भर्खरै :

बीआरआईमा सहयोग गर्न सीको युवालाई आग्रह

पेकिङ, २९ अगस्ट । चीनका राष्ट्रपति सी चिनफिङले युवाहरूलाई क्षेत्र र बाटो अगुवाइ (बीआरआई) मा सक्रियतापूर्वक भाग लिन, चीन र अफ्रिकाबीच सहकार्य र ऐक्यबद्धतामा सहयोग गर्न र साझा भविष्य बोकेको मानव समुदाय निर्माणमा योगदान गर्न आग्रह गरेका छन् ।
चीनको चाङ्सा र नानजिङमा गएको मे महिनामा भएको रेशम मार्गसँगै सृजनात्मकता र सम्पदाबारे अन्तर्राष्ट्रिय युवा फोरमका सहभागी युवाहरूले राखेका प्रश्नको मङ्गलबार उत्तर दिने क्रममा सीले त्यो आग्रह गरेका हुन् ।
सीले बीआरआई विचार र अवधारणाबाट व्यवहार र वास्तविकतामा रुपान्तरण भएको र फलदायी उपलब्धि हासिल भएको कार्यक्रम भएको भन्दै उहाँले युवाहरूको न्यानो प्रतिक्रिया र सक्रिय सहभागिताबिना पाँच वर्षको अन्तरालमा बीआरआईले यो सफलता हासिल गर्न सम्भव नभएको बताउनुभयो ।
बीआरआईले चीन–अफ्रिका सहकार्यमा बलियो उत्साह सञ्चार गरेको चर्चा गर्दै सीले सेप्टेम्बर महिनामा हुने चीन–अफ्रिका सहकार्य मञ्चको पेकिङ सम्मेलन २०१८ मा चिनियाँ र अफ्रिकी नेताहरूबीच नयाँ परिस्थितिबारे मैत्रीपूर्ण सम्बन्ध विस्तारबारे छलफल गर्ने जानकारी दिनुभयो ।
उहाँले चीन र अफ्रिकाबीचको मैत्रीपूर्ण भविष्यको लागि चीन र अफ्रिकाका युवाहरू नै कर्णधार भएको बताउनुभयो ।
उहाँले युवाहरूलाई अझ बढी सांस्कृतिक आदानप्रदानमा सहभागी बन्न, बेल्ट एण्ड रोड निर्माणमा सक्रिय सहभागितालाई निरन्तरता दिन र चीन तथा अफ्रिकी देशहरूबीचको पुरानो मित्रतालाई अझ अघि बढाउन आग्रह गर्नुभयो ।
युवा मञ्चको सम्मेलनमा ५१ देशका ७३ जना युवाहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *