भर्खरै :

मध्य अमेरिकालाई उपलब्ध सहायता कटौती गर्ने ट्रम्पको चेतावनी

मेक्सिको, ६ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रलाई उपलब्ध गराइआएको सहायता रकम कटौती गरिने चेतावनी दिएका छन् । होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो ।
संयुक्त राष्ट्रसङ्घले सात हजारभन्दा बढी मानिस संयुक्तराज्य अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाएको छ । मेक्सिकोमा पहिल्यैदेखि संयुक्तराज्य अमेरिका प्रवेशको मौका छोपेर बसेका समेत अहिले क्याराभानमा सामेल भएका छन् ।
ट्रम्पले संयुक्तराज्य अमेरिकाको सीमा छेउमै आउन लागेको उक्त क्याराभानका बारेमा दिनहुफ् झैं ट्वीट गरी अमेरिकी सीमाबललाई सचेत बनाइएको बताउएका छन् । उनले क्याराभानमा सामेल कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेका छन् ।
“हामी अब ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरलाई दिइआएको वैदेशिक सहायता पूरै वा आंशिक कटौती गर्नेछौ, र त्यो बाहेक हामीसफ्ग अर्को विकल्प छैन,” ट्रम्पले भने । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा समेत आप्रवासीविरोधी नीतिको चर्को वकालत गरेका कारण राष्ट्रपति ट्रम्पलाई फाइदा पुगेको थियो । अहिले यही नोभेम्बरमा हुने मध्यावधि चुनावमा पनि यही मुद्दा प्रबलरुपमा उठ्ने देखिएको छ ।
“दुर्भाग्यवस, मेक्सिकोको प्रहरी र सैनिकले संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमातर्फ अगाडि बढेको क्याराभानलाई रोक्न अक्षम भएजस्तो देखिफ्दैछ । अपराधीहरू र अपरिचित मध्यपूर्वका मानिसको पनि यहाफ् घुसपैठ छ,” उनले थपे ।
मेक्सिकोका गृहमन्त्री अल्फन्सो नाभारेटले आफ्नो मुलुक कुनैपनि सरकारले उक्साएको आधारमा उत्तेजित नहुने स्पष्ट गर्दै संवादका लागि निरन्तर आग्रह गरिने बताए ।
मेक्सिकोका अधिकारीले मेक्सिको–ग्वाटेमाला सीमानदीमा अलपत्र परेका आप्रवासीलाई रोक्न मेक्सिकोले भरमग्दुर प्रयास गरेको थियो तर उनीहरू नदीमा जोखिम मोलेर मेक्सिको प्रवेश गरेका थिए । नदी तर्नासाथ उनीहरू उत्तरतर्फ हिफ्डेका थिए ।
एकजना मेक्सिकाली अधिकारीले सोमबार अबेर सयौं होन्डुरसबासीलाई आप्रवासीका रुपमा मेक्सिको प्रवेश गर्न दिएको बताउनुभयो ।
यो क्याराभान दक्षिण मेक्सिकोको चियापास हुफ्दै उत्तरी मेक्सिकोतर्फ अघि बढेको अधिकारीले बताएका छन् । उनीहरूमध्ये धेरैजसो खाली खुट्टै हिफ्डेका वा बाटोमा भेटिने कार र ट्रकमा चढेका थिए । कतिपयका खुट्टामा प्लास्टिकका जुत्ता वा चप्पल थियो ।
अधिकारकर्मीले करिब तीन हजार किलोमिटरको यो दूरी छिचोल्न उनीहरूलाई करिब एक महिना लाग्ने बताएका छन् । “हामीलाई प्रहरीले पक्राउ गर्ने हो कि भन्ने केही डर लागिरहेको छ । तर यदि उनीहरूले हामीलाई स्वदेश फर्काए भने पनि हामी प्रयत्न जारी राख्नेछौं,” नोमी बोबाडिल्लाले भनिन् । ३९ वर्षीया बोबाडिल्ला होन्डुरसको सान पेड्रो सुलामा सरसफाइको काम गर्थिन् । उनी हिफ्ड्न थालेको १३ दिन भइसक्यो ।
“मेक्सिकोले राम्रो व्यवहार गर्दैन भन्ने हामीलाई राम्रैसफ्ग थाहा छ, र उनीहरूले हामीलाई होन्डुरस फर्काइदिन पनि सक्लान् । साथै, हामीलाई यहाफ्का लागूऔषध तस्करले अपहरण र हत्या पनि गर्नसक्नेबारे हामीलाई थाहा छ,” अर्का आप्रवासी हुफ्वा फ्लोरेले बताए । “तर हाम्रो देशमा योभन्दा अझ बढी त्रास छ, त्यसैले हामीले यसलाई निरन्तरता दिएका छौफ् ।”
आप्रवासीले सामना गर्नुपर्ने खतरा सोमबार नै देखिएको छ । क्याराभानमा सहभागी एक २५ वर्षीय व्यक्तिको हत्या भएको छ । चियापासका एक अधिकारीले एउटा सवारीसाधनमा लिफ्ट पाएका ती व्यक्ति शङ्कास्पदरुपमा सडकमै झरेको बताए । अधिकारकर्मीले आप्रवासीमाथि मेक्सिकोले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
धेरैवटा अधिकारवादी समूहले मेक्सिको सरकारले आप्रवासीलाई गैरकानुनी थुनामा राखेको र कानुनतः मेक्सिको प्रवेश गर्न वा निर्वासन चाहेका आप्रवासीलाई पक्राउ गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको बताएका छन् ।
मेक्सिकोको नयाफ् गठन हुने सरकारमा प्रस्तावित विदेशमन्त्री मार्सेलो एब्रार्डले आप्रवासी नीतिमा महत्वपूर्ण परिवर्तन गर्ने बताएका छन् । आगामी डिसेम्बर १ मा बामपन्थी रुझानका आन्द्रेस मानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको पद बहाली गर्दै छन् । उनले मध्यअमेरिकामा लगानी वृद्धिमार्फत आप्रवासीको प्रवाहमा न्यूनीकरणका लागि पहल गरिने बताए ।
केही अधिकारवादीले ट्रम्पले क्याराभानलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । “ट्रम्पलाई क्याराभानको डर होइन, उहाफ्ले कङ्ग्रेसमा विजयी हुन क्याराभानको प्रयोग गरिरहनुभएको छ,” गत अप्रिलमा अर्को क्याराभानको आयोजना गर्नुभएका अधिकारकर्मी इरिनिओ मुजिकाले बताए । उक्त क्याराभान पनि ट्रम्पका लागि टाउको दुखाइ भएको थियो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्याराभानका केही आयोजकको राजनीतिक महत्वाकाङ्क्षा रहेको भन्दै भत्र्सना गरेका थिए । अमेरिकी सहायता कटौती मध्य अमेरिकामा अमेरिकी सहायतामा पछिल्ला वर्षमा कटौती हुफ्दै आएको छ ।
सन् २०१६ मा ७५ करोड अमेरिकी डलर रहेको अमेरिकी सहायता गत वर्ष सन् २०१७ मा ६५ करोड ५० लाख मात्र रहेको थियो । ल्याटिन अमेरिकासम्बन्धी वासिङ्टन कार्यालयका अनुसार यस वर्षका लागि यस्तो सहायता ६१ करोड ५० लाख उपलब्ध हुनेछ ।
अद्यापि, होन्डुरसजस्ता मुलुकका लागि अमेरिकी सहायता महत्वपूर्ण रहने गरेको छ । गत वर्ष होन्डुरसले १८ करोड १७ लाख अमेरिकी डलर सहायता प्राप्त गरेको थियो । करिब १० अर्ब डलरभन्दा कमको वार्षिक बजेट रहेको होन्डुरसलाई यो सहायता अत्यन्त उपयोगी मानिन्छ ।(एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *