भर्खरै :

तार काटेको बारे हचुवा टिप्पणी

भक्तपुरमा गाईजात्रा सांस्कृतिक पर्व व्यवस्थित र मर्यादित बनाउन विभिन्न ठाउँमा सडक वारपार गरी असरल्ल तानिएका तार काटिएको सन्दर्भमा भक्तपुर नगरपालिका र नेमकिपाप्रति लान्छना लगाई विभिन्न हचुवा टीकाटिप्पणी सुनिएको छ । तार काटिनुको अर्थ काटेर छोड्नु र जनतालाई दुःख दिनु नभई अव्यवस्थित तार काटेर भएपनि व्यवस्थित बनाउनु हो । तर प्रशासन र टेलिकम, प्राधिकरणको अकर्मण्यताको कारण समयमै काम नभएकोले जनताले दुःख पाएको दोष नगरपालिकालाई दिने कोशिश गरिदैछ ।
जनप्रतिनिधिमूलक संस्थाको नाताले नगरपालिकाले जनतालाई गाईजात्रा पर्व व्यवस्थित गर्न पहल ग¥यो र समितिसमेत बनाई कहाँ –कहाँ समस्या भएको हो, त्यहाँ व्यवस्थित गर्न तार काट्न परे काटेर व्यवस्थित बनाउन अनुरोध ग¥यो । प्रशासन र सरोकारवाला निकायले समय छँदै केही नगरी अन्तिम समयमा काम थाल्यो, त्यो पनि वडाध्यक्षहरूको पहलमा र रातारात व्यवस्थित नगरी त्यसै छाड्यो, समयमा व्यवस्थित गरेको भए जनगुनासो सुन्नुपर्ने थिएन । जनताले दुःख पाएकोमा समयमा काम नगर्ने प्रशासन र सरोकारवाला निकाय दोषी हुन् । टेलिफोन, विद्युत्को पैसा उठाउँदा एकदिन ढिला भए विलम्ब शुल्क लिन्छ, तर संस्कृति मनाउन अप्ठ्यारो भएको तार व्यवस्थित गर्दैन । नगरपालिकाले महिनौं अगाडि कुरा उठाउँदा पनि समयमा सरोकारवालारूले काम गर्दैनन् ।
स्थानीयलाई सञ्चारविहीन बनाउने उद्देश्य कसैको पनि होइन र नगरपालिकाको त हुनै सक्दैन । भक्तपुर नगरपालिका धैरै विषयमा देशकै स्थानीय तहमध्येमा नमुना हो । यसले जनतालाई समस्या होस् भनेर सोच्नै सक्दैन । यस्तोमा प्रजिअ, टेलिकम कर्मचारी र केही स्थानीयको हवाला गर्दै हचुवा टिप्पणी विभिन्न सञ्चारमाध्यमले गर्दैछ । यहाँ षड्यन्त्रको गन्ध स्पष्टै देखिन्छ । खबरदार कथित टेलिकमका कर्मचारी भण्डारी, अधिकारी र प्रजिअ षड्यन्त्रको गोटी नबनोस्, कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग र षड्यन्त्रको प्रयास नगरुन् ।
– विकल प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *