भर्खरै :

बल्ल छाप्रो र पालमुनिको स्वास्थ्य सेवा हट्यो

विष्णु नेपाल
काठमाडौं, १० कार्तिक  । विनासकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य संस्थाका सेवा बल्ल पाल, टेण्ट र छाप्रोमा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको छ । भत्किएका ती अधिकांश संरचनाको मर्मत तथा अस्थायी भवन (प्रि फ्याब) बनेपछि टेण्टमुनिका स्वास्थ्य सेवा तीन वर्ष छ महिनापछि हटेको हो ।
विसं २०७२ को विनाशकारी भूकम्पले ३१ जिल्लाका करीब एक हजार १०० स्वास्थ्यका संरचनालाई क्षति पु¥याएको थियो । स्वास्थ्यकर्मीले टेण्टमुनि स्वास्थ्य सेवा दिनुपर्दा अत्यन्त कठिनाइ झेल्दै आएका थिए ।
बिरामीले सास्ती पाइरहेका थिए । घाम, पानी, शीतले समेत टेण्टलाई असर पारिरहेको थियो । परमर्शदाताको ढिलासुस्ती, ठेकेदार कम्पनीको चरम लापरवाही सहयोगी राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाका आ–आफ्नै स्वार्थ, पुनःनिर्माण गर्न मापदण्ड अनुसारका जमीन अभाव, जमीनको स्वामित्वसमेत नहुनुजस्ता कारणले अस्थायी भवन तयार हुन लामो समय लागेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षदेखि सबै स्वास्थ्य संस्था सञ्चालनको जिम्मा स्थानीय निकायलाई हस्तान्तरण गरिसकेको छ । मन्त्रालयद्वारा प्रकाशित ‘भूकम्पपछिको स्वास्थ्य संस्था पुनःनिर्माण तथा पुनःस्थापना प्रतिवेदन २०७५’ मा क्षति पुगेका स्वास्थ्य संस्था छाप्रो, टेण्ट र पालमुनिबाट सञ्चालन हुनुपर्ने बाध्यता नरहेको जनाइएको छ ।
प्रतिवेदनमा भनिएको छ, “स्वास्थ्य संस्था पाल, टेण्ट र छाप्रोमा सञ्चालन हुनुपर्ने बाध्यता समाप्त भएको छ ।” तर भूकम्पले क्षति पुगेका १०० स्वास्थ्य संस्थाको मर्मत कार्य अझै अगाडि बढ्न सकिरहेको छैन ।
भूकम्प अति प्रभावित १४ जिल्लाका ४०० र प्रभावित १७ जिल्लाका १३५ स्वास्थ्य संस्थामा पूर्णरुपले क्षति पुगेको थिए । तीमध्ये अति प्रभावित जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको मर्मत, अस्थायी प्रि–फ््याब संरचना तथा केहीको त स्थायी संरचनाको पुनःनिर्माणसमेत सम्पन्न भइसककेका छन् । प्रतिवेदनअनुसार चालू आवभित्र भूकम्पले क्षति पुगेका सबै स्वास्थ्य संस्थाको मर्मत एवं प्रि–फ््याब संरचना तयार गरिसक्ने लक्ष्य लिइएको छ ।
सो भूकम्पमा परी १८ जना स्वास्थ्यकर्मीको अकालमा मृत्यु भएको थियो । भूकम्पपछि तयार पारिएको विस्तृत अध्ययन प्रतिवेदनमा भूकम्पले क्षति पु¥याएको स्वास्थ्य सेवाको पुनःस्थापना गर्न करीब रु. १४ अर्बको प्रक्षेपण गरिएको थियो ।
भूकम्पले क्षति भएका स्वास्थ्य सस्था पुनःनिर्माण गर्न मन्त्रालयले हालसम्म ७० वटा सम्झौता विभिन्न सहयोगी संस्थासित गरेको छ । तत्काल सेवा सञ्चालन, मर्मत, प्रि–फ््याब तथा स्थायी भवन निर्माण तथा चिकित्सकीय उपकरण सहयोग सम्झौताभित्र रहेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *