भर्खरै :

वाशिङ्टनको नयाँ राजनीतिक प्रचारबाजीको हवानाद्वारा भत्र्सना

हवाना, २६ अक्टोबर । संरा अमेरिकाले बितेका झण्डै ६ दसक यता क्युवामाथि थोपर्दै आएको नाकाबन्दीको विरोधमा अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धतालाई अवमूल्यन गर्न हालै वाशिङ्टनले थालेको नयाँ ‘राजनीतिक प्रचारबाजी’ को क्युवाले भत्र्सना गरेको छ ।
क्युवामाथि संरा अमेरिकी नाकाबन्दीबारे संयुक्त राष्ट्र सङ्घको महासभामा २७ औं पटक मतदान हुन एक साताअघि वाशिङ्टनबाट त्यस्तो प्रचारबाजी भएको क्युवाको दावी छ ।
हवानामा आयोजित पत्रकार भेटघाटमा क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्युजले संरा अमेरिकाले क्युवामाथिको नाकाबन्दीलाई निरन्तरता दिन संरा अमेरिकी प्रतिनिधिमण्डलले राष्ट्र सङ्घमा वितरण गरेका सबै दस्तावेजको खण्डन गर्नुभयो ।
‘‘अन्तर्राष्ट्रिय समुदायलाई दिग्भ्रमित बनाउन र जनमतलाई बेठाउँमा पु¥याउन ती कागज वितरण गरिएका हुन् ।’’, उहाँले भन्नुभयो ।
विदेशमन्त्रीले गएको वर्ष भएको नाकाबन्दीबारेको मतदानमा १९१ देशले क्युवामाथिको नाकाबन्दीको विरोध गरेको र संरा अमेरिका तथा इजरायलले मात्र नाकाबन्दीको समर्थन गरेको स्मरण गर्दै यो पटक अरू देशलाई पनि नाकाबन्दीको समर्थन गराउन वाशिङ्टनले यस्तो अभ्यास गरिरहेको बताउनुभयो ।‘‘संरा अमेरिकी सरकार हाम्रो द्विपक्षीय सम्बन्धमा तनााव सिर्जना गर्न र द्वन्द्वको अवस्था खोजिरहेको छ ।’’, ब्रुनोले भने ।
रोड्रिग्युजले पत्रकार भेटघाटमा संरा अमेरिकी प्रस्तावका केही शब्दावली ‘खुस्किएको दिमागले लेखेको’ हुनुपर्ने भन्दै आफू संयुक्त राष्ट्र सङ्घीय महासभामा क्युवाविरुद्धको नाकाबन्दी प्रस्ताव शानदार ढङ्गले विफल हुने बताउनुभयो ।
क्युवाका वरिष्ठ अधिकारीले संरा अमेरिकाले वितरण गरेका दस्तावेजमा हवानाको मानवअधिकार अवस्था र सन् २०३० सम्म हासिल गर्ने लक्ष्य बनाइएको दिगो विकाससम्बन्धी कार्यक्रममा आलोचना गरिएको छ ।
‘‘हाम्रो देशमा आर्थिक नाकाबन्दीलाई निरन्तरता दिएसम्म संरा अमेरिकासँग हामी ती विषयमा कुराकानी गर्न सक्दैनौं किनभने सबभन्दा ठूलो मानवअधिकार उल्लङ्घन त आर्थिक नाकाबन्दी नै हो । अन्तर्राष्ट्रिय महासन्धिहरू–अनुसार नाकाबन्दी भनेको आमनरसंहारको अपराध हो ।’’, क्युवाली अधिकारीले भने ।
सन् २०१७ मा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तासिन भएयता क्युवा–संरा अमेरिका सम्बन्धमा समस्या आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *