भर्खरै :

नेकपा कम्युनिष्ट वा वामपन्थी दुवै होइन

– शिशिर कायष्ठ
हौसलाका विशेषगरी चीन–संरा अमेरिकाबीच अहिले भइरहेको व्यापार युद्धबारे अन्तर्राष्ट्रिय सैद्धान्तिक लेखहरू लगातार मजदुर दैनिक र श्रमिक साप्ताहिकमा छापिंँदै आएका छन् । ती लेखहरूले व्यापार युद्ध के र त्यसको पृष्ठभूमि, त्यसमा चीन वा संरा अमेरिका को दोषी र किन, चीन र संरा अमेरिकाका अन्तर्राष्ट्रिय व्यापारहरूमा भिन्नता आदि विषयमा पाठकहरूलाई महत्वपूर्ण जानकारीहरू दिइरहेका छन् । यो अति नै सराहनीय छ ।
ती लेखहरू पढ्दै गर्दा मलाई टीकाराम यात्री एपी टीभीका तमसोमा ज्योतिर्गमय कार्यक्रमका सञ्चालक हुनुभएको एउटा अन्तर्वार्ताको झल्याँस सम्झना भयो । अन्तर्वार्ताको विषय एमाले र माओवादी (प्रचण्ड) कम्युनिष्ट वा वामपन्थी हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित भएको थियो । त्यसमा स्वतन्त्रको तर्फबाट डा. खगेन्द्र प्रसार्इं, एमालेका (माधव नेपाल गुट) को तर्फबाट रघुजी पन्त र माओवादी (प्रचण्ड) को तर्फबाट नरेन्द्र पिटरजङ्ग हुनुहुन्थ्यो । खगेन्द्र प्रसाईंले बेलायतबाट माक्र्सवादमा पीएचडी गर्नुभएको थियो । उहाँले रघुजी पन्त र नरेन्द्र पिटर जङ्गको अगाडि नै एमाले र माओवादी (प्रचण्ड) का नेताहरूका सिद्धान्त र आचरण हेर्दा कुनै पनि हालतमा कम्युनिष्ट वा वामपन्थी नरहेको भन्नुभएको थियो ।
हौसलाबाट यस्तै अरु विषयका अन्तर्राष्ट्रिय सैद्धान्तिक लेखहरूको पनि आशा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *