भर्खरै :

भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताको फाइनल शुक्रबार

भक्तपुर, ३ साउन । भक्तपुर जिल्ला व्याडमिन्टन सङ्घको आयोजनामा भइरहेको भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिताकोे सेमिफाइनलका सम्पूर्ण खेलहरु बिहीबार सम्पन्न भयो ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलहरुमा छात्र १२ वर्षमुनितर्फ प्रभातका समिर बासुकलाले सूर्यदीपका प्रशान्त तामाङलाई, न्यातापोलका प्रवीण श्रेष्ठले सामुदायिकका अल्फाज सुवाललाई पराजित गरी फाइनलमा प्रवेश गरे । छात्रा १२ वर्षमुनिको खेलमा हिमालयन ग्लोरीका रुषा जतिले प्रभातका निकिता कोजूलाई र वागीश्वरीका रमिता गाइजूले द राइजिङका कृषा मलेकारलाई पराजित गरी फाइनलमा प्रवेश गरे ।
त्यस्तै, छात्र १६ वर्षमुनिको खेलमा प्रभातका आर्जन लाखेले हिमालयन ग्लोरीका प्रज्ज्वल आलेमगरलाई र बाल विकासका सुशान्त ग्वाछाले द राइजिङका प्रमोश मारिखूलाई पराजित गरी फाइनलको लागि आफ्नो स्थान सुरक्षित गरे भने छात्रा १६ वर्षमुनितर्फ हिमालयन ग्लोरीका पूर्णिमा लाखेले हिमालयन ग्लोरीकै प्रिति देशेमरुलाई र हिमालयन ग्लोरीका स्वस्तिका सुवालले प्रभातका सरिता सुलुलाई पराजित गरी फाइनल प्रवेश गर्न सफल भए ।
छात्र १९ वर्षमुनिको खेलमा काठमाडौं वल्र्डका आयुष प्रजापतिले डा. इवामुराका रक्की गारुलाई र डा. इवामुराका प्रज्ज्वल खत्रीले जेसिसका रोहन सुवाललाई पराजित गरी फाइनल प्रवेश गर्न सबफल भए भने छात्रा १९ वर्षमुनिको खेलमा ख्वप माविका रमा माताङले डा. इवामुराका उपासना पञ्चलाई र ख्वप माविकै शुभेच्छा था श्रेष्ठले वागीश्वरी माविका मञ्जु लागेजूलाई पराजित गरी फाइनल प्रवेश गर्न सफल भएका छन् ।
प्रतियोगिताको सम्पूर्ण फाइनल खेलहरु ४ गते शुक्रबार दिउ“सो १२ः०० बजेदेखि हुनेछन् । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *