भर्खरै :

प्रदेश सभामा नक्कली कम्युनिष्टहरू समाजवादका नारा लगाइरहेका छन्

 सुरेन्द्रराज गोसाई
भक्तपुर नगरपालिकाको यो बजेट उत्कृष्टतातिर लम्कन र जनताको वास्तविक सेवाको निम्ति एउटा अर्को महत्वपूर्ण पाइला साबित हुने विश्वास व्यक्त गर्दछु । परिणाम र उपलब्धिलाई प्राथमिकतामा राखी मितव्ययितालाई सदा सम्झेर अगाडि बढ्न सफलता मिलोस् भन्ने कामना गर्दछु । यो महत्वपूर्ण भेला तथा भेटघाटमा प्रदेशसभाका केही हालखबर र प्रदेशसभामा नेमकिपाले निर्वाह गर्दै आएको भूमिकाबारे म सारमा प्रकाश पार्ने प्रयास गर्छु ।
प्रदेशसभाको निर्वाचन सम्पन्न भएको सात महिना नाघिसकेको छ । प्रदेशसभाले कार्य आरम्भ गरेको छ महिना पूरा भयो । यहाँहरूले आÇनो अमूल्य मतमार्फत हामीलाई देश र जनताको पक्षमा निःस्वार्थपूर्वक प्रदेशसभाभित्र सङ्घर्ष गर्ने जिम्मेवारी सुम्पनुभएको थियो । जुन विश्वासले हाम्रो काँधमा गहन जिम्मेवारी दिनुभयो सोहीबमोजिम भूमिका निर्वाह गर्दै आइरहेका छौँ । हामीलाई प्रख्खर प्रतिपक्षको भूमिका निर्वाह गर्ने मतादेश दिइएअनुसार जनताले भोगिरहेका असुविधा तथा कष्ट, सरकारका गलत नीति तथा गतिविधिको रचनात्मक आलोचना गर्ने कार्यमा नेमकिपा अग्रपङ्क्तिमा रहेर सक्रिय भइरहेको कुरा यहाँहरूसमक्ष राख्न पाउँदा हामी खुसी छौँ ।
हामी कामदार वर्गका प्रतिनिधि भएर संसदमा पुगेका हौँ । संसद पनि वर्गसङ्घर्षको थलो हो भन्नेबारे हामी प्रस्ट छौँ । बहुसङ्ख्यक जनताको अहितमा बनाइने ऐननियम, कानुनविरुद्ध हामी सङ्घर्षरत छौँ र हरदम सङ्घर्ष गर्नेछौँ । हामी संसदमा सुख, सुविधा तथा पद, पैसाको निम्ति पुगेका थिएनौँ । संसदमा पुग्न हामीले कोही कसैलाई गलत तथा अनुचित आश्वासन दिएनौँ, लोभ–लालच देखाएनौँ । तसर्थ निर्भिकताका साथ जनताको पक्षमा बोल्न कुनै शक्तिले हामीलाई छेक्न सक्नेछैन ।
संसदमा क्रान्तिकारी संसदवादको झण्डा कसैले हिजो फहराएको थियो भने त्यो नेमकिपाले गरेको थियो र त्यो क्रान्तिकारी नैतिकताको निरन्तरता नयाँ पुस्ताले गर्वका साथ दिइरहेको छ । क्रान्तिको नारा दिँदै संशोधनवाद तथा पुँजीवादको दलदलमा फसिसकेकाहरू र घृणित पूँजीवादी खेलमा रमिसकेकाहरूको निम्ति संसदभित्र र बाहिर नेमकिपा एक सैद्धान्तिक तथा नैतिक हाँक बनिरहेको जगजाहेर छ । संसदभित्र पनि हाम्रो सैद्धान्तिक तथा वैचारिक सङ्घर्ष जारी छ र ती नक्कली कम्युनिष्टलाई उदाङ्ग्याउने कार्य झन तीव्र बनिरहेको छ । यो एक सिद्धान्तनिष्ठ तथा क्रान्ति र जनताप्रति बफादार सिपाहींको कर्तव्य पनि हो ।
प्रदेश सभामा पनि नक्कली कम्युनिष्टहरूले समाजवादको नारा लगाइरहेका छन् । तिनीहरूको जनता अल्मल्याउने र ठग्ने उपायबारे हामीले वैचारिकरुपमा खण्डन गरी तिनीहरूको बोली र व्यवहारमा देखिएको प्रस्ट भिन्नताबारे नेपाली जनतासमक्ष राख्दै आइरहेका छौँ । समाजवादी व्यवस्थाका गुणहरू या सकारात्मक पक्ष र समाजवादी सरकारले गर्ने कार्यबारे प्रस्ट अभिव्यक्ति संसदसमक्ष राखेर शासक दलले फैलाउन खोजेको भ्रम चिर्न हामी केही हदसम्म सफल भयौँ । तिनीहरूको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र समृद्धिको नारा केवल छलछाम र अन्ध–नक्कलबाहेक केही होइन भन्नेबारे निरन्तर वहस गर्दैछौँ । पुँजीवादी व्यवस्थाको ठूलो अवगुण भनेकै भ्रष्टाचार छायाँको रुपमा कायम रहनु र शोषणकै कारण बहुसङ्ख्यक जनता अत्यन्त पीडित हुने यथार्थ उजागर गर्दै आर्थिक समानताविनाको समृद्धि धोकाबाहेक केही नहुने अकाट्य तर्क संसदमा बारम्बार जोडका साथ राख्यौँ । यो आफैमा देशप्रतिको कर्तव्य र जनताप्रतिको जिम्मेवारी निर्वाहको दृष्टान्त हो भन्ने हामीलाई लाग्छ ।
शासक दलहरू विचार, सिद्धान्त तथा नैतिकताप्रति जसरी संवेदनशील छैनन् त्यसै गरी वास्तविक परिवर्तन, विकास, देश निर्माणप्रति इमानदार छैनन् र जनताप्रति अझै जिम्मेवार देखिएनन् । तिनीहरू कमिसनखोर, नाफाखोर तथा कालाव्यापारीहरूको चङ्गुलमा उम्किनै नसक्ने गरी फसिसकेको र राजनीतिक अपराधीकरणलाई मलजल गरिरहेको अनुभव गरिइँदै छ । शासक दलहरूका यी भ्रष्ट कर्मबारे, अनियमितताबारे बोलेर नेमकिपाले तिनीहरूलाई बारम्बार सचेत गराइरहेको छ । निश्चय पनि खबरदारी र पहरेदारी गर्नु प्रतिपक्षको पहिलो कर्तव्य हो ।
शासकहरू सङ्घीयताप्रति पनि इमानदार देखिएनन् । सङ्घीयताको निम्ति केहीबाट खतरा छ र त्यो कसैबाट असफल हुन्छ भने शासक दलबाटै हुनेछ भन्ने व्यापक जनतामा चिन्ता देखिएको छ । तिनीहरू सङ्घीयताको नाउँमा पुनःकेन्द्रीकरण र गणतन्त्रको नाउँमा गणतान्त्रिक पञ्चायत लागू गर्ने चेष्टा गर्दैछन् । प्रदेशलाई हिजोको अञ्चल र मुख्यमन्त्रीलाई अञ्चलाधीश बनाउन खोजिइँदै छ । प्रदेशसभा र प्रदेशसरकारलाई बुँख्याचा बनाइँदै छ । यो प्रतिगामी कदम हो, जनताप्रतिको विश्वासघात हो । यसविरुद्ध हामी निरन्तर सङ्घर्षमा छौँ । सङ्घीयताको नाउँमा राज्यकोषको दुरुपयोग, आर्थिक अपचलन तथा चर्को भेदभावलाई प्रश्रय दिइँदै छ । शासक दलका यी खोट तथा खराबीबारे संसदमा नेमकिपाले विरोध गर्दै आइरहेको छ र प्रतिपक्षको वास्तविक उपस्थितिको अनुभव दिलाउन नेमकिपा सफल भएको टिप्पणीहरू आइरहेका छन् ।
नेमकिपाले संसदमा भारतीय विस्तारवाद तथा एकाधिकार पुँजी नै नेपाल र नेपाली जनताका कैयौँ समस्याको मूल कारण भएको प्रस्ट भाषामा राख्दै आएको छ र त्यसको विरोध नगर्नेहरू वास्तविक देशभक्त बन्न नसक्ने हाँक दिइरहेको छ । राजनीतिक दलहरूको निम्ति यो एक नैतिक सवाल बनिरहेको अनुभूति भइरहेको छ । भारतीय थिचोमिचो, हस्तक्षेप तथा दक्षिण एशियामा देखाइरहेको दादागिरीप्रति मौन रहनु र संरा अमेरिकाले विश्वमा फैलाइरहेको प्रभुत्व र आतड्ढमा आँखा चिम्लिने कम्युनिष्ट या वामपन्थी त के देशभक्तसमेत बन्न नसक्ने अभिमत प्रस्तुत गरेर प्रदेशसभालाई केवल प्रदेशको साँघुरो दायरामा कैद हुनबाट जोगाउँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना तथा परिस्थितिबारे छलफल एवं वहस गर्ने संवेदनशील तथा वैचारिक थलो बनाउन नेमकिपा प्रयत्नरत छ ।
एउटा सानो तर अर्थपूर्ण उदाहरण यहाँ राख्दछु । प्रदेश सरकारले प्रदेश सभा सचिवालयको आर्थिक कारोवार तथा सांसद, मन्त्रीको पारिश्रमिकसमेत पूर्णरुपमा भारतीय लगानीमा सञ्चालित बैड्ढमार्फत गर्ने प्रस्ताव पेश गर्ने बित्तिकै विशेष समयमा नेमकिपाका प्रतिनिधिले विरोध गरे र नेपाल सरकारको स्वामित्वको बैड्ढमार्फत मात्र गर्न माग गरे । विभिन्न समितिका बैठकमा समेत त्यही आवाज सशक्त ढ·मा नेमकिपाले उठाएपछि सरकार बाध्य भयो र हाल राष्ट्रिय वाणिज्य बैड्ढमार्फत आर्थिक गतिविधि सञ्चालन भइरहेको छ । त्यस निर्णयप्रति शासक दलकै कतिपय नेताले असन्तुष्टि व्यक्त गरेबाट तिनीहरूको वास्तविक चरित्र उदाङ्गो भएको संसद परिसरमा चर्चा सुनिन्छ । देशभक्ति खोक्रो नारा होइन व्यावहारिक पाइला हो र त्यसलाई जीवनपद्धतिको रुपमा आत्मसात् गरिनुपर्छ भन्ने मान्यताको पुनःपुष्टि यो घटनाले पनि गर्दछ । भारतीय एकाधिकार पूँजीको नेपाली समाजमा घूसपैठ कुन रुप र मात्रामा छ भन्ने कुराको सङ्केत यो पछिल्लो घटनाले गर्दछ ।
प्रदेशसभामा नेमकिपाले सरकारको सांस्कृतिक संहार तथा जातीय सफायाका कदमविरुद्ध एक्लैले भए पनि आवाज उठायो र आधुनिक संरचनाहरूको निर्माण तथा ठूला सहर विकासको नाममा जनताको हातबाट जग्गा खोसेर भूमाफिया तथा तस्कर पोस्ने किसानमारा नीतिको विरोध पनि नेमकिपाका प्रतिनिधिहरूले नै मात्र गरे ।
सङ्क्रमणकालको नाममा सरकार आप्mनो अकर्मण्यता लुकाउन खोज्दैछ । आज सरकार कुहिरोमा हराएको कागझैं भइरहेको प्रस्ट अनुभव गरिइँदै छ । यस्तो परिस्थितिमा प्रतिपक्षको प्रभावकारी भूमिका आवश्यक हुनेतर्पm निश्चय पनि हामी सजग छौं र सोहीबमोजिम हामी सङ्घर्षरत रहने यहाँहरूसमक्ष पुनः प्रतिबद्धता व्यक्त गर्दछौं ।
पछिल्लो समय प्रदेश नं ३ को प्रदेशसभा दुईवटा विषयमा केन्द्रित हुँदैछ ः
१) प्रदेश राजधानी चयन
२) प्रदेशको नामाङ्कन
प्रदेश राजधानी तय गर्दा सङ्घीयताको मूल मर्म, विकेन्द्रीकरणको सिद्धान्त र सन्तुलित विकासलाई जोड दिइनुपर्ने मत जोडका साथ नेमकिपाले प्रस्तुत गर्दै आइरहेको छ । अराजनीतिक व्यक्तिको सनकको आधारमा भावी पुस्ताले धिक्कार्ने खालका काम गर्न नहुने र दूरगामी असरलाई ध्यानमा राखिनुपर्ने नेमकिपाका प्रतिनिधिले स्पष्ट दृष्टिकोण राखे ।
प्रदेशको नामाङ्कनमा जातीय विद्वेश पैmलिने, साम्प्रदायिकताको गन्ध आउने, क्षेत्रीय तथा भाषिक विभेद झल्किने खालको नाम राख्न नहुने स्पष्ट धारणा नेमकिपाका प्रतिनिधिले राख्दै आएका छन् । साथै जनताबीच एकता एवं सद्भाव फैलाउन सक्ने र जनताको अपनत्व बलियो हुने खालको नाम राख्नु उचित हुने विचार दोहो¥याउँदै आएका छन् ।
आजको परिस्थितिमा सङ्घीयता असफल साबित हुन नदिन केन्द्रको कमभन्दा कम हस्तक्षेप, प्रदेशले केन्द्रको मुख ताक्ने प्रवृत्तिको अन्त्य, प्रदेश–प्रदेशबीच आपसी तथा सुमधुर सम्बन्धको विकास, स्थानीय तहमाथि अहस्तक्षेप तथा तिनलाई कर उठाउने केन्द्रको रुपमा परिणत गर्न नहुने आदि उपाय नेमकिपाले सुझाउँदै आइरहेको छ ।
यसप्रकार नेमकिपाले प्रदेशसभामा जनताको भावनाबमोजिम देश र प्रदेशको दीर्घकालीन हितको पक्षमा व्यापक दृष्टिकोणका साथ निरन्तर सङ्घर्ष गरिरहेको सहर्ष जानकारी गराउँदछु । यहाँहरूको सुझाव, सहयोग र साथ सदा मिलिरहने विश्वास व्यक्त गर्दछु ।
अन्तमा पुनः एकपटक भक्तपुर नगरपालिका परिवारलाई आफ्नो कार्य तथा योजनामा सफलताको हार्दिक कामना गर्दछु । आप्mना नगरवासीहरूलाई मात्र होइन अरु धेरैमा समेत आशा जगाउन र मार्गनिर्देश गर्न सकोस् भन्ने कामना गर्दछु ।
(असार ३० गते शनिबार भक्तपुर नगरपालिकाको नीति–कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईद्वारा व्यक्त मन्तव्य–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *