भर्खरै :

भारतीय कामदार जनतालाई शुभकामना

छिमेकी देश भारतले बुधबार ७२ औं स्वाधीनता दिवस मनायो । सन् १९४७ को अगस्ट १५ को मध्यरात भारत बेलायती उपनिवेशबाट मुक्त भएको थियो । स्वाधीन भएको सात दशकभन्दा लामो समय बिताइसकेर पनि भारतका बहुमत जनताले अझै पनि वास्तविक स्वाधीनताको श्वास फेर्न पाइरहेका छैनन् । विश्व बैड्ढले सन् २०१४ मा सार्वजनिक गरेको तथ्याड्ढअनुसार भारतको कूल जनसङ्ख्याको ५८ प्रतिशत दैनिक ३ सयभन्दा कम पैसामा जीविकोपार्जन गरिरहेका छन् । भारतमा ४ करोड १० लाख सहरी क्षेत्रमा बसोबास गर्ने जनता अझै खुला क्षेत्रमा दिसा गर्ने गर्छन् । ७१.५ प्रतिशत ग्रामीण भारतीय जनतालाई ढलनिकासको उचित सुविधा छैन । शौचालय बनाउने भारत सरकारको योजना सफल हुन सकेको छैन । भारतमा जन्मेका एक हजार बालबालिकामध्ये ९५ जनाले आफ्नो पाँचौं जन्म दिन मनाउन नपाई मर्ने गर्छन् । ७५ प्रतिशत भारतीय जनताले कम उमेरमा विवाह गर्ने गरेका छन् ।
भारतमा २० प्रतिशत केटाकेटीले मात्र माध्यामिक तहसम्मको पढाई पूरा गर्ने गरेका छन् । भारतीय छोरीमध्ये आधा प्रतिशत विद्यालय शिक्षाबाट वञ्चित छन् । विद्यालय जान पाएका अधिकांशले १२ वर्षको उमेरसम्ममा विद्यालय छाडिसकेका हुन्छन् ।
भारतमा १५ वर्ष उमेरसम्मका २० लाख किशोरीहरु यौन व्यवसायमा लाग्न विवश छन् । १५–१८ वर्ष उमेरका ३३ लाख केटीहरू यौन व्यवसायमा संलग्न छन् ।
विभिन्न अध्ययन केन्द्रका अनुसार आगामी सन् २०२६ सम्ममा भारत संसारकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश हुनेछ । भारतको त्यतिबेलाको जनसङ्ख्या १ अर्ब ५० करोड हुनेछ । तर जनसङ्ख्या वृद्धिको अनुपातमा भारतीय अर्थतन्त्रको बिस्तार हुन सकेको छैन । त्यति जनसङ्ख्याको लागि भारतमा थप २ करोडलाई रोजगारको आवश्यकता पर्नेछ । तर हालको गतिले भारतले त्यत्तिको सङ्ख्यामा रोजगारीको सृजना गर्न सक्नेछैन ।
भारत आज संसारभरि नै बलात्कारीको देशको नामले बद्नाम छ । भारतका राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले बुधबार स्वाधीनता दिवसको अवसरमा गरेको भाषणमा ‘भारत साम्प्रदायिक दङ्गा र महिलाको बलात्कार गर्ने ठाउँ’ भनेर संसारले चिन्ने गरेको भन्दै दुःख व्यक्त गरे । भारतमा हरेक पन्ध्र मिनेटमा महिलामाथि यौनहिंसाका घटना भइरहेका छन् । विगत दस वर्षयता महिला हिंसा ५०० प्रतिशतले बढेको छ ।
बेलायती उपनिवेशवादविरूद्ध लडेका स्वतन्त्रता संग्रामीहरूले स्वाधीनतापश्चात पक्कै पनि भारतीय समाजको यस्तो कुरूप परिकल्पना गरेका थिएनन् । तर आज भारतका यस्ता टिठ लाग्दो तथ्याड्ढले भारत बेलायतको उपनिवेशबाट मुक्त भए पनि व्यापक भारतीय कामदार जनताको वास्तविक मुक्ति भइनसकेको प्रस्ट पार्छ । भारतमा आज सत्तासीन राजनीतिक दल स्वयं हिन्दुवादी असहिष्णु विचारधाराबाट प्रभावित फासीवादी दल हो । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बनेयता भारतीय कामदार जनतामाथिको दमन अझ बढ्दो छ । हिजो काङ्ग्रेस आईको शासन पनि भारतीय कामदार जनताको लागि न्यायपूर्ण थिएन । भारतीय शासक वर्गमा अझै पनि बेलायती उपनिवेशवादी चिन्तन हावी नै छ । वरपरका स–साना देशमाथि थिचोमिचो गर्ने र आफ्नो तखतमा राख्ने उपनिवेशवादी सोच भारतीय सत्तासीन वर्गले त्याग्न सकेका छैनन् । दक्षिण एसियालाई आफ्नो छायाँमा राख्ने सोचले भारतले विस्तारवादी चरित्रलाई बोकेकै छ ।
स्वाधीनताको ७१ वर्षपछि पनि भारतमा शासक र प्रधानमन्त्रीहरू मात्र फेरिए । भारतका कामदार जनताको लागि हिजोका भोइसराय र आजका प्रधानमन्त्रीबीच कुनै तात्विक भिन्नता छैन ।
भारतीय जनताले वास्तविक स्वाधीनताको लागि अझ पनि लामो सङ्घर्ष चालू राख्नुपर्नेछ । भारतीय कामदार जनतालाई शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *