(आइतबार र सोमबार दुई दिन भक्तपुरको कमलविनायक यातु गणेशस्थानमा ३८ औं नेपालभाषा साहित्य तःमुँज्या (बृहत् सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम हुँदैछ । जनता बाँचे भाषा बाँच्छ भन्ने मूल भावनाका साथ झण्डै चार दसकदेखि लगातार भक्तपुरका विभिन्न स्थानमा हुँदै आएको नेपालभाषा साहित्य तःमुँज्या वर्गीय सङ्घर्ष तथा भाषिक आन्दोलनको दबु हो । सो सम्मेलनको तयारी र यो वर्षको सम्मेलनको विशेषताबारे ३८ औं नेपालभाषा साहित्य तःमुँज्या आयोजक समितिका संयोजक नरेश खत्रीसँग मजदुर दैनिकले कुराकानी गरेको छ । कुराकानीको सारसङ्क्षेप प्रस्तुत छः–सम्पादक)
३८ औं नेपालभाषा साहित्य तःमुँज्याको विशेष एजेण्डा के हुनेछ ?
नेपालभाषा साहित्य तः मुंज्या भाषिक र साहित्यिक दबुमात्र होइन । यो काम गरी खाने वर्गको वर्गीय र राजनैतिक दबु पनि हो । हाम्रो भाषा, साहित्य र कला उत्थान गर्ने उद्देश्यका साथै समसामयिक राजनैतिक विषयमा जनतालाई सचेत गर्न तःमुँज्या हुँदै आएको हो । तःमुँज्या एउटा राजनैतिक आन्दोलन पनि हो । यो आन्दोलनले साहित्य र सांस्कृतिक प्रस्तुतिको माध्यमबाट कामदार वर्गको मुक्तिको आवाज बुलन्द गर्दै आएको सर्वविदित्तै छ ।
यस वर्ष विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवस विश्वभर मनाइरहेको सन्दर्भमा ३८ औं नेपालभाषा साहित्य तःमुँज्याको विशेष एजेण्डा कार्ल माक्र्सको व्यक्तित्व माक्र्सवादी विचारलाई प्रस्तुत गर्ने हुनेछ ।

सम्मेलनको अन्तिम तयारी र सहभागिताबारे केही बताइदिनुहोस् ।
सम्मेलनमा सहभागिताको निम्ति सम्पूर्ण विशिष्ट पाहुनाहरूलाई पत्राचार गर्ने र निमन्त्रणा कार्ड दिने कार्य गरिसक्यौं । मञ्च बनाउने कार्य सम्पन्न गरेर सजावटको कार्य सुरु गरिसक्यौं । अतिथि सत्कारको निम्ति सम्पूर्ण तयारी पूरा भइसक्यो । प्रतियोगिताको लागि दर्ता भएका साहित्यहरू मूल्याङ्कन समितिमा पठाइसकिएको छ । सांस्कृतिक प्रस्तुतिहरूको ‘सेन्सर’ गरी कार्तिक ४ र ५ गतेको लागि कार्यक्रम तालिका पनि प्रकाशित गरिसकिएको छ । कार्यक्रमस्थल व्यवस्थापन सम्पूर्ण तयारी पूरा भयो ।

नेपालभाषाको विकासका लागि आयोजित नेपालभाषा साहित्य सम्मेलनले यो उद्देश्य पूरा गर्न के कस्ता काम पूरा ग¥यो ?
नेपालभाषा बोल्ने, लेख्ने र पढ्ने बानी नयाँ पुस्तामा कम हुँदै गएको हामी सबैले महसुस गरेका छौं । त्यसैले यो वर्ष हामीले ‘नेपालभाषा बोल्ने र लेख्ने तरिका’ विषयमा कक्षा ९–१२ का विद्यार्थीबीच कार्यशाला ग¥यौं । ‘आजको सन्दर्भमा जनताको साहित्य’ विषयमा विचार गोष्ठी सञ्चालन ग¥यौं । नाट्यकर्मी समाजसँग सहकार्य गरी नाटक र प्रहसन लेख्ने विषयमा एकहप्ते कार्यशाला ग¥यौं । त्यसैगरी नेपालभाषा साहित्य चिःमुंज्या पनि सम्पन्न ग¥यौं ।
यो वर्ष साहित्य र सांस्कृतिक प्रस्तुतिहरूको सहभागिता उत्साहजनक छ ।

िदसैंको व्यस्त समयमा किन साहित्य र सांस्कृतिक सम्मेलन ?
चाडवाडको रचनात्मक उपयोग भनेको यही हो । हाम्रो लागि दसैं तःमुँज्या पनि हो । चाडवाडलाई खाने, पिउने, मोजमस्ती गर्ने समयको रुपमा नलिई साहित्य सिर्जना र अध्ययनको समयको रुपमा उपयोग गर्नुपर्ने तःमुँज्याको विचार हो ।

यो स्तरको साहित्य सम्मेलन गर्न आर्थिक बन्दोबस्त कसरी गर्नुहुन्छ ? कुनै ठूलै व्यापारिक कम्पनी वा ब्रान्डबाट प्रायोजन किन गराउनुहुन्न ?
ठूला व्यापारिक कम्पनीहरू प्रायोजनको निम्ति नआएका होइनन् । ‘ठूला’ पुँजीपतिहरूको विज्ञापन र प्रायोजनमा चल्ने साहित्य सम्मेलन कसरी जनताको हुनसक्छ र ?
हामीले दस दिन घरदैलो कार्यक्रम ग¥यौँ । घर–घरमा निमन्त्रणा दियौं र सक्दो आर्थिक सहयोग पनि माग्यौं । हाम्रो मुख्य आर्थिक स्रोत त्यही हो । यसबाहेक विभिन्न सङ्घ–संस्था, उद्योग, विद्यालय र कलेजबाट पनि केही सहयोग प्राप्त भएको छ ।
तःमुँज्याको दबु स्थानीय जनताले बनाउने र स्थानीय जनताले नै सबै बन्दोबस्तको जिम्मा लिने हुनाले विगत ३८ वर्षदेखि निरन्तर भव्यताका साथ यो स्तरको साहित्य सम्मेलन हुँदै आएको छ ।

तःमुँज्या कसरी शोषित पीडित जनताको मञ्च बनिरहेको छ ?
तःमुँज्याको दबु श्रमिक जनताले निर्माण गर्छन् । श्रमिक जनताले नै साहित्य सिर्जना र प्रस्तुति गर्छन् । श्रमिक जनताले नै नाटक र प्रहसनहरूमार्फत जनतालाई उठाउँछन् । श्रमिक जनताकै छोराछोरीका प्रगतिशील गीत गाउँछन् र नाच्छन् । शोषितपीडित जनताकै पक्षमा त्यहाँ विभिन्न विषयका विज्ञहरूको मन्तव्य प्रस्तुत हुन्छन् । यसर्थ यो शोषितपीडित श्रमिक जनताको मञ्च बनिरहेको छ ।

अन्त्यमा केही थप भन्नुपर्ने छ कि !
कार्तिक ४ र ५ गते हुने ३८ औं नेपालभाषा साहित्य साहित्य तःमुँज्यामा सहभागी बन्न सम्पूर्ण भाषापे्रमी, साहित्यप्रेमी, संस्कृतिप्रेमी, विभिन्न विद्वान् व्यक्तित्वका विचार सुन्न जिज्ञासु दाजुभाइ दिदीबहिनीलाई पुनः एकपल्ट आमन्त्रण गर्दछु । कार्यक्रमको दुवै दिन ‘भादगाउँ टेलिभिजन’, युट्युब र फेसबुकमा पनि प्रत्यक्ष प्रसारणको हामीले बन्दोबस्त गरेका छौं । कार्यक्रमको लागि आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरेका छौं । प्रचारप्रसारमा सहयोगको लागि मजदुर दैनिकलाई पनि धन्यवाद छ ।