भर्खरै :

खासोग्गीको हत्याले देखाएका सङ्केत

टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा साउदी सरकारविरोधी पत्रकार जमाल खासोग्गीको हत्याको विषयमा संसारको ध्यान क्रमशः तानिंदै छ । गएको शुक्रबार साउदी सरकारले उनको निधन भएको स्वीका¥यो । साउदी कर्मचारीहरूसँग भएको झगडाको क्रममा उनको निधन भएको साउदीको भनाइ रह्यो । साउदी राजकुमार मोहम्मद बिन सलमानलाई सो घटनाबारे कुनै पनि कुरा थाहा नभएको पनि सार्वजनिक गरियो ।
पश्चिमा विश्लेषकहरू र टर्कीले साउदी अरबको यो स्पष्टीकरण स्वीकारेका छैनन् बरू ‘सत्यतथ्य’ बाहिर ल्याउन माग गरिरहेका छन् । पश्चिमा विश्लेषकहरूले आ–आफ्नो सरकारसमक्ष साउदीमाथि नाकाबन्दी लगाउन माग गरिरहेका छन् ।
पश्चिमा देशका सरकारहरूलाई जनताको दबाब थेग्न गा¥हो भइरहेको छ । तर साउदी अरबमाथि कुनै कडा सजाय दिने सोच पनि देखाइएको छैन । अहिलेसम्म उनीहरूले अघि सारेको सबभन्दा कडा प्रस्ताव भनेको साउदी अरबलाई बेचिरहेका हतियार सबै बन्द गर्ने प्रस्ताव हो । साउदी अरबविरुद्ध पश्चिमा देशहरूले कुनै मूर्त दण्डकारी पाइला चाल्नेमा कमैमात्र भरोसा गर्न सकिन्छ ।
मानवअधिकारको विषयमा पश्चिमा देशहरू र मध्यपूर्वका उनीहरूका सहयोगी देशहरूबीच कमैमात्र द्वन्द्व भएका दृष्टान्त छन् । अधिकांश विकसित देशहरू यस्ता द्वन्द्वबाट टाढै रहन मनपराउँछन् । तर द्वन्द्व विकासक्रमको पर्यवेक्षण र परिस्थितिको विश्लेषणले सबै पक्षलाई फाइदा नै पु¥याउनेछ ।
सबैभन्दा पहिले, आफ्नै वाणिज्य दूतावासभित्र साउदी अरबका सरकारी कर्मचारीहरूले एक जना सरकारविरोधी पत्रकारको हत्या गर्दा साउदी अरबलाई अकल्पनीय भुमरीमा हुलेको छ र देशको प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ ।
दोस्रो, खासोग्गीको हत्यापश्चात् साउदी अरबलाई प्रतिरक्षात्मक अवस्थामा पु¥याएको छ । हत्याको विषयमा उसले दिएका थप व्याख्याले साउदीको छविमा थप क्षति पु¥याएको छ ।
तेस्रो, मानवअधिकारको विषयमा सर्वसाधारण जनताबीच व्यापक बहस थालनी भएको छ । यसले पश्चिमा देशसँगको कूटनीतिक सम्बन्धमा समेत प्रभाव पार्नसक्नेछ । पश्चिमा विश्लेषकहरू सधैं आफ्नो मूल्यमा अडिने गरेका छन् र कुनै पनि अवस्थामा यसमा परिवर्तन गर्न मान्दैन । पश्चिमा विश्लेषकहरू म्यानमारका नेतृ आङ सान सु कीलाई मानवअधिकारका आदर्श मान्थे । रोहिन्गा सड्ढटले सु कीको छवि भने धमिल्याएको छ ।
चौथो, विकासशील देशहरूले पश्चिमा देशहरूसँग मानवअधिकारको कुन आयामलाई जोड दिने र विकाससम्बन्धी उनीहरूको धारणामा अडिने भन्ने विषयमा बहस गर्न सक्दछन् । जब द्वन्द्व बल्झिन्छ, विकासशील देशहरूले कुनै तनावमा नफस्नुमा नै बुद्धिमानी हुनेछ ।
पाँचौं, विकासशील देशहरूले अन्तर्राष्ट्रिय समुदायलाई आफू विकासको अधिकारको पक्षमा रहेको भनी बुझाउन सक्ने ठाउँ नभएको होइन । तर खासोग्गीको घटना तर्क माथि माथि ज्यान लिने विषयसँग सम्बन्धित छ । साउदी अरबको यो घटना सबै देशको लागि खतराको घण्टी पनि हो ।
संरा अमेरिकालगायतका सहयोगी देशहरूको सहारामा साउदी अरबले यो घटनाबाट मुक्ति पनि पाउन सक्नेछ । तर साउदीले गुमाएको छविको केही हिस्सा भने उसको संरक्षण (संरा अमेरिका) को भाग पनि पर्न जानेछ । त्यही भएर पनि यो मुद्दा लम्बिरहेको छ ।
संरा अमेरिकी सरकारले के भूराजनीतिक र आर्थिक स्वार्थकै लागि मानवअधिकारको विषयमा सम्झौता गर्ला त ? यसको जवाफ पक्कै पनि ‘गर्नेछ’ हुनेछ । संरा अमेरिकाले अहिले नै मानवअधिकारको अन्तिम तुलो विचारधाराभन्दा भूराजनीति भएको देखाइसकेको छ ।
स्रोतः ग्लोबल टाइम्स
अनुवादः मनिष

Leave a Reply

Your email address will not be published. Required fields are marked *