका सन्तानले घेरा हाले भन्ने कुरा भावुक भएर सुनाइरहेको मैले सुनेको थिए“ । ती किसानहरूले संरा अमेरिकी कृषि उत्पादनको निर्यातमा कर थोपर्दा पर्ने असरबारे बोल्दै थिए । त्यसो भए आफ्नो जीवन खतरामा पर्ने उनीहरूको भनाई थियो ।
एक सय जनाभन्दा बढी रिपब्लिकन सांसदहरूले ट्रम्पलाई गएको मार्च महिनामा भेटेर स्पात र अलुमुनियममा कर नलगाउन आग्रह गरेका थिए । संरा अमेरिका व्यापार बिस्तार ऐन १९६२ मा रहेर सो कर लगाइएको थियो ।
रिपब्लिकन पार्टीका सिनेटर जेफ फ्लाकले गएको मार्च महिनामा ट्रम्पले स्पात र अलुमुनियममा लगाएको कर निस्तेज बनाउन अर्को विधेयक दर्ता गरेका थिए । सरकारले आर्थिक सड्ढटतिर देशलाई धकेल्दा संसद निरपेक्ष बस्न मिल्दैन ।’, उनले आफ्नो वक्तव्यमा भनेका थिए ।
बिडम्बना त्यत्तिबेला फ्लाकप्रति धेरैको ध्यान तानिएन किनभने धेरैले ट्रम्पले लगाएको कर भनेको ती देशहरूस“ग व्यापार वार्तामा हावी हुने रणनीतिको रुपमा लिए ।
ट्रम्पले करको प्रस्ताव ल्याउनु पछाडिको तर्क भनेको संरा अमेरिका व्यापार घाटामा जानुको कारण संरा अमेरिकाका व्यापार साझेदारहरू नै हुन् भन्ने हो । संरा अमेरिकाको व्यापार घाटा जानु भन्नुको अर्थ संरा अमेरिका पराजित बन्नु हो । आफूले व्यापारबाट पाउनुपर्ने सबै नाफा व्यापार साझेदारहरूले कुम्ल्याइरहेको उसको तर्क हो । तर यस्ता सबै तर्कको अर्थशास्त्रीहरूले खण्डन गरेका छन् ।
संरा अमेरिकाको संविधानको खण्ड १ को धारा ८ ले आयातका सामानमाथि करको दर तोक्ने र विदेशस“ग व्यापार नियमित गर्ने अधिकार संसदलाई दिएको छ ।
तर विभिन्न व्यापार ऐनहरूले संसदले त्यस्तो अधिकार राष्ट्रपतिमै प्रत्यायोजन गरेको छ । सन् १९३४ को रेसिप्रोकल ट्रेड एग्रिमेन्टले व्यापार सम्झौतामा सहमति गर्न राष्ट्रपतिलाई बढी अधिकार दिएको छ । सन् १९७४ को युएस ट्रेड एक्टले व्यापार सम्झौतामा राष्ट्रपतिको अधिकारलाई अझ बढी बिस्तार गरेको छ ।
यी कानुनहरूले संरा अमेरिकी राष्ट्रपतिलाई व्यापार युद्ध गर्न सक्ने अधिकार दिएको छ । त्यो युद्धले संसारको आपूर्ति प्रणालीलाई प्रभावित बनाएको र संसारमै आर्थिक मन्दी ल्याउने सम्भावना बढाएको छ । यहा“नेर संरा अमेरिकाको शक्ति सन्तुलनको प्रणाली निस्तेज बनेको छ । अथवा संरा अमेरिकी विधायक वा अमेरिकी जनताको अधिकारमा संकुचन आएको छ । धेरै संरा अमेरिकी सांसदहरू राष्ट्रपतिलाई त्यस्तो अधिकार दिएकोमा पश्चाताप मानिरहेका छन् ।
यस्ता विध्वंसकारी व्यापार युद्ध थोपरेर ट्रम्पले संरा अमेरिकालाई फेरि ‘महान’ बनाइरहेको छैन । बरु संरा अमेरिकालाई विश्वको सबभन्दा उपद्रवी र विध्वंसकारी पात्र बनाएको छ । दोस्रो विश्वयुद्धको अन्त्यपश्चात संरा अमेरिका र उसका सहयोगी देशहरूले बहुपक्षीय विश्व व्यापार प्रणाली स्थापना गरेका थिए । आज संरा अमेरिकाभन्दा बाहेक अरु देशहरूले यो प्रणालीलाई अघि बढाउने नैतिक अधिकार राख्दछन् ।
ट्रम्पको व्यापार युद्ध रोक्न संरा अमेरिकी संसद र अमेरिकी जनताले आफूलाई शक्तिशाली बनाउनुपर्दछ ।
चाइना डेली
अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *